सुन प्रकरण अनुसन्धानः २ सय ९३ जना अनुसन्धानको घेरा राखि समितिले प्रधानमन्त्रीलाई प्रतिवेदन बुझायो
काठमाडौँ १७, साउन । ३३ किलो सुन प्रकरणपछि सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले अनुसन्धान प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ।
सय दिनभन्दा लामो अनुसन्धानपछि आफ्नो प्रतिवेदन बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको हो।
सनम शाक्य हत्या र ३३ किलो सुन एकाएक हराएपछि सरकारले गत चैत ३० गते सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा उच्चस्तरीय छानबिन टोली गठन गरेको थियो। समितिले ७ सय ५२ पेजको सुझाव सहितको प्रतिवेदन बुझाएको हो।
प्रतिवेदनमा अहिलेसम्म समितिले गरेका कामहरूको बारेमा जानकारी गराइएको छ। त्यस्तै अनुसन्धान अझै अपुरो नै रहेकाले आगामी दिन हुने अनुसन्धानलाई सहज बनाउन सुझाव समेत दिएको समितका सदस्यले बताए।
समितिले अहिलेसम्म गरेको अनुसन्धानमा ७५ जनालाई प्रतिवादी बनाएको छ। जसमा ९ जना प्रहरी अहिले जिल्ला अदालत मोरङको आदेशले पुर्पक्षको लागि थुनामा छन्। समितिले तयार पारेको प्रतिवेदनमा मुख्य सुन तस्कर को हो भनेर खुलाएको छैन। प्रतिवेदनमा करिव ३ सय जनालाई थप अनुसन्धानको घेरामा राखिएको छ।
प्रतिवेदनमा मोहन कुमार अग्रवाललाई मुख्य लगानीकर्ताको रूपमा देखाइएको छ। त्यस्तै दुबईबाट आएको सुनको नेपालमा व्यवस्थापन गर्ने जिम्मेवारीमा चुणामणि उप्रेती गोरेलाई बनाइएको छ। नेपालको पैसा दुबई अवैधरुमा हुन्डीमार्फत पठाउने कार्यमा व्यवसायी विमल पोद्धार लगायत भएको उल्लेख गरिएको समितिका एक सदस्यले बताए। त्यस्तै प्रतिवदेनमा
माघ ९ गते विमानस्थलबाट सजिलै बाहिरिएर हराएको ३३ किलो सुन कहाँ छ? कसले लुट्यो भन्ने विषय भने प्रतिवेदनमा समेत स्पष्ट छैन। समितका एक सदस्यले भने,’ हराएको सुन कहाँ छ भन्ने स्पष्ट उल्लेख छैन। आगामी अनुसन्धानमा भेटिएला।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











