बालबालिकाले गरे हिंसाविरुद्ध बहस
काठमाडौं । बालबालिकाहरूले पनि देश-विदेशमा भइरहेका घटनाक्रमहरूबारे चासो राख्न थालेका छन् । यसले उनीहरूको सिकाईको दायरा फराकिलो बनाउँछ । दिन–प्रतिदिन परिवर्तिक विश्वसँग जानकार रहनु अत्न्तै राम्रो पक्ष हो । विश्व यो वा त्यो निहुँमा अशान्त छ । कतै न कतै युद्ध भएका छन् । द्वन्द्व भएका छन् । हिंसा भएका छन् । ति हिंसाको शिकार हुने मध्येमा पर्छन् बालबालिका । ठूलाले मात्रै नभई सानाले पनि युद्ध, शान्ति जस्ता विषयमा छलफल, बहस गर्न सक्छन् भन्ने उदाहरण अक्षरा स्कुलका विद्यार्थीहरूले दिएका छन् । अक्षरा मोडल युनाइटेड नेशन कन्फरेन्शमा बालबालिकाले खुलेर विचार राख्दा उपस्थित ठूला मान्छे अचम्ति भए । बालबालिका आफैं संयुक्त राष्ट्र संघको अध्यक्ष भए । आफैं मोडिडेटर भए । अनि आफैं भाइस प्रेसिडेन्ट भए । सम्मेलनको उद्घाटन पत्रकार तथा लेखक दामोदर न्यौपानेले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी रहेका न्यौपानेले विश्वयुद्धबाट आक्रान्त भएको विश्वमा शान्ति कायम गराउन गठन भएको संयुक्त राष्ट्र संघको भूमिका महत्पूर्ण रहेको बताए । ‘तपाइहरु पनि भोली विश्व हाक्ने यो संस्थामा पुग्न सक्नु हुन्छ ।
देश चलाउने नेता हुन सक्नु हुन्छ । विश्वमा शान्ति फैलाउने अभियन्ता हुन सक्नु हुन्छ,’ न्यौपानेले भने, ‘शिक्षामा प्रयोग गरिने यस्तै शैलीले भोलि असल नागरकि उत्पादन हुने हुन् । असक्ष, दक्ष र असल जनशक्ति निर्माण गर्न यो स्कुलले चालेको प्रयास सह्रानीय छ ।’ अक्षरा स्कुलकी प्रिन्सिपल अन्जु भट्टराइले किताबै पढेर भन्दा आफैं खोज गर्न प्रोत्साहित गर्ने स्कुलको नीति अनुसार बालबालिकाले यो सम्मेलन आयोजना गरेका हुन् । ‘गत वैशाखदेखि नै उनीहरूले यो कार्यक्रमको तयारी गरेका थिए । संयुक्त राष्ट्र संघले के काम गर्छ, कसरी काम गर्छ र अब के गर्नु पर्छ भनेर बालबालिकाले गहिरो खोज गरेका छन्,’ उनले भनिन्, ‘उनीहरुको खोजी कस्तो छ भनेर हामीले अनुगमन गरेका छौं । राष्ट्र संघ बुझेका विज्ञले अनुगमन गरिरहेका छन् ।
यस्तो कार्यक्रमले विश्व बुझ्न, हाम्रो देश बुझ्न सहयोग गर्छ । हामी ग्लोबल सिटिजन तयार पार्ने उद्देश्यका साथ शिक्षा दिइरहेका छौं ।’ विद्यार्थीले सिरिया युद्ध गर्दा शरणार्थी जीवन बिताइरहेकाहरुको भोग्नु परेको समस्या बारे पनि बहस गरे । त्यहा किशोरीले भोग्नु परेका समस्या जोडदार रुपमा उठाए । उनीहरुले कार्यक्रमको रिपोर्टिङ पनि आफैं गरेका छन् । सम्मेलनमा २९ देशको प्रतिनिधी आफैं आफैं बनेर विभिन्न मुद्धामा छलफल गरिरहेका छन् । सम्मेलन दुई दिन चल्नेछ ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












