साइबर आक्रमणको नयाँ गन्तव्य किन बन्दै नेपाल
काठमाण्डाैँ १२, साउन । कम्प्युटर प्रणालीलाई सुरक्षित बनाइ उच्च सतर्कता अपनाउन नसक्दा विदेशबाटै वा नेपालमै आएर विदेशी नागरिकले साइबर आक्रमण गर्ने गरेको प्रहरी अधिकारीहरूले बताएका छन्।
एटीएम कार्ड बनाएर पैसा चोर्ने र सामाजिक सञ्जालबाट ठगी जस्ता साइबर आक्रमणका गतिविधि गर्दै कतिपय विदेशी नागरिकले नेपाललाई नयाँ शैलीको अपराधको गन्तव्य बनाउन थालेको उनीहरू बताउँछन्।
फेसबुकबाट मानिसहरूलाई ठगी गरेको भन्दै प्रहरीले गत चैतमा काठमाण्डूको डिल्लीबजारबाट एक भारतीय नागरिकलाई पक्राउ गर्यो।
उनको समूहले ब्रिटेनबाट बहुमूल्य सामानसहितको पार्सल पठाइदिएको भन्दै एक करोड रुपैयाँभन्दा बढी ठगी गरेको प्रहरीले बताएको छ।
केही नेपाली समेत संलग्न त्यो समूहले फेसबुकमा एक ब्रिटिश नागरिकको प्रोफाइल बनाएको थियो।
त्यही प्रोफाइलबाट ब्रिटिश पाउण्ड र अमेरिकी डलरसहित पार्सल गरी पठाइदिएको सन्देश दिएको थियो।
त्यो समूहका सदस्यहरूले पीडितसँग पार्सल भारतमा आइपुगे पनि त्यहाँबाट नेपाल ल्याउन भन्सार महसुल तिर्नुपर्ने भन्दै रकम माग गर्ने गरेका थिए।
पछिल्ला वर्षमा उक्त समूहले जस्तै प्रविधिको दुरुपयोग गर्दै नेपालीहरूलाई ठगी गर्ने विदेशीको संख्या बढेको प्रहरी अधिकारीहरू बताउँछन्।
सामाजिक सञ्जालबाट ठगी गर्ने, ब्याङ्किङ प्रणाली ह्याक गरी रकम निकाल्ने, डाटा चोरी गर्ने र अवैध रूपमा कल बाइपास गर्ने जस्ता कार्यमा विदेशी नागरिकको संलग्नता हुने गरेको उनीहरूको भनाइ छ।
प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्री ठगीमा प्राविधिक जानकारी कम भएकाहरू फस्ने गरेको बताउँछन्।
धेरै घटनामा चिट्ठा पर्यो भनेर ठगी भएको देखिन्छ। धेरै पुरुषहरू वैदेशिक रोजगारीका क्रममा विदेशमा हुने र गृहिणीहरूसँग स्मार्टफोन हुने तर चेतनाको स्तर सुरक्षाका दृष्टिकोणले उच्च नहुने भएकाले प्रविधिको दुरुपयोग भएर पनि साइबर अपराध भएको देखिन्छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार सामाजिक सञ्जाल दुरुपयोग र इन्टरनेट ठगी लगायतमा गएको सात वर्षमा ४४ वटा मुद्दा अदालतमा दर्ता गरिएका छन् भने ६२ जना पक्राउ परेका छन्।
यसैगरी कल बाइपास र एटीएम ह्याकसम्बन्धी आरोपमा हालसम्म ५२ जना विदेशी नागरिक पक्राउ परेका छन्।
पहिले-पहिले महत्त्वपूर्ण तथा व्यक्तिका निजी सूचना वा डाटा चोरी गर्ने उद्देश्यले साइबर हमला हुने गरेकामा अहिले भने रकम असुल्नकै लागि यस्तो हमला हुन थालेको साइबर सुपरिवेक्षण गर्ने एक कम्पनीका सञ्चालक सरोज लामिछाने बताउँछन्।
साइबर आक्रमणहरू अन्तर्राष्ट्रियस्तरको हुन्छ। बाहिर जस्तो खालको आक्रमण हुने गर्छ त्यसै खालको यहाँ आउँछ। रोकथामका उपाय बाहिरकै जस्तो हुनुपर्ने हो। तर त्यस्तो नभइसकेकोले समस्या भएको हो ।
साइबर सुरक्षा चुनौतीपूर्ण बन्दै गएपछि प्रहरीले छुट्टै साइबर अपराध अनुसन्धान ब्यूरो स्थापना गर्ने तयारी गरेको प्रहरी अधिकारीहरूले बताएका छन्।
Comments
अरु समाचार
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...












