पेट्रोलियम पदार्थ र सिमेन्टमा अत्यधिक ठगी
काठमाडौँ १३, साउन । विस २०७५ असार ३ गते धादिङस्थित नृपेश्वर आयल स्टोर प्रालिले मापदण्डभन्दा घटी पेट्रोलियम पदार्थ उपभोक्तालाई विक्री गरेर उपभोक्तालाई ठग्यो । विस २०७५ जेठ २० मा बानेश्वरस्थित हरिसिद्धी आयल स्टोरले मापदण्डभन्दा घटी पेट्रोलियम पदार्थ उपभोक्तालाई विक्री गरेर ठग्यो ।
विसं २०७४ माघ २९ मा जोरपाटीमा रहेको वृज सिमेन्टको ॐ पशुपति डिपोले कम तौल भएको सिमेन्ट विक्री गरेर उपभोक्तालाई ठग्यो । विस २०७४ माघ २९ मा किर्तिपुरस्थित हिमाल स्टिल कम्पनीले कम तौलको स्टिल बेचेर उपभोक्तालाई ठगेको थियो भने कनक ट्रेड सेन्टर टेकु, प्रशान्ति आयल डिस्टिब्युटर्स एकान्तकुना, महालक्ष्मी विश्वकर्मा ट्रेडर्स सातदोवाटो, नारायणी पेट्रोल सेन्टर वाफल, युनिक फ्युल सेन्टर वालकुमारीलगायतले पनि मापदण्ड भन्दा घटी सामान बेचेर ठगी गरेका थिए ।
आर्थिक वर्ष २०७४÷०७५ मा पेट्रोल पम्प, सिमेन्ट डिपो र छड उद्योगले ठग्ने संख्या अत्याधिक मात्रामा छ । नाफा कमाउने उद्देश्यले उपत्यकालगायत वाग्मती अञ्चलमा ठगी गर्नेको संख्या बढ्दो छ ।
नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले आर्थिक वर्ष २०७४÷०७५ मा मात्र १०० भन्दा बढी पेट्रोल पम्प, सिमेन्ट डिपो, स्टिल डिपोलाई ठगी गरेको भन्दै कारबाही गरेको छ ।
उक्त कार्यालयका प्रमुख शशीभुषणकुमार यादव कम गुणस्तर भएका सामान विक्री वितरण गर्ने व्यवसायीहरुलाई कारबाही गरिएको बताउछन् । “गुणस्तरभन्दा कम सामान विक्रीवितरण गरेर जनतालाई ठग्ने जोकोही व्यवसायीहरुलाई कारबाही गछौँ,”– उनी भन्छन् ।
क्षेत्रीय कार्यालयले मापदण्ड विपरित विक्रीवितरण गर्ने काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रसुवा, नुवाकोट र धादिङका चार हजार ३७८ व्यवसायीलाई कारबाही गरेको छ । ती स्थानका व्यवसायीहरुले सुन चाँदी, तरकारी, छडजस्ता वस्तुमा ठगी गरेका हुन् ।
नेपाल पेट्रोलियम डिलर्स एशोसियशनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधान पेट्रोलियम पदार्थ विक्रीवितरणमा स्पष्ट मापदण्ड नहुँदा व्यवसायीहरु समस्यामा परेको बताउछन् । “पेट्रोलियम पदार्थ विक्री वितरणमा २५÷३० मिलिमिटर बढी घटी हुँदा ठगी भन्न मिल्दैन तर जसले १०० मिलिमिटरभन्दा धेरै घटी गरेर बेच्छ त्यस्ता व्यवसायीलाई कारबाही गर्नुपर्छ,”–उनी भन्छन् ।
उपभोक्ता हित संरक्षण मञ्चका सचिव विष्णु तिमल्सेना अनुगमन गर्ने निकाय नै फितलो हुँदा ठगीको मात्रामा वृद्धि भएको बताउछन् । “जबसम्म अनुगमन गर्ने निकायमाथि नै अनुगमन र ठगी गर्ने व्यवसायीलाई कडाभन्दा कडा कारबाही हुँदैन तबसम्म यो प्रक्रिया दोहोरीरहन्छ,”– उनी भन्छन् ।
गुणस्तर तथा नाप तौल कार्यालयले दुई हजार ४९७ व्यवसायीलाई व्यवसायका लागि नयाँ अनुमतिपत्र प्रदान गरेको छ भने १०९ व्यवसायीलाई इजाजत पत्र नविकरण गरेको छ । यस्तै नाप तौल र नाप्ने तौलने यन्त्र सात हजार ८१७ ले जाँच गराएका छन् । कार्यालयले २९ पेट्रोलियम पदार्थ ढुवानी टैँकरको जाँच समेत गरेको छ ।
आव २०७३÷०७४ मा रु एक करोड १७ लाख ४८ हजार ३६६ राजश्व संकलन गरेको क्षेत्रीय कार्यालयले आव २०७४÷०७५ मा रु एक करोड ५६ लाख पाँच हजार ५१७ राजश्व संकलन गरेको छ ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











