‘मनको तीरैतीर’, २४ वर्षीया डाक्टरको मनछुने कविता संग्रह
काठमाडाैँ २३, साउन । साहित्यिक रचना पाण्डुलिपीमा उतार्नुअघि मनमा जन्मिन्छन् । मनमा जन्मिएका शब्द संयोजनलाई व्यवस्थित गर्दै गएपछि एउटा साहित्य संग्रह जन्मिन्छ । सबै चरण पार गर्दै बजारमा आएको छ, कविता संग्रह ‘मनको तीरैतीर’ ।
मनमा जन्मिएका वाक्यलार्ई अरुले पढ्न सक्ने गरी बजारमा ल्याउन लेखकले खुब मेहनत गर्नुपर्छ । त्यो मेहनत गरेकी छन्, डा. अस्मिता अर्यालले । अर्यालको ‘मनको तीरैतीर’ कविता संग्रह सोमवार लोकार्पण भएको छ ।
लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले प्रकाशनमा ल्याएको डा. अर्यालको ‘मनको तीरैतीर’ पर्यटन बोर्डको सभाहलमा साहित्यकला मन्दिरका अध्यक्ष वसन्त चौधरी, साहित्यकार प्रा.डा. सावित्री कक्षपति, साहित्यकार कालिप्रसाद रिजाल र डा. अर्यालकी आमा मायादेवी अर्याल र बुबा एकनारायण अर्यालले संयुक्त रुपमा लोकार्पण गरेका छन् ।
कविता संग्रहमाथि विश्लेषण गर्दै साहित्यकार तथा प्रा.डा. सावी कक्षपतिले देशको विद्यमान स्थितिलाई चित्रण गरेको र समसामयिक राजनीतिक क्षेत्रलाई समेटेको बताइन् । ‘संग्रहले नारी वेदनालाई अगाडि सारेको र सानै उमरेमा पनि साहित्य क्षेत्रमा निपूर्णता देखाइएकाले साहित्य क्षेत्रमा तरङ्ग ल्याएको छ,’ उनले भनिन् ।
कवितामाथि समीक्षा गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा साहित्यकार कालिप्रसाद रिजालले साहित्यमा निपूर्णताको कदर गर्नुपर्ने बताए । ‘साहित्य सिर्जनाले नेपाली साहित्य क्षेत्रमा योगदान दिएको र सुझावको रुपमा लिएर अगाडि बढ्नुपर्छ,’ उनले भने । साहित्यकला मन्दिरका अध्यक्ष तथा कवि रचनाकार वसन्त चौधरीले शील्पशैलीले स्रष्टाको परिचय दिएको र आगामी दिनमा पनि बचाइराख्नुपर्ने बताए ।
कवयित्री डा. अर्यालले कविता संग्रहलाई ‘क’ र ‘ख’ गरी २ खण्डमा विभाजन गरेकी छन् । खण्ड ‘क’ मा ‘प्रिय पीपलबोट’, ‘सुनसान रात’, ‘सपना अमेरिका’, ‘भाग्य रेखा’, ‘त्यो मुटुको हार भएछ’, ‘कोठीमा बेचिएकी चेली’, ‘अभागी डाक्टर म’, ‘जाँदीनम सती’ लगायतका ५१ वटा कविता र गजल समावेश गरिएको छ ।
खण्ड ‘ख’ मा पेट छ ठूलो, घुसिया ती नेताको, नेपाली भोकै, पसिना बग्यो, मेहनत किसान, साहुको मस्ती, रित्तो दिमाग, सादा नारा जुलुस, कलेज किन ?, दूरसञ्चार, जनतालाई सेवा, नेटवर्क खै ? जस्ता समसामयिक विषयमा व्यंग्य गर्दै १ सय १५ वटा हाइकुहरू समावेश छन् । कार्यक्रममा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) सवेन्द्र खनाल लगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो ।
स्याङ्जाको पुतलीबजारकी स्थायी बासिन्दा २४ वर्षीया कवियत्री डा. अर्याल एमबीबीएस अध्ययन सकेर काठमाडौंको केएमसीमा प्रशिक्षार्थी चिकित्सकका रुपमा कार्यरत छिन् ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












