हाम्रो समाजमा याैनकर्मि महिलाको दर्जा कुन हो ?
मान्छेको सामाजिक दर्जा के कुरामा निर्भर गर्छ होला ? सबै मानिस आआफ्नो दर्जामा खुशीका साथ जीवन जिउन सक्षम छन् ? यिनै कुराले मनमा कौतुहलता उत्पन्न गराएको छ । समाजमा सबल, सक्षम, प्रतिष्ठित, मध्यम, र निम्न गरेर बर्ग बिभाजन गरिएको हुन्छ, त्यसमा पनि एउटा यस्तो बर्ग हुन्छ जो आफ्नो मनले सोचेको आटेको आफ्नै सुरमा गर्छ तर यो इच्छा पुरा भने बिरलै हुन्छ ।
सामाजिक खाडलले मान्छेलाई इज्जत र बेइज्जत भन्ने एउटा नैतिक प्रश्नका साथै उसको ब्यक्तिगत मर्यादा दिएको हुन्छ र मानिस त्यही मर्यादालाइ शिरोधारण गरेर जीवन चलाउदा चलाउदै प्राण त्याग गर्छ र सधैका लागि अन्तिम श्वास फेर्छ ।
समाजमा बिख्यात राजनितीज्ञ देखि एउटा तल्लो स्तरको मानिसहरु आफ्नो सुरमा नाचिरहेका हुन्छन् । यसैमा हाम्रो पितृसत्तात्मक दिमागले महिलालाई हेर्ने दृष्टिकोण अलि भिन्न बनाएको छ, चाहे जति सुकै समाबेशी र महिला अधिकारका कुरा किन नगरियोस् ।
यिनै मध्येमा पनि एक यौनकर्मी महिलालाई हेर्ने दृष्टिकोणमा आकास जमिनको फरक छ, आखिर किन ? के उनीहरु यहि समाजका हिस्सा होइनन् र ? उनिहरुलाइ स्वतन्त्रता पुर्वक हिडडुल गर्न पाउने बोल्न पाउने अधिकार छैन त ?
पक्कै पनि छ संविधानमा यस्ता कुराको बारेमा लेखिन्छ बोलिन्छ र केही कतै कारबाही जस्तो पनि गरिन्छ र उनै महिलामाथी विभिन्न फिल्म, डकुमेन्ट्री लगाएतका खुराक बनाइन्छ अनि बनाउने हिरो पात्र सधै उहीँ पुरानो स्थितिमा किनकी हाम्रो समाज हामिले अभ्यास गरेका काम र हाम्रो सोछ नै यस्तै छ त कहिले हुन्छ परिवर्तन ?
बिश्वका चर्चित कथाहरु गरिबी, पछौटेपन, अल्पसंख्यक, महिला र अन्य बिचित्रका कुराहरुमा बन्ने गर्छन् ।
कुनै अन्तराष्ट्रिय या राष्ट्रिय परिवेश किन नहुन अहिले समाजमा धेरै बिक्ने चिज के होला ? सहजै अनुमान लगाउन सकिन्छ यिनै कुरा हुन धर्म, गरिबी, पछौटेपन, अल्पसंख्यक, अल्पबिकसित मुलुकका कुरा, मनोरञ्जन लगाएतका कुरा । अझ यो भन्दा धेरै बिक्ने भनेको सेक्स सम्बन्धित कुरा जुन माथिल्लो बर्गको होस या तल्लो बर्गको ।
मानिस न खुलेर कुरा गर्छ न यो कुरालाई बैधानिक ढगले वकालत गर्न नै सक्छ त केवल मनमा गुम्स्याएर । यहि कारण समाजमा विभिन्न घटना दुर्घटना हुने गर्छन् । जबसम्म हामीले हाम्रो समाजलाई सामाजिक खाडलबाट बाहिर निकालेर समानताको प्रत्याभुती गराउन सक्दैनौ तवसम्म यो कुरा भै नै रहन्छ । न रोकेर रोकिन्छ न छेकेर छेकिन्छ ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











