र यो पनि: फेसबुक ट्विटर चलाउदा कर तिर्नुपर्ने
काठमाडाैं १९, जेष्ठ । युगाण्डाको संसदले फेसबुक लगायतका सोसल मिडियाको प्रयोग गर्ने नागरिकमाथि कर लगाउने कानून स्विकृत गरेको छ ।
उक्त कानून अनुसार फेसबुक, ह्वाट्सएप, भाइबर तथा ट्विटर जस्ता सोसल प्लेटफर्म प्रयोग गर्ने मानिसहरुले हरेक दिन झण्डै ५ रुपैयाँ बराबरको रकम कर तिर्नुपर्नेछ ।
राष्ट्रपति योवेरी मुसेवनीले उक्त कानूनको समर्थन गर्दै सोसल मिडियामा अफवाह रोक्नका लागि यस्तो कानून लागू गर्न लागिएको बताएका छन् ।
यो कानून आगामी जुलाई १ तारेखदेखि लागू हुनेछ । तथापि कानून कसरी कार्यान्वयन हुने भन्ने विषयमा अझैपनि असमन्जस्यताको अवस्था रहेको बताइएको छ ।
संसदले पारित गरेको नयाँ अन्तशुल्क कर सम्बन्धी कानूनमा अन्य धेरै खाले नयाँ कर पनि रहेका छन् । जसमा मोबाइल मनी ट्रान्सफरमा समेत एक प्रतिशत कर तिर्नुपर्ने प्रावधान रहेको छ । यस्तो कानूनले युगान्डाका गरीब नागरिकहरु नराम्रोसँग प्रभावित हुने आशंका गरिएको छ ।
युगाण्डाका अर्थमन्त्री डेभिड बहाटीले संसदमा बोल्दै पछिल्लोपटक बढाइएको करले देशको राष्ट्रिय ऋण कम गर्न सहयोग गर्ने बताएका छन् ।
केही सन्देश पनि छ
यद्यपि विशेषज्ञ तथा कतिपय इन्टरनेट सर्भिस प्रदायकहरुले सोसल मिडियामा लगाइने दैनिक करप्रति सन्देह व्यक्त गर्दै नयाँ कर कानून कार्यान्वयनप्रति प्रश्न उठाएका छन् ।
युगाण्डा सरकारले मोबाइलको सिमकार्ड दर्ताको मुद्दासँग पनि जुधिरहेको छ । रोयटर्सका अनुसार देशमा २ करोड ३० लाख मोबाइल प्रयोगकर्ता रहेका छन् । जसमध्ये केवल १ करोड ७० लाखले मात्र इन्टरनेट प्रयोग गर्दछन् ।
यद्यपि यो नयाँ कानून कार्यान्वयन गर्न सजिलो छैन । को मानिसले सोसल मिडिया प्रयोग गरेको छ र कसले छैन भन्ने कुरा पत्ता लगाउन पनि गाह्रो छ ।
स्मरण रहोस् राष्ट्रपति मुसेवनीले मार्च महिनादेखि नै यस कानून लागू गर्ने विषयमा वकालत सुरु गरेका थिए । उनले अर्थ मन्त्रालयलाई एक पत्र लेख्दै सोसल मिडियामा कर लगाउनु देशको हितमा हुनेछ र यसले अफवाहबाट मुक्त हुन सहयोग गर्नेछ ।
तर अर्थ मन्त्रालयले चाहीँ सोसल मिडियाको प्रयोग शिक्षा र अनुसन्धानमा पनि भैरहेको भन्दै यसमा कर लगाउन नहुने बताउँदै आएको थियो ।
आलोचकहरुले सोसल मिडिया प्रयोगकर्तामाथि कर लगाउने कानूनले अभिव्यक्ति स्वतन्त्रतामा बाधा पूराउने टिप्पणी गरेका छन् ।
तर राष्ट्रपतिले चाहीँ नयाँ कानूनले मानिसहरुको इन्टरनेट खपत कम हुने र यसले आर्थिक बचत हुने बताएका छन् ।
युगान्डामा सत्तापक्ष र विपक्षी दुबैका लागि सोसल मिडिया महत्वपूर्ण साधन बन्दै आएको छ । त्यहाँ सन् २०१६ मा राष्ट्रपति चुनावका बेला सोसल मिडियामा रोक लगाइएको थियो । चुनावका बेला झुट नफैलियोस् भनेर त्यस्तो गरिएको राष्ट्रपति मुसेवनीले प्रष्टिकरण दिएका थिए ।
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












