ताजा समाचार

गंगामायाद्वारा अनसर तोड्न अस्वीकार

काठमाडौं । वीर अस्पतालको बेड नम्बर १६ मा अनसनरत गंगामाया अधिकारीले अनसन तोड्न अस्वीकार गरेकी छिन् ।

हिजो मात्रै कृष्णप्रशाद अधिकारीको हत्या अभियोग लागेका छवुलाल पाैडेलले सर्वोच्च अदालतसामू आत्मसमर्पण गरेकाले आज गंगामायाले अनसन तोड्ने आशंका गरिएको थियो ।

तर, उनको अनसन तोडाउन अस्पताल पुगेका सरकारी अधिकारीहरुले अनसन तोड्न आग्रह गरेपनि उनले अस्वीकार गरेकी हुन् ।

छविलाललाई पक्राउ गरेकोमा सरकारलाई धन्यवाद दिएकी उनले गोली हान्ने रुद्र आचार्य कहाँ छ भन्ने प्रश्न गरेकी छन् ।

भेटमा उपस्थित मानवअधिकारकर्मी सुवोध प्याकुरेलले भने, ‘उहाँले अनशन तोड्न मान्नुभएन ।’

मानवअधिकारकर्मीहरुले गंगामायाका अरु माग पुरा गर्ने लिखित प्रतिवद्धता जनाए अनशन तोड्न पहल गर्ने बताएका थिए । तर, सरकारी टोलीले लिखित सम्झौताको म्याण्डेट नलिई आएकाले सम्भव नभएको एक अधिकारीले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org