अमेरिकी प्रतिबन्धको केही प्रभाव पर्दैन
सिङ्गापुर १८, साउन । टर्कीका विदेश मन्त्री मुभ्लेट क्याभुसोग्लु शुक्रबार अमेरिकी विदेश मन्त्री माइक पोम्पेओसँग भेट गरी हाल अमेरिकाले लगाएको प्रतिबन्धले टर्कीलाई कुनै प्रभाव नपर्ने बताएका छन् ।
अमेरिकी एकजना पादरीलाई आतङ्कवादको अभियोगमा टर्कीले थुनामा राखेको भन्दै अमेरिकाले टर्कीका न्याय मन्त्री र आन्तरिक मामिला मन्त्रीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
चेतावनीयुक्त भाषा र प्रतिबन्धले कुनै परिणाम ननिस्कने उनले बताएका छन् । अमेरिकी विदेश मन्त्री पोम्पेओ र क्याभुसोग्लुबीच भएको छलफलपछि सिङ्गापुरस्थित एक टेलिभिजनलाई दिएको अन्तर्वातामा उहाँले सो कुरा बताएका छन् ।
अमेरिकी पादरी एन्ड्रेयू ब्रन्सनलाई दुई वर्षदेखि कारागारमा राखिएको र गत हप्तादेखि उनलाई आफ्नै निवासमा नजरबन्द गरिएको छ । यसबाट पादरीलाई मुक्त गरिन्छ भनेर पर्खेका अमेरिकी अधिकारीहरु निराश भएका थिए ।
ब्रन्सनमाथि टर्कीले मुख्यतः दुईवटा अभियोग लगाएको छः सन् २०१६ को जुलाईमा टर्कीको असफल सैन्य कू मा अमेरिकामा बसोवास गरिआएका मुस्लिम धार्मिक गुरु फेतुल्लाह गुलेन र कुर्दिस्तान वर्कर पार्टी (पिकेके)लाई ब्रन्सनले सहयोग गरेका छन् ।
इज्मेर सहरको एजेनस्थित चर्चमा कार्यरत ब्रन्सनले टर्कीको आरोपको खण्डन गरेका छन् । उनीमाथि लागेको आङ्ककारीको आरोप प्रमाणित भएमा उनलाई ३५ वर्षको जेल सजाय हुनेछ । अगामी अक्टोबर १२ का उनको मुद्दामाथि सुनुवाई हुनेछ ।
र्कीका न्याय मन्त्री र आन्तरिक मामिला मन्त्रीले पादरीको गिरफ्तारी र थुनामा राख्ने कार्यमा मुख्य भूमिका निर्वाह गरेको आरोपमा अमेरिकाले उनीहरुमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि नेटोको सदस्य राष्ट्र टर्की र वासिङटनबीच तिक्तता आएको हो ।
टर्कीको विदेश मन्त्रालयले जवाफी उपायहरु अवलम्बन गर्ने घोषणा गरेपछि पहिलोपटक यो विदेश मन्त्रीस्तरीय बैठक भएको हो ।
Comments
अरु समाचार
-
आपराधिक घटना बढेको बढ्यै, दैनिक १६२ मुद्दा दर्ता
काठमाडौँ: नेपाल प्रहरीको तथ्याङ्कले आपराधिक घटना न्यूनीकरण हुन नसकेको देखाएको छ । हालै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता/सूचना अधिकारी तोकिनुभएका प्रहरी...
-
सशस्त्र प्रहरीद्वारा पर्साबाट भन्सार छलीका कपडा बरामद
काठमाडौं । पर्साको वीरगञ्ज महानगपालिका–६ लाटगल्लीबाट सशस्त्र प्रहरी बलले रू ३० लाख बराबरको कपडा बरामद गरेको छ । विशेष सूचनाका...
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित तीन जना पक्राउ
काठमाडौं । रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट १ सय ५० ग्राम सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । १...
-
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । सहकारी ठगी आरोपमा प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई थप ४ दिन म्याद थप भएको छ। कास्की...
-
होटलमा एक जना मृत फेला
काठमाडौं । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित कानेपोखरी बजारमा रहेको वान्तवा होटलमा एक जना पुरुष शुक्रबार बिहान मृत...
-
प्रहरीद्वारा ६ सय किलो गाँजा बरामद
काठमाडौं । प्रहरीले सुनसरीको धरानबाट मङ्गलबार राति ६ सय किलो गाँजा बरामद गरेको छ । धरान उपमहानगरपालिका–१३ शिवधाराबाट प्रहरीले उक्त...
-
शौचालयमा लडेर युवकको मृत्यु
काठमाडौं । शौचालयमा लडेर हेटौँडा उपमहानगरपालिका–६ कल्याणटार निवासी २८ वर्षीय उद्धव राईको आज बिहान मृत्यु भएको छ । लडेर बेहोस...
-
एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा ‘बेटिङ’ गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट खेल...
-
बयानका लागि रविलाई काठमाडौँबाट चितवन लगियो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि चितवन लगिएको छ । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम...