ट्रम्प किमको पत्रको पर्खाइमा रहने
वासिङ्टन, संयुक्त राज्य अमेरिका, १७ जेष्ठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू उत्तर कोरियाली नेता किम जोङ उनको पत्रको प्रतिक्षामा रहेको बताएका छन् ।
सिङ्गापुरमा आगामी जुन १२ मा हुनेगरी तय भएको शिखरवार्तालाई यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले कोरियाली नेता किमलाई एक पत्रलेखी तत्कालका लागि सम्भव नभएको जनाएका थिए । तर पछि उत्तर कोरियाली पक्षबाट वार्ताका लागि गरेको सकारात्मक प्रयासपछि अमेरिकाले वार्ता पूर्व निर्धारित समयमा नै हुन सक्ने बताएको थियो ।
दुई देशका कूटनीतिक अधिकारीले वार्तालाई आगामी जुन १२ मा सिङ्गापुरमा नै गर्नेगरी पहल जारी राखेका छन् ।
एक दिनका लागि टेक्सास जानुपूर्व अमेरिकी राष्ट्रपति ट्रम्पले भने, “म उत्तर कोरियाली नेता किमले लेखेको पत्रमा के छ पर्खीरहेको छु । उत्तर कोरियाली उच्च प्रतिनिधिमण्डलसहित पत्र सम्भवत शुक्रबार वासिङ्टन आइपुग्नेछन् ।”
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र यस पहिले नै अमेरिका पुगेका उत्तर कोरियाली अधिकारी किम योङ चोलबीच बिहीबार पनि न्यूयोर्कमा वार्ता भएको र वार्ता निकै सकारात्मक रूपमा अघि बढेको ट्रम्पले बताउनुभयो ।
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












