ताजा समाचार

जबर्जस्ती करणी गरि फरार भएका अभियुक्त पक्राउ

राजविराज १८, साउन । बाह्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेका एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ ।

जिल्लाको बलान बिहुल गाउँपालिका काचन बस्ने २२ वर्षीय धर्मेन्द्रकुमार दासलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले फरार दासलाई घरमा लुकेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिए ।

सप्तरी जिल्ला अदालत राजविराजले फरार प्रतिवादी दासलाई जबर्जस्ती करणी गरेको आरोपमा आठ वर्ष कैदको फैसला सुनाइएको थियो । पक्राउ परेका उनलाई आजै जिल्ला कारागार राजविराजमा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

विसं २०७२ भदौ १ गते राति १२ बजेको समयमा स्थानीय १२ वर्षीया बालिकालाई दासले जबर्जस्ती करणी गरी फरार भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org