यस्तो पनि घटनाः दाइजो नपाएपछि ‘श्रीमानले नै चोरे श्रीमतीको मृगौला’
एजेन्सी, २६ माघ । दाइजो नपाएको निहूँमा कुटपिट गर्ने, जिउँदै जलाउने प्रयास गरिएको भन्ने सबैले सुन्दै आएका छौं । यस्ता घटनाहरु नेपाल भारत लगायत विश्वभरका विभिन्न देशहरुमा घटिरहेका छन् । तर एउटा यस्तो घटना घटेको छ । जुन घटनाले तपाई हामीलाई फेरी एकपटक सोच्न बाध्य बनाएको छ ।
भारतमा एक महिलाको मृगौला चोरी भएको छ । त्यो पनि अरुले भन्दा आफ्नै श्रीमान र देवरले । दाइजो नपाएको निहुँमा आफ्नो एउटा मृगौला चोरेको आरोप लगाउँदै ती महिलाले प्रहरीमा उजुरी समेत दिएकी छन् । पश्चिम बंगालकी महिलाका श्रीमान्ले दुई वर्षअघि उनलाई पेट दुखेको बेला अस्पतालमा एपेन्डिसाइटिसको उपचार गर्न भनेर व्यवस्था मिलाएका थिए।
सन् २०१७ को अन्त्यमा दुईवटा फरक मेडिकल परीक्षणले उनको एउटा मृगौला नभएको देखाएको थियो । ती महिलाले उनका श्रीमान्ले बेलाबेला दाइजोको माग गर्ने गरेको आरोप लगाएकी छन्। दाइजोमाथि भारतमा सन् १९६१ मा प्रतिबन्ध लगाइएको थियो । भारतीय सञ्चारमाध्यमसँग बोल्दै पीडित भनिएकी रीताले भनिन्, आफू दाइजोका कारण वर्षौंदेखि घरेलु हिंसामा पर्दै आएकी छु ।
हिन्दुस्तान टाइम्सले उनलाई उद्धृत गर्दै लेखेको छ, “मेरा श्रीमान्ले मलाई कोलकातास्थित निजी नर्सिङ होममा लगे जहाँ मलाई मेरा श्रीमान् र त्यहाँका कर्मचारीले शल्यक्रियाबाट सुन्निएको एपेन्डिक्स हटाए ठिक हुने बताएका थिए।” मेरो श्रीमान्ले कोलकातामा भएको उपचारबारे कसैलाई केही नभन्न सचेत गराएका थिए।”
महिनौँपछि उनलाई बिसन्चो भयो र परिवारका सदस्यले उनलाई अस्पताल पुर्याए । उपचारका क्रममा उनको दाहिने मृगौला नभएको पत्ता लागेको उनले बताइन् । दोस्रो परीक्षणले उनको मृगौला नभएको प्रमाणित भयो । ‘मैले त्यसपछि बुझेँ किन मेरो श्रीमान्ले मलाई यसबारे कसैलाई नभन्नू भनेका थिए’ उनले भनिन् । ‘मेरो परिवारले दाइजोको माग पूरा गर्न नसकेको हुनाले उनले मेरो मृगौला बेचेका हुन्।’
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












