निर्मला पन्त मृत्यु प्रकरणः फेसबुकमा जथाभावी पोष्ट गर्ने सापकोटा पक्राउ
काठमाडौं । कञ्चनपुरको भिमदत्त–२ मा रहस्यमय मृत्यु भएकी १३ वर्षीय बालिका निर्मला पन्तको प्रकरणमा सामाजिक सञ्जालमा जथाभावी लेखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्राप्ती भनिने एञ्जिला सापकोटा छिन् । पन्तको बलात्कारपछि हत्या गरेर उखुबारीमा शव फालिएको भन्दै स्थानीयले अारोप लगाउँदै अाएका छन् ।
घटना अनुसन्धानकै क्रममा रहेका वेला सापकोटाले ‘यिनै हुन् १४ वर्षीय बालिबालाई जबरजस्तीकरणी गरी बलात्कार गरेर हत्या गर्ने प्रहरी.. सक्दो शेयर गर्नु होला’ भनेर भ्रामण सामग्री पोष्ट गरेकी थिइन् ।
उनको पोष्टपछि सामाजिक सञ्जालमा गलत तथ्य भाइरल हुन पुगेको थियो । र, सीआईबीले उनलाई विद्युतीय कारोबार ऐन अन्तरगत पक्राउ गरेको जनाएको छ ।
सीआईबीका एसपी कृष्णहरि शर्माका अनुसार सापकोटालाई जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
हाल घटनाको अनुसन्धान गर्न सीआईबीका डिएसपी अंकुर जिसीको नेतृत्वमा प्रहरी टोली पनि कञ्चनपुरमा खटिएको छ ।
Comments
अरु समाचार
-
आपराधिक घटना बढेको बढ्यै, दैनिक १६२ मुद्दा दर्ता
काठमाडौँ: नेपाल प्रहरीको तथ्याङ्कले आपराधिक घटना न्यूनीकरण हुन नसकेको देखाएको छ । हालै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता/सूचना अधिकारी तोकिनुभएका प्रहरी...
-
सशस्त्र प्रहरीद्वारा पर्साबाट भन्सार छलीका कपडा बरामद
काठमाडौं । पर्साको वीरगञ्ज महानगपालिका–६ लाटगल्लीबाट सशस्त्र प्रहरी बलले रू ३० लाख बराबरको कपडा बरामद गरेको छ । विशेष सूचनाका...
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित तीन जना पक्राउ
काठमाडौं । रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट १ सय ५० ग्राम सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । १...
-
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । सहकारी ठगी आरोपमा प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई थप ४ दिन म्याद थप भएको छ। कास्की...
-
होटलमा एक जना मृत फेला
काठमाडौं । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित कानेपोखरी बजारमा रहेको वान्तवा होटलमा एक जना पुरुष शुक्रबार बिहान मृत...
-
प्रहरीद्वारा ६ सय किलो गाँजा बरामद
काठमाडौं । प्रहरीले सुनसरीको धरानबाट मङ्गलबार राति ६ सय किलो गाँजा बरामद गरेको छ । धरान उपमहानगरपालिका–१३ शिवधाराबाट प्रहरीले उक्त...
-
शौचालयमा लडेर युवकको मृत्यु
काठमाडौं । शौचालयमा लडेर हेटौँडा उपमहानगरपालिका–६ कल्याणटार निवासी २८ वर्षीय उद्धव राईको आज बिहान मृत्यु भएको छ । लडेर बेहोस...
-
एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा ‘बेटिङ’ गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट खेल...
-
बयानका लागि रविलाई काठमाडौँबाट चितवन लगियो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि चितवन लगिएको छ । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम...