प्रेममा ‘पागलपन’ रातारात प्रेमिकाको नाममा लगाइदिए तीन सय होर्डिङबोर्ड
बीबीसी- भारतको महाराष्ट्र पुणे नजिकै पिंपरी–चिंचवाडका एक युवकको निकै चर्चा भइरहेको छ । उनी आफ्नी प्रेमिकासँग यसरी माफी मागिरहेका छन् कि शहरका मानिसहरु जिल खाएका छन् ।
निलेश खेडेकरले आफ्नी प्रेमिकासँग माफी माग्नका लागि पिम्पले सौदागर, वाकड र रहतानीमा तीन सयवटा होर्डिङ बोर्ड लगाएका छन् । यसबारे मिडियामा जानकारी दिएपछि शहरमा अत्यधिक चर्चा भएको हो । यद्यपी, मनोवैज्ञानिकका अनुसार यो मानसिक गडबडी हो ।
विशेषज्ञका अनुसार यो मानिसहरुको ध्यान आकर्षित गर्नका लागि गरिएको हो । यसबारे सोसल मिडियामा समेत चर्चा भइरहेको छ । स्थानीय पुलिसका अनुसार प्रशासनले यसलाई गम्भीरतापूर्वक लिएको छ र यसको अनुसन्धान सुरु गरिएको छ ।
यसबारे अनुसन्धान गरिरहेको पुलिस इन्स्पेक्टर सतिश मानेले भने, ‘मराठी पत्रिका पधारीमा पहिलो पटक यसबारे समाचार प्रकाशित भयो । होर्डिङमा लेखिएको थियो, ‘शिभ्दे, मलाई माफ गर । म त्यस दिन छुट्टीमा थिएँ तब मैले अनुसन्धानको आदेश दिएँ । होर्डिङ बोर्ड कसले लगायो, ती व्यक्तिको खोजी गरियो । होर्डिङ बोर्डबाट ती व्यक्तिको नाम थाहा पाउन मुश्किल थियो । ’
सतिश माने भन्छन्, ‘हामीले सबै पसल र प्रेस प्रिन्टिङमा यसबारे सोधपुछ गर्यौं । यसै क्रममा आदित्य शिन्देले उक्त पोष्टर बनाएको भन्ने पत्ता लाग्यो, उनीमार्फत नै हामी निलेशसम्म पुग्यौं । उनकी प्रेमिका वाकड पुलिस स्टेशनको इलाकामा बस्छिन् । निलेशले आफ्नी प्रेमिकालाई मनाउनका लागि उक्त होर्डिङ बोर्ड लगाएको स्विकार गरे ।’
२५ वर्षका निलेश खेडकरले विभिन्न आकारका तीन सय होर्डिङ आफ्ना साथी आदित्य शिन्देको मद्दतले बनाएका थिए । गत शुक्रबार उनले होर्डिङ बोर्ड बनाए र पूरा इलाकामा विभिन्न स्थानमा लगाइदिए ।
सतिश माने भन्छन्, ‘मैले सबै सूचना नगरवालिकालाई दिएका छौं । अब नगरपालिकाको निर्देशनमा अर्को कदम उठाइनेछ ।’
को हुन् निलेश खेडकर ?
२५ वर्षका निलेश खेडकर एक सानोतिनो व्यवसाय गर्छन् र एमबीएको पढाई गरिरहेका छन् ।
यसबारे निलेश भन्छन्, ‘यो मामला अब अदालतमा विचाराधीन छ । त्यसकारण यसबारे कुनै पनि टिप्पणी गर्न सजिलो छैन । कानूनी प्रक्रिया पूरा भएपछि मात्र यसबारे कुरा गर्नेछु ।’
मनोवैज्ञानिक समस्या ?
आखिर निलेशले यस्तो किन गरे ? उनको मानसिक स्थिती कस्तो थियो ? बीबीसीले मनोवैज्ञानिक डा. रोजन्द्र बारवेसँग यसबारे प्रश्न सोध्दा उनले भने, ‘यो एक प्रकारको मानसिक गडबडी हो । आजका युवा वर्ग आफूले सोचेभन्दा भिन्न प्रतिक्रिया मन पराउँदैनौं । जुन उनीहरुलाई मनपरेको छ र हाँसिल नहुने छाँटकाँट देख्छन् भने यस्तै प्रतिक्रिया गर्छन् । ’
डा. बारवेका अनुसार आजका युवामाथि फिल्मको असर केही धेरै नै पर्छ । उनले भने, ‘युवालाई लाग्छ कि फिल्मी अन्दाजमा सबै कुरा गर्न सकिन्छ । उनीहरुलाई थाहा हुँदैन कि यसको असर के हुनेछ ।’
Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












