साइबर आक्रमणको नयाँ गन्तव्य किन बन्दै नेपाल
काठमाण्डाैँ १२, साउन । कम्प्युटर प्रणालीलाई सुरक्षित बनाइ उच्च सतर्कता अपनाउन नसक्दा विदेशबाटै वा नेपालमै आएर विदेशी नागरिकले साइबर आक्रमण गर्ने गरेको प्रहरी अधिकारीहरूले बताएका छन्।
एटीएम कार्ड बनाएर पैसा चोर्ने र सामाजिक सञ्जालबाट ठगी जस्ता साइबर आक्रमणका गतिविधि गर्दै कतिपय विदेशी नागरिकले नेपाललाई नयाँ शैलीको अपराधको गन्तव्य बनाउन थालेको उनीहरू बताउँछन्।
फेसबुकबाट मानिसहरूलाई ठगी गरेको भन्दै प्रहरीले गत चैतमा काठमाण्डूको डिल्लीबजारबाट एक भारतीय नागरिकलाई पक्राउ गर्यो।
उनको समूहले ब्रिटेनबाट बहुमूल्य सामानसहितको पार्सल पठाइदिएको भन्दै एक करोड रुपैयाँभन्दा बढी ठगी गरेको प्रहरीले बताएको छ।
केही नेपाली समेत संलग्न त्यो समूहले फेसबुकमा एक ब्रिटिश नागरिकको प्रोफाइल बनाएको थियो।
त्यही प्रोफाइलबाट ब्रिटिश पाउण्ड र अमेरिकी डलरसहित पार्सल गरी पठाइदिएको सन्देश दिएको थियो।
त्यो समूहका सदस्यहरूले पीडितसँग पार्सल भारतमा आइपुगे पनि त्यहाँबाट नेपाल ल्याउन भन्सार महसुल तिर्नुपर्ने भन्दै रकम माग गर्ने गरेका थिए।
पछिल्ला वर्षमा उक्त समूहले जस्तै प्रविधिको दुरुपयोग गर्दै नेपालीहरूलाई ठगी गर्ने विदेशीको संख्या बढेको प्रहरी अधिकारीहरू बताउँछन्।
सामाजिक सञ्जालबाट ठगी गर्ने, ब्याङ्किङ प्रणाली ह्याक गरी रकम निकाल्ने, डाटा चोरी गर्ने र अवैध रूपमा कल बाइपास गर्ने जस्ता कार्यमा विदेशी नागरिकको संलग्नता हुने गरेको उनीहरूको भनाइ छ।
प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्री ठगीमा प्राविधिक जानकारी कम भएकाहरू फस्ने गरेको बताउँछन्।
धेरै घटनामा चिट्ठा पर्यो भनेर ठगी भएको देखिन्छ। धेरै पुरुषहरू वैदेशिक रोजगारीका क्रममा विदेशमा हुने र गृहिणीहरूसँग स्मार्टफोन हुने तर चेतनाको स्तर सुरक्षाका दृष्टिकोणले उच्च नहुने भएकाले प्रविधिको दुरुपयोग भएर पनि साइबर अपराध भएको देखिन्छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार सामाजिक सञ्जाल दुरुपयोग र इन्टरनेट ठगी लगायतमा गएको सात वर्षमा ४४ वटा मुद्दा अदालतमा दर्ता गरिएका छन् भने ६२ जना पक्राउ परेका छन्।
यसैगरी कल बाइपास र एटीएम ह्याकसम्बन्धी आरोपमा हालसम्म ५२ जना विदेशी नागरिक पक्राउ परेका छन्।
पहिले-पहिले महत्त्वपूर्ण तथा व्यक्तिका निजी सूचना वा डाटा चोरी गर्ने उद्देश्यले साइबर हमला हुने गरेकामा अहिले भने रकम असुल्नकै लागि यस्तो हमला हुन थालेको साइबर सुपरिवेक्षण गर्ने एक कम्पनीका सञ्चालक सरोज लामिछाने बताउँछन्।
साइबर आक्रमणहरू अन्तर्राष्ट्रियस्तरको हुन्छ। बाहिर जस्तो खालको आक्रमण हुने गर्छ त्यसै खालको यहाँ आउँछ। रोकथामका उपाय बाहिरकै जस्तो हुनुपर्ने हो। तर त्यस्तो नभइसकेकोले समस्या भएको हो ।
साइबर सुरक्षा चुनौतीपूर्ण बन्दै गएपछि प्रहरीले छुट्टै साइबर अपराध अनुसन्धान ब्यूरो स्थापना गर्ने तयारी गरेको प्रहरी अधिकारीहरूले बताएका छन्।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
डिम्ब प्रकरणमा सर्वोच्चः महान्यायधिवक्ताको कार्यालयविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं। गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको अभियोगमा अनुसन्धानको दायरामा आएको होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको...
-
प्रधानमन्त्री कार्कीले सरकारी जग्गा मिचेको आरोपमा अदालतकै कर्मचारीको आक्रोश, न्याय र कार्यपालिकामाथि गम्भीर धक्का
काठमाडाैं । पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारी जग्गा हडपेको विषयमा जिल्ला अदालत ललितपुरका कर्मचारी हरि भट्टराईले आलोचना गरेका...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
नेपालटारबाट सुन र नगदसहित सामान लुटपाटको आरोपमा चार जना पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको...












