किस कसरि र किन गर्ने ? किसको अर्थ !
काठमाडाैं २५, जेष्ठ । माया दर्शाउन सर्वाधिक प्रयोगमा आएको विधि हो किसिङ, जसलाई नेपालीमा ‘म्वाइ खाने’ भन्ने गरिन्छ ।
किसको स्पर्शबाट सायद कोही पनि वञ्चित नहोला । हरेकले जीवनमा कुनै न कुनै व्यक्तिबाट यसको स्पर्श पाएकै हुन्छ, चाहे बाल्य उमेर वा वयस्क हुँदा । यिनीहरुका विभिन्न विधि छन् ।
शैली र प्रसङ्ग अनुसार तिनका विभिन्न अर्थ पनि। फोरहेड किसः दुई व्यक्तिवीच आपसमा निधार र ओठको माध्यमले गरिने किस हो यो । यसलाई निधारे किस पनि भनिन्छ । साधारणतया, यो किस साधारण मित्रहरुवीच गरिन्छ । खासगरी, पश्चिमेली मुलुकमा व्यावसायिक, राजनीतिक आदि व्यक्तिहरु आपसमा सद्भाव दर्शाउन पनि यस्तो किस आदानप्रदान गर्छन् ।
कतिपय विपरीत लिंगीवीच अर्थात् अभ अफेयरको सुरुवाती चरणमा पनि यो विधिको किस प्रयोग हुने गर्छ । यसलाई किसको इन्ट्री प्वाइन्ट पनि मान्न सकिन्छ। एस्किमो किसः साना केटाकेटीलाई तिनका अभिभावकहरु जस्तै बाबुआमा, काका,काकी, हजुरबा, हजुरआमा, मामा, माइजु आदि नाताका व्यक्तिहरुले गर्ने किस हो यो । परिवारका साना सदस्यहरुलाई स्नेह, ममता एवं भ्रातृत्व देखाउन यो किस प्रयोग गरिन्छ ।
यसमा एकजनाले आफ्नो नाकले अर्काको नाक तथा नाकवरिपरिको भागमा रगडेर माया दर्शाउँछन्। फ्रेन्च किसः अहिले विपरीत लिंगीबीच सर्वाधिक प्रचलित र रोमान्टिक किस मानिन्छ यसलाई। यसलाई टङकिस पनि भनिन्छ । यसमा एक व्यक्तिले आफ्नो जिब्रो अर्को व्यक्तिको जिब्रोमा टँसाएर किसको मज्जा लिन्छन्। खासगरी, विपरीत लिंगीवीच यो किसको आदानप्रदान हुने गर्दछ भने कतिपय तेस्रो लिंगीले पनि प्रयोगमा ल्याएका हुन्छन्।
यो सेक्सुअल इमोसनल किसिङ पनि हो । खासगरी यौन क्रियाकलापको बेला यो किसको प्रयोग बढी भएको पाइन्छ। सिंगल लिप किसः यस विधिमा एक व्यक्तिले आफ्नो ओठ अर्को व्यक्तिको ओठमा सुस्तरी छुने तथा रगड्ने गर्छ । स्याण्डवीचको शैलीमा एकले आफ्नो दुबै ओठ अर्कोको ओठको माथिल्लो वा तलको कुनै एक भाग वा दुबै भागलाई निकै बेर स्पर्श गर्छ। कतिपयले कोमल तवरले स्पर्श गर्दै रगड्ने गर्छन्।
यसलाई स्याण्डबीच किसिङ पनि भन्न मिल्छ। यो पार्टनरप्रति आफ्नो प्रेम ज्यादा छ भनी दर्शाउन तथा यौन उत्तेजना बढाउन प्रयोग भएको पाइन्छ। सही तरिकाले तथा विना डर,संकोचले यो विधिको प्रयोग गरियो भने दुबैजनावीच रोमान्टिक सम्बन्ध अझ प्रगाढ हुन्छ । सेक्सुअल इमोसन पनि तिव्र भएर आउने भुक्तभोगीहरुको अनुभव छ। ह्याण्ड किसः यसमा एकजनाले सुस्तरी आफ्नो हत्केलाले अर्कोको हातको पछाडि (माथिल्लो) भागमा किस गर्दछ ।
आपसमा आदर, स्नेह तथा दयालुपन देखाउन यो विधिको किस प्रयोग हुने गरेको छ। खासगरी, केटाकेटीले आफ्ना अभिभावकहरुलाई पनि यो किस गर्ने गरेको पाइन्छ। व्यवसायिक, सामाजिक, धार्मिक तथा राजनीतिक जीवनमा पनि यस्तो किसिमको किसको आदान प्रदान हुने गरेको छ। इयरलोब किसः यसमा एकजनाले आफ्नो ओठले अर्को व्यक्तिको कानको लोतीमा तलमाथि गर्दै रगड्ने गर्दछ। ओठसँगै जिब्रोले पनि रगड्ने हो भने यसले थप रोमान्स पैदा गर्दछ।
युगल प्रेममा रोमान्टिक क्षण पैदा गर्न यसको प्रयोग हुने गरेको छ । खासगरी, यस किसबाट महिलामा छिटो सेक्सुअल इमोसन आउने अनुभवीहरुको भोगाइ छ। बट्टरफ्लाई किसः यसमा एकजनाले अर्कोको आँखाको ढकनी (आइल्यास) कतिबेला झिमिक्क हुन्छ भन्दै आँखा-आँखा जुधाउने गरिने विधि हो। कतिपयले यसलाई आई किस पनि भन्छन्। ओठे किस अथवा रोमान्टिक मुडमा पुग्नुअघि गरिने यो किस खासगरी साधारण रमाइलोको लागि मात्र उपयोगी हुन्छ।
अपसाइड-डाउन किसः यो किसको सुरुआत स्पाइडरम्यान फिल्मबाट भएको हो। त्यसैले यसलाई स्पाइडरम्यान किस पनि भन्ने गरिन्छ । यसमा एकजनाले आफ्नो निधार हल्का अगाडि एवं तल ढल्काउँदै ओठको तल्लो भागले अर्कोको ओठको माथिल्लो भागमा स्पर्श गर्छ । आपसमा पटकपटक दोहोर्याउँदै गरिने यो किसले विपरीत लिंगीवीच रोमान्टिक क्षण पैदा गर्ने बताइन्छ।
लिङरिङ लिप किसः यसमा एकजनाले आफ्नो ओठले अर्को व्यक्तिको सिंगो ओठमा २० सेकेण्डभन्दा बढी समयसम्म स्पर्श गरिराख्छन्। यसमा जिब्रोको प्रयोग गरिदैंन। गहिरो भावनात्मक प्रेम दर्शाउन यो किस प्रयोगमा आएको हो। चीक किसः यसमा एकजनाले आफ्नो गाला अर्कोको गालामा स्पर्श गरेर माया दर्शाउने गर्छन् । खासगरी, विदाबारी हुने बेलामा यसको प्रयोग भएको पाइन्छ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












