मलेसियाका प्रधानमन्त्री महाथिर चिनीया सम्झौता तोड्ने प्रयासमा
पुत्रजया, मलेसिया, २८ साउन । मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले चिनीयाको सहयोगमा अघि बढाउन लागिएको अर्बौं डलरको पूर्वाधार परियोजना रद्द गर्ने तयारीमा रहेको जानकारी दिएका छन् । अघिल्लो सरकारले गरेको सम्झौता रद्द गरी मुलुकलाई ऋणको बोझबाट मुक्त राख्ने प्रयासमा महाथिर छन् ।
एसोसिएटेड प्रेस (एपी)का संवाददातालाई दिएको एक अन्तर्वार्तामा ९३ वर्षीय प्रधानमन्त्री महाथिरले रोहिङ्ग्या मुस्लिम समुदायमाथि म्यान्मारले गरेको व्यवहार अन्यायपूर्ण रहेको बताए । तीन महिनाअघि निर्वाचित भएर सत्तामा पुनरागमन गर्नुभएका महाथिरले चीन भ्रमणमा जानुअघि यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
महाथिरले भने, “म चीनसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्न चाहन्छु र चीनको लगानीलाई पनि स्वागत गर्दछु, तर यस्ता परियोजना मलेसियाका निम्ति हितकर हुनु पर्दछ ।”
पूर्व प्रधानमन्त्री नजिब रजाकले सम्झौता गरेको चिनीया लगानीको ऊर्जा पाइपलाइन र एउटा रेल परियोजनामाथि महाथिर मोहमदले विशेष ध्यान दिएका छन् । “मेरो विचारमा यी दुई परियोजना मलेसियाका लागि त्यति आवश्यक छैनन् । ती परियोजना उपयुक्त पनि होइनन् । त्यसर्थ हामीले सकेसम्म ती दुवै परियोजना रोक्नेछौं ।”
नजिबले मलेसियालाई चीनको निकटमा राखेका थिए । चीनले मलेसियालाई पनि चीनको महत्वाकाँक्षी “वान बेल्ट वान रोड” (ओबीओआर) को साझेदार मुलुकका रुपमा महत्व दिँदै आएको छ । नजिबले ६८८ किमी लामो पूर्वी तटीय रेल निर्माण गर्न तथा दुई वटा ग्यास पाइपलाइन बिछ्याउन सन् २०१६ मा सम्झौता गरेका थिए ।
चीनको राज्य नियन्त्रित कम्पनीले निर्माण गरिरहेका यी दुवै परियोजनाका कामहरु मलेसियाको नयाँ सरकारले रोकेको छ । परियोजनाको ठूलो लगानीमा कमी ल्याएको छ । यी दुबै परियोजनाको कूल लागत करिब २२ अर्ब अमेरिकी डलर हुने अनुमान गरिएको थियो । उक्त लागतमध्ये केही रकम मलेसियाले भुक्तानी गरिसकेको छ र यसलाई उठाउन मुस्किल छ ।
यदि सम्पूर्ण परियोजना खारेज गर्न नसकिए पनि मलेसियाले लामो अवधिसम्म रोकेर राख्न सक्नेछ, र “आवश्यकता परेपछि मात्र अघि बढ्नेछ,” महाथिरले भने ।
महाथिरले दक्षिण चीन सागरमा मलेसियाली जहाजलाई निर्वाध रुपमा हिँडडूल गर्न दिनुपर्ने पनि बताए । यी क्षेत्रमा चीन र दक्षिण पूर्वी एसियाका धेरैवटा देशले दाबी गरिरहेका छन् । यस सागर क्षेत्रमा माछा मार्ने र खनिज तेलको ठूलो भण्डार रहेको छ ।
चीनले सागरको अधिकांश हिस्सा आफ्नो रहेको दाबी गरिरहेको छ र यहाँ चीनले स–साना मानव निर्मित टापुहरु निर्माण गरेको छ जहाँ हवाई मैदान, ह्यान्गर, राडार र क्षेप्यास्त्र स्टेशनहरु तैनाथ गरिएको छ । यहाँ अमेरिकाले समेत नियमित रुपमा अरु लडाकू युद्धपोत र हवाईजहाज पठाउने गरेको छ । चिनीया जहाजहरुले पनि यहाँ निगरानी तिब्र बनाइआएका छन् ।
प्रधानमन्त्री महाथिरले म्यान्मारले रोहिङ्ग्या समुदायमाथि गरेको अमानवीय व्यवहारको कटु आलोचना गरे । “उनीहरुले जे गरिरहेका छन् त्यो बिल्कुलै अक्षम्य हो । त्यहाँ मानिसहरुको खुलेआम हत्या भइरहेको छ, र त्यो एउटा सभ्य मुलुकले गर्न सुहाउने काम होइन,” उनले भने ।
मुस्लिम मलेसियाले विगतमा रोहिङ्ग्या समुदायको पक्षमा जोडदार आवाज उठाएको छ । गत वर्ष लाखौं रोहिङ्ग्या समुदाय म्यान्मारको दमनबाट बच्न भागेर बंगलादेश प्रवेश गरेका थिए । मलेसियाको सरकारले रोहिङ्ग्या समुदायको विस्थापन म्यान्मारको मात्र विषय नरहेको जनाइसकेको छ ।
महाथिरले भने, “म्यान्मारकी नेतृ आङ सान सू कीले रोहिङ्ग्यामाथि भएको अत्याचार रोक्न नसकेकोमा म असाध्यै दुःखी भएको छु । रोहिङ्ग्या समुदायमाथि अत्याचार हुँदा उहाँ नै सरकारमा छन् । यो न्याय र मानवअधिकारको प्रश्न हो । तपाईंलाई जथाभावी यस्तो गर्ने छुट छैन ।”
अरु थप रोहिङ्ग्या शरणार्थी मलेसियाले स्वीकार्छ त भन्ने प्रश्नमा प्रधानमन्त्री महाथिरले यसअघि नै ठूलो संख्यामा कानुनी र कागजातविहीन विदेशी व्यक्तिहरु रहेकाले अहिल्यै भन्न नसकिने बताए ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











