प्रदेश नं ७ मा चेक अनादरका (बाउन्स) मुद्दा बढ्दै
भीमदत्तनगर, १० साउन । प्रदेश नं.७ सुदूरपश्चिममा बैंकिङ कसुरअन्र्तगत ‘चेक अनादर’ मुद्दा बढ्न थालेपछि बाणिज्य इजलास महेन्द्रनगरले कारबाहीलाई तीव्रता दिएको छ ।
प्रदेश नं. ७ को उच्च अदालत दिपायल महेन्द्रनगर इजलास अन्र्तगत गठन भएको बाणिज्य इजलासले चेक अनादर सम्बन्धी परेका ४२ वटा मुद्दा मध्ये ३४ वटा गत आर्थिक बर्षमा फछ्र्यौट गरेको छ ।
उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका शाखा अधिकृत प्रकाशदत्त भट्टले चेक अनादर मुद्दामा अधिकांश अभियोग माग दाबीबमोजिम फैसला भएको बताए ।
‘थोरैले मात्रै सफाइ पाएको तथ्याङ्क छ ।’ उनले भने–‘ केहीले आशिंक सफाइ समेत पाएका छन ।’
उक्त मुद्दामा बाणिज्य अदालतले ३ महिनासम्म कैद वा बिगो बमोजिम जरिवानासमेत सजाय फैसला हुने प्रावधान रहेको उहाँले बताए ।
गत २०७४ पुष १३ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार प्रदेश नं. ७ मा उच्च अदालत दिपायल महेन्द्रनगर इजलास अन्र्तगत महेन्द्रनगरमा उच्च अदालतको नियमावली २०७३ को नियम ६६ (२) बमोजिम बाणिज्य इजलास गठन भएको थियो ।
बाणिज्य इजलासले चेक अनादरमा बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा १७ बमोजिम कारबाही गरिरहेको छ ।
‘कसुर भएको थाहा पाएको एक बर्षभित्र प्रहरीमा जाहेरी दिनुपर्छ ।’ शाखा अधिकृत भट्टले भन्नुभयो–‘जाहेरी दिएको छ महिनाभित्र प्रहरीले तोकिएको अदालतसम्म पु¥याउनुपर्ने हुन्छ ।’
छ महिनाको अवधीमा बैंकमा तीन पटकसम्म चेक साट्न जाँदा खातामा पर्याप्त रकम नभएको भए चेक अनादरमा कानुनी उपचार खोज्न सकिन्छ ।
बैंकिङ कसुर तथा सजाय ऐन अनुसारको दफा ३ ‘ग’मा ‘आफ्नो खातामा मौज्दात रकम नभएको थाहा पाइ जानी–जानी चेक काटी दिनुलाई कसुर मानेको छ ।
एउटै व्यक्तिले फरक÷फरक व्यक्तिलाई रु ८५ लाखसम्म दिएको मुद्दा यहाँ आएको छ ‘शाखा अधिकृत भट्टले भन्नुभयो– तत्कालीन अवस्थामा महेन्द्रनगर बाणिज्य इजलास तोकिएपछि यहाँ क्षेत्राधिकार पर्ने १९ वटा मुद्दा नेपालगञ्जबाट सारिएको थियो ।’
बाणिज्य इजलास यहाँ गठन हुनुअघि सुदूरपश्चिमका बैंकिङ कसुरका मुद्दाहरु नेपालगञ्जलाई हेर्ने क्षेत्राधिकार तोकिएको थियो ।
चेक अनादरका अधिकांश मुद्दा कैलाली जिल्लाबाट आएको उनले जानकारी दिए । ‘मित्रवत, आफन्तबाटै बढी चेक अनादर भएको मुद्दाहरु छन् ।’ भट्टले भन्नुभयो–‘यसमा अधिकांश महिला संलग्न छन् ।’
‘आवश्यक प¥यो केही दिनलाई सहयोग गर्नुस् भनेर पैसाको लेनदेन बढी भएको देखिन्छ ।’ उनले भने– ‘मिटरब्याज र अनाधिकृत रुपमा ढुकुटी खेलाउनेबाट बढी प्रभावित छन् ।’ चेक अनादरको जाहेरी प्रहरीले लिएपछि मुद्दा सरकारवादी हुन्छ ।
त्यसैगरी बैंकिङ कसुरमा मात्रै रु तीन करोडभन्दा बढी जरीवाना असुल उपर गर्नुपर्ने देखिएको छ ।
जरिवाना असुलउपर गर्न यहाँबाट फैसलाको प्रतिनिधिसहित सम्बन्धीत जिल्ला अदालतलाई कार्यान्वयनका लागि पत्राचार गरिन्छ । ‘शाखा अधिकृत भट्टले भने–‘बाणिज्य इजलासमा आठ वटा मुद्धा किनारा लाग्न बाँकी छन् ।’
बाणिज्य इजलास हेर्न २०७४ माग ८ गते न्यायधीश त्रय दिनेशप्रसाद यादव, नारायण प्रसाद श्रेष्ठ र डिल्लीराज आचार्यलाई तोकिएको थियो ।
‘अनादर चेक दिए कारबाहीको भागेदार हुनुपर्ला भनेर सचेतना अपनाउन सञ्चारकर्मीको भूमिका आवश्यक छ ।
प्रदेश नं. ७ को उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका न्यायधीश डिल्लाराज आचार्यले भने ।
बाणिज्य इजलास महेन्द्रनगरलाई प्रदेश नं. ७ का नौ वटै जिल्लाका बाणिज्य सम्बन्धी मुद्दा हेर्ने जिम्मेवारी तोकिएको छ ।
उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका साथै यहाँका चार वटा जिल्ला अदालतमा गरी गत आर्थिक बर्षमा एक हजार चार सय २६ वटा मुद्दा फछ्र्यौट भएको जनाएको छ ।
उक्त आर्थिक वर्षमा एक हजार सात सय ७६ मुद्दा परेका थिए ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...












