तीज गितमा माैलिकता हराएको हो या समाजको माग नै परिवर्तन भएको हो ? विस्तृतमा…
नेपाली महिलाहरुले ख्याल नगरेको तीज गितलाई म्यानमारमा बस्ने नेपाली महिलाले सिकाए सवक
तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।
यो पर्व मुख्य रूपले नेपालभर मनाईन्छ भने भारतका कुनै कुनै प्रान्तमा मनाइन्छ । भनिन्छ, आद्य शक्ति भगवानशिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो वत्र राखेकि थिईन् त्यो दिन यहि हरितालिका तिजको दिन थियो त्यसै दिन आजसम्म हिन्दु नारीहरूले यो पर्व मनाउदै आएका छन् ।
तीजकाे धार्मिक महत्व :
हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बसिन्। यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो। त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ।
तीजकाे सामजिक महत्व :
आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो। सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ। यसरी आफू जन्मेको घर, माता,पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको छ।
अब कहाँ जादैछ हाम्राे तीज सँस्कार सँस्कृति
चर्चीत लाेक गायिका विष्णु माझिले एउटा तीज गित गाइन् जसक है मेराे फरिया बाेलकाे गित जुन गित ले बजारमा एक किसिमकाे तरगं पैदा गर्याे । यतिमात्र हाेइन याे गितमा महिलाहरु तीज सुरु हुनु भन्दा २,३ महिना अगावै टाेल छिमेकमा रातभरी दर खाने निहूमा विभिन्न किसिमका स्वदेशि तथा विदेशि ब्रान्डका रक्सी र मासुमा डुबेर कसैलाई राम्ररी सुत्न दिएनन् ।
तर,याे सब हुनुमा यै गितकाे दाेष हाे त भन्न त नमिल्ला तर भड्किला उत्तउला किसिमका गित सँगितले नेपाली समाजलाई सानाे हाेस् या ठूलाे परिणाममा असर पक्कै पनि पुर्याउछ नै ।
त्यस्तै करिब ६,७ वर्ष पहिले म्यानमारमा बस्ने नेपालीले तीज गित निकालेका छन् । जुन गितले नेपालकाे सँस्कृतिकाे मात्र झल्काे नदिएर नेपाली समाजकाे कटु यथार्थलाई समेत उजागर गरेकाे छ।
मीरा बञ्जाडे, खीमा नेपाल र मीना अाचार्यलेे स्वर भरेकाे गित जल्दी तारिदे मा चेलिहरुले माईति घर जानलाई खाेला किनारमा पर्खिरहेका छन् । उनीहरुकाे माईतिमा अाफन्तजनहरुले चेलीकाे स्वागत सत्कार कसरी गर्छन् र तीज कसरी मनाउनुपर्छ भन्ने कुरालाई नेपाली समाजकाे बनावट र परम्परागत दृष्टिकाेणकाे चरित्र चित्रण गरिएकाे देख्न सकिन्छ ।
तर, याे वर्ष भर्खर मात्रै रिलिज भएकाे एउटा तीज गित ३३ किलाे सुन भने तीजलाई झझल्काे दिने खाल्काे भन्दापनि याे एक लाेकदाेहाेरी प्रकारकाे गित छ ।
सावित्री केसी र केदार न्याैपानेले गाएकाे याे गित देशकाे बेतिथिलाई उजागर गर्ने किसिमकाे छ तर यसमा तीजका कुनै पनि अायमहरु भेटिदैन । केवल राताे साडी र गरगहना लगाएर नाच्नुलाई मात्र तीज भनिने हाे भने हाम्राे सँस्कृतिकाे के हाल हाेला यसै भन्न सकिदैन ।
अन्त्यमा
तीज एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन काट्दछन् ।अाफ्ना दु:ख पिडाहरु माइतिसमझ पाेख्न पाएका हुदैनन् तर यहि चाडले माइतिघरमा वर्षकाे एक दिन भएपनि चेलिहरुले अाफ्नाे द्खेसाे पाेख्ने अाराम गर्ने छाहारी पाउदछन् । माइतिघर टाढा रहेका चेलिहरु कहिले तीज अाउला र माइतिघर जाउला भन्ने अासमा बसेका हुन्छन् । माइतिघरका अामा बुबालाई भेट्न नपाएकाे तिर्सना समेत तीज पर्वले मेटाउने गर्दछ ।
तीजमा महिलाहरूले माईतीघरमा गएर नाचगान गरेर मीठा मीठा परिकारहरू खान्छन् । माइतीघर जान नपाएका विवाहिता महिलाहरू आफ्नो श्रीमानकाे दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी व्रत बस्छन्। ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मणब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ।
तर केहि वर्ष यता तीज मनाउने जुन परम्परा चलिअाइरहेकाे थियाे त्याे भने हटेर जाने क्रम बढ्दाे छ । तीज अाउनु अगावै भाेजभतेर गरेर नाचगान सुरु गर्ने तीजका गितमा पनि भड्किला शव्द प्रयोग गर्ने चलन बढ्दै गएकाे छ। जसले गर्दा परम्परागत रुपमा स्विकार गर्दै अाएक सँस्कृति चालचलन धमिलिदै गएकाछन् । तीजकाे दिन लत्ताकपडामा गरगहना लगाएतका कुरा हावि हुन थालेका छन् । जसले गर्दा कतिपय ठाउँमा निम्न वर्गका केहि महिलाहरु तीजकाे सामूहिन नाचगानमा समेत अाफूलाई अग्रसर गराउन सक्दैनन् ।
तीज भनेकाे त हाम्राे परम्परागत मान्यताकाे चाड हाे अब के याे महिलाहरुकाे महान् चाड हरितालिका तीजलाई गरगहना लुगा देखाउने रङगशाला बनाउने त र? कि भइरहेकाे परम्परालाई जगेर्ना गर्नतीर लाग्ने ? आजको नेपाली समुदायमा उब्जेको टड्कारो प्रश्न हो यो ।
अब तीज अाउदा गरगहना नभएकाहरुले तीज कसरी मनाउने या समाजको चरित्रलाइ नै बदल्ने त्यो भने टाढाको कुरा हो ।
तीजकाे समयमा गरगहना लगाउनै हुदैन भन्न खाेजिएको पनि हाेइन तर जुन किसिमले अहिले तीज मनाइन्छ त्यसले विकृतीलाई मान्यता दिन्छ भन्ने चाहीँ पक्कै हाे । एक अर्काकाे देखासिखिले समाजलाई कतातीर लान्छ भन्ने हाे । त्यसैले तीज मनाअाै तर समाजमा अपाच्य हुने काम नगराैँ ।
तीजकाे समयमा बजारमा अाएका विभिन्न तीजका गितले केहि न केहि सन्देश छोड्छन नै । चाहे त्याे सुन्न लायक हाेस या नहाेस् तर हिट भने भैहाल्छन् ।
अाफ्नै देशमा बसेर पनि अाफ्ने सँस्कृतिकाे बचाउन गर्न नसकेका हामीलाई म्यानमारमा बसेका नेपाली चेलीहरुले गाएको तीजका गितले कसरी खुच्चिङ भनिरहेको छ एक पटक हेर्ने की ?
म्यानमारमा बसेका नेपाली नारिहरुकाे तिज गित हेर्नुस यस्ताे छ:
नेपालमा बनेका तीज गितका केहि प्रतिनिधि गितहरु:
यहाँ ३३ किलो सुन भन्ने बोलको गीतले समाजमा भएका उदाङ्गा घटनाको बर्णन त गर्यो तर तीजको कुनैपनि छनक दिएन । के यसरी तीजको महत्वमा कुनै प्रश्न नउठ्ला त? पक्कै पनि यसरी गीत सीगितको सिरजना हुन थाले भने कुनै दिन तीज इतिहास बन्ने छ र हाम्रा पुस्ताले तीजको बारेमा पढ्न नसकेर अनुसन्धान परेर पत्ता लगाउनु पर्ने छ ।
Comments
अरु समाचार
-
‘पहिले विभेद गर्नेले पनि अचेल नौमती बाजा सिक्दै छन्’
इलाम : यहाँको रोङ गाउँपालिकाले महिलालाई व्यावसायिक बनाउन र लोक संस्कृतिको जगेर्ना गर्न नौमती बाजा बजाउन सिकाइँदैछ । कुनै समय...
-
दुई विदेशी कलाकारका कला साताव्यापी प्रर्दशन गरिने
काठमाडौँ: ‘आन्तरिक परिदृश्य’ शीर्षकमा दुई विदेशी कलाकारका कला साताव्यापी रूपमा प्रर्दशन गरिने भएको छ । ताइवानकी चाउ मेङ येह र...
-
फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदै
काठमाडौं । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ । महोत्सव ललितपुरको यलमाया केन्द्रमा...
-
छठ गीतमा चर्चित ‘बिहारकी कोकिला’ शारदा सिन्हाको छठ पर्वमै निधन
काठमाडौँ ।‘बिहारकी कोकिला’ उपनामले प्रसिद्ध भारतीय गायिका शारदा सिन्हाको ७२ वर्षको उमेरमा मंगलबार नयाँदिल्लीको एम्स अस्पतालमा निधन भएको छ। सिन्हाले...
-
नेपाली चलचित्रका लागि चाडपर्व सुखद , हलदेखि ओटीटीसम्म दर्शकको साथ
काठमाडौं । नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरु’ लोकार्पण, ६ स्रष्टा सम्मानित (तस्बिरहरुसहित)
काठमाडौँ, ५ असोज । शमी साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार काठमाडौंमा साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण समारोह सम्पन्न भएको छ...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...