इँटा उद्योगमा बालश्रम अन्त्यको घोषणा
काठमाडौँ १४, साउन । मुलुकभरका इँटा उद्योगमा बालश्रम अन्त्य भएको सार्वजनिक घोषणा गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा श्रममन्त्री गोकर्णराज विष्ट र महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले मुलुकभरका इँटा उद्योगमा बालश्रमको प्रयोग अन्त्य गर्नेसम्बन्धी प्रतिबद्धताको घोषणा गरे ।
सो अवसरमा मन्त्री विष्टले बालश्रम सभ्यता, मानवीयता र न्यायको दृष्टिले कलंक रहेको बताउँदै २०८५ सालसम्म हरेक क्षेत्रको बालश्रम अन्त्य गर्न व्यवस्थित कार्ययोजना बनाएर कार्यान्वयन गरिने बताए । मुलुकबाट बालश्रम निवारणको सन्दर्भमा यस घोषणालाई प्रभावकारी बनाउन श्रम कार्यालयमार्फत अनुगमन गरिने उनले बताए ।
देशभरका इँटा उद्योगमा बालश्रमको अन्त्य भएको यस घोषणसँगै अब अन्य जोखिमयुक्त क्षेत्रमा रहेका बालश्रम उन्मूलन गरिने उनको भनाइ थियो ।
इँटा उद्योगबाट बालश्रममुक्त घोषणा गरिनु अत्यन्त महत्वपूर्ण र बालश्रममुक्त देश घोषणा गर्न कोशेढुंगा सावित भएको उल्लेख गर्दै मन्त्री विष्टले भने, “यस घोषणाले बाल श्रममुक्त देश घोषणा गर्ने अभियानमा महत्वपूर्ण भूमिका खेल्नेछ, यो घोषणा ज्यादै महत्वपूर्ण र सम्मानयोग्य छ, सम्मानित देश, सभ्य देश, कलंकरहित देश घोषणा गर्न कोशेढुंगा सावित हुनेछ ।”
नेपाललाई बालश्रममुक्त घोषणा गर्ने प्रतिबद्धतामात्र नभई बालश्रममा रहेका बालबालिकालाई पुनःस्थापना गरी उनीहरुलाई विद्यालयसम्म पु¥याउन सरकार गम्भीर रहेको बताए। अभिभावकसँगै कार्यस्थलमा आउने बालबालिकाको व्यवस्थापन गरी उनीहरुलाई विद्यालयको पुहँचमा पु¥याउन विशेष ध्यान दिइने बताए ।
मन्त्रालयका सचिव महेशप्रसाद दाहालले नेपालबाट सबै प्रकारका बालश्रम पूर्णरुपमा निवारण गरी मुलुकलाई बालश्रमरहित बनाउने उद्देश्यसहित बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना (२०७५–२०८५) लागू गरिएको बताए ।
विसं २०७९ सम्ममा अमर्यादित र शोषणयुक्त तथा २०८२ सम्ममा सबै किसिमको बालश्रम निवारण गरिने बताउँदै उहाँले बालश्रममुक्त राष्ट्रका रुपमा नेपाललाई स्थापित गराउन सरकारका विषयगत निकाय, प्रदेश र स्थानीय तह, गैरसरकारी क्षेत्र र सामाजिक संघसंस्थाको सहयोगको खाँचो औँल्याए ।
उहाँले चालू आवभित्र २५ नगरपालिकालाई बालश्रममुक्त नगर घोषणा गरिने जानकारी दिँदै होटल, कलकारखाना, इँटाभट्टालगायत क्षेत्रबाट बालश्रमिकको खोजी गरी जोखिममा परेका बालबालिकालाई पुनःस्थापना गरिने बताए ।
नेपाल इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले इँटा उद्योगमा बालश्रमिकको प्रयोग हुँदा उद्योगको छवि नै बिग्रने भएकाले इँटा उद्योगमा बालश्रमिकको प्रयोगलाई न्यूनीकरण गर्न जरुरी रहेको बताए ।
उनले बालश्रम निवारण राष्ट्रिय गुरुयोजनाको राष्ट्रिय लक्ष्य समयमै हासिल गर्न मुलुकभरको सबै इँटा व्यवसायीको तर्फबाट कुनै पनि इँटा उद्योगमा कुनै पनि प्रकारको बालश्रमको प्रयोग नगरिने सार्वजनिक घोषणा गरे । इँटा उद्योगमा कार्यरत मजदुरसँग आश्रित बालबालिकालाई इँटा उद्योगमै दिवा स्याहार केन्द्र स्थापना गरेर आधारभूत शिक्षा प्रदान गर्न आफूहरु तयार रहेको उनको भनाइ थियो ।
कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै प्रकृतिका जोखिमपूर्ण काममा लगाउन नपाइने संवैधानिक व्यवस्था छ ।
हाल मुलुकमा करीब एक हजार १०० इँटा उद्योग सञ्चालनमा रहका छन् भने काठमाडौँ उपत्यकाभित्र ११० उद्योग रहेका छन् । ती इँटा उद्योगमा करीब तीन लाख मजदुर कार्यरत रहेका बताइएको छ । कार्यक्रममा नेपालभरका इँटा व्यवसायीका प्रतिनिधिले आजैका दिनदेखि इँटा उद्योगमा बालश्रम उन्मूलन भएको सार्वजनिक घोषणा गरेका थिए ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











