क्यानडाका विद्यार्थीलाई कसले र किन पठाउँदै छ ? थानका थान सेक्स टोय
एजेन्सी । क्यानडामा विद्यार्थीहरुले सबैभन्दा धेरै सेक्स टोय भटाभट प्राप्त गरिरहेका छन् । देशै भरी रहेका विभिन्न १० वटा विद्यार्थी युनियनहरुको नाउँमा तिन महिना यता सेक्स टोय आइरहेका छन् । अमेजनबाट सेक्स टोय भएका पार्सल आउँछन् तर कसले पठाएको हो, नाम हुँदैन । विद्यार्थी युनियनका अनुसार सेक्स टोय कसैले पनि मगाएको छैन, तरपनि आउन छाडेको छैन ।
कतिपय विद्यार्थी युनियनले त अहिलेसम्म १५ भन्दा बढि यस्ता पार्सल प्राप्त गरिसकेका छन् । त्यसमा पठाइएका सेक्स टोयहरुमध्ये कतिपय निकै महंगो मूल्यका समेत रहेका छन् । अर्डर नगरेका सेक्स टोय प्राप्त हुँदा सुरुमा त विद्यार्थी युनियनहरुले सायद अमेजनले गल्ती गरेको सोँचे । तर यसरी निरन्तर प्राप्त हुन थालेपछि भने सायद कसैले मजाक गरिरहेको ठानिएको छ । र, पुलिसमा यसको उजुरी गरिएको छ ।
ओन्टारियो प्रान्तको थन्डर बे सहरको पुलिस अधिकारी डेरेल वारुकले यस विषयमा अमेजनसँग सोधिएको र अमेजनले चीनको कुनै कम्पनीले मार्के्टिङका लागि विद्यार्थीहरुलाई सित्तैमा सेक्स टोय पठाइरहेको खुलासा भएको बताएका छन् ।
विद्यार्थीहरुलाई सित्तैमा पठाइएका पार्सलमा सेक्स टोयका अलवा विभिन्न खालका चार्जर, एयर फोन, लाइट बल्ब तथा आइप्याडका खोल समेत रहेका छन् । रायर्सन विश्वविद्यालयको विद्यार्थी युनियनका उपाध्यक्ष क्यामरिन हार्लिकका अनुसार प्राप्त भएका सेक्स टोयमा हल्का हरियो रङको भाइब्रेटर पनि थियो र त्यसमा विभिन्न खालको सेटिङको सुविधा थियो । अमजेनले ती सेक्स टोयको पार्सल फिर्ता लिन अस्वीकार गरेको बताइएको छ ।
विद्यार्थी युनियनको तर्फबाट कोही तेस्रो पक्षले उक्त सेक्सटोयहरु खरिद गरेको तर ग्राहकको गोपनीयताको हकका कारण आफुले क्रेताको नाम भन्न नसक्ने अडान अमेजनको छ । मनिटोबा विश्वविद्यालयका विद्यार्थीहरुले चाहिँ यसरी सित्तैमा प्राप्त सेक्स टोयलाई एक समलिंगी संस्थालाई दान गरेका छन् । उक्त संस्थाले ती सेक्स टोय बिक्रि गरेर केही रकम आर्जन गर्न सक्नेछ ।
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












