गृहमन्त्री बादलको आदेशमा एयरपोर्टबाटै किन फर्काइए पूर्वमाआेवादी लडाकु, कारण यस्तो छ !
काठमाडाैं ८, भदाै । युद्धमा वाल सेनाको प्रयोगबारे बैंककमा हुन गइरहेको कार्यक्रममा सहभागी हुन हिँडेका एक पूर्वमाओवादी लडाकुलाई गृह मन्त्रालयको आदेशमा अध्यागमन विभागले एयरपोर्ट मै रोकेको छ ।
शुक्रबार ९:५० को आरए ४०१ फ्लाइटमा बैंकक जान लागेका काभ्रेका युवा लेनिन विष्टलाई विभागले रोकेको हो ।
पूर्व माआेवादी लाडाकु समेत रहेका बिष्टलाई अध्यागम विभागले सेमि ब्लाकलिस्टेड भएको भन्दै विदेश जाना रोक लगाएको हो ।
विष्टका अनुसार उनी बिहान ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। उनलाई विमानस्थलका कर्मचारिले ‘डिपार्टेट’ अर्थात नेपालबाट वाहिर गइसकेको भनेर छाप लगाएर पठाइसकेको थियो । उनी केहि पाइलाअगाडी बढ्न नपाउदै एकजना कर्मचारिले पर्खनुहोस् भन्दै उनलाई रोकेर अलमलमा पारेर रोक्दै झण्डै एक घण्टा पछि रद्ध भएको भनेर उनको पासपोर्टमा छाप लगाइएको हो । त्यसपछि पासपोर्ट खोसेर विष्टको प्रस्थान रोकियो ।
आखिर उनलाई यसरी किन रोकियो ? गृहमन्त्रालयले जे गर्दा पनि हुन्छ ? कहिले देखि लागु भयो कुनै कार्यक्रमका लागि विदेश जाँदा सरकारको अनुमति लिने प्रक्रिया ? यो सवै नागरिकमाथि सरकारको नियन्त्रण हो ।
सरकारले नागरिकमाथि निगरानी गर्नु स्वभाविक हो तर, मानिसको अधिकारलाई कब्जा गरेर यस्तो किसिमको चरित्र देखाउनु भने पक्कै लोकतन्त्रका लागि स्वभनिय कुरा होइन ।
विष्टलाई जस्ते संस्कृत विश्वविद्यालयका प्रोफेसरलाई समेत यसरी नै अपहरणको शैलीमा एयरपोर्टबाट ल्याइएको थियो । सरकारले यस्ता किसिमका कुराहरुमा होस गुमाउदा उसको सामाजिक चरित्र मात्र नभई लोकतन्त्रमाथिको इमान्दारिता समेत देखिन थालेको छ ।
विष्टले आफूलाई रोकिनुको बारेमा लिखित जवाफ माग्दा आलटाले जवाफ दिएर उनलाई मात्र नभइ सिंगो मुलुकका नागरिकको अधिकार खुम्चिन लागेको भान भएको अधिकारकर्मीहरुले जनाएका छन् । विष्टले यसवारे सर्वोच्च अदालत र मानवअधिकार आयोगमा उजुरी दिने बताए पनि उनमाथी भको सरकारको ज्यादतिलाई कुन आधारमा क्षम्य मान्न सकिएला ? यो गम्भिर प्रश्न हो ।
लेनिनलाई ‘युथ इन कन्फ्लिट : हेलिङ एन्ड पिस-विल्डिङ थ्रो सोसिएल इङ्गेजमेन्ट’ विषयक कार्यक्रममा भाग लिन जुलाई २७ मा निमन्त्रणा आएको थियो। बैंककस्थित ‘एसिएन रिसोर्स फाउन्डेसन’ले भिसा र खाने बस्ने व्यवस्थासहित आमन्त्रण गरेपछि नेपालबाट लेनिन र अर्का एक जना सो कार्यक्रममा भाग लिन हिँडेका थिए ।
गृहमन्त्रालयले किन रोक्यो उनलाई ?
गृहमन्त्रालयको ठाडो आदेशमा रोकिएका विष्ट युद्धमा बालबालिकाको प्रयोग नहोस भनेर अभियान चलाइरहेका एक सामाजिक अभियान्ता हुन् । तर, १० वर्षे माआेवादी युद्धमा संलग्न उनी आफै यसरी अभियानमा जुटेको देख्दा पूर्व माआेवादी नेताहरुलाई मन नपरेको हो । नेतृत्व तहमा रहेका नेताहरु अहिले युद्ध भुलेर बस्न चाहन्छन् । यो अर्थमा की उनीहरु आफ्नो कर्तु कतै सार्वजनिक नहोस र हन्तराष्ट्रिय समुदायमा आफ्नो छवी नधुमलियोस ।
यति मात्रै नभएर गृहमन्त्री बादल माआेवादी युद्धका योजनाकार मध्येका एक हुन् । सेनिक तालिम दिने देखि हतियार व्यवस्थापनमा लागेका उनी विदेशमा हुने कार्यक्रमले वालसेनाका बारेमा नेपालका तर्फबाट कुनै पूर्व जनमुक्ति सेनाको मान्छेले बोल्दा त्यसको असर कहि कतै आफूसंग जोडिने डर, भयले उनको मनमा ढ्याङ्ग्रो ठोकिएको हो ।
तर, मन्त्री बादलले यो सम्झेनन् की यहि युद्धले आफूलाई आज यो स्थानमा ल्याएको हो भन्ने कुरा । तिनै युवा हुन जो ज्यानको बाजी राखेर लडे । तिनै युवा हुन् जो आदेशको पलानका साथै अधिकार माग्नु पर्छ भन्ने चेतनाको विकासमा सरिक भए ।
आखिर जे भएपनि बादलले जे गरे त्यो गलत गरे ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
डिम्ब प्रकरणमा सर्वोच्चः महान्यायधिवक्ताको कार्यालयविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं। गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको अभियोगमा अनुसन्धानको दायरामा आएको होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको...
-
प्रधानमन्त्री कार्कीले सरकारी जग्गा मिचेको आरोपमा अदालतकै कर्मचारीको आक्रोश, न्याय र कार्यपालिकामाथि गम्भीर धक्का
काठमाडाैं । पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारी जग्गा हडपेको विषयमा जिल्ला अदालत ललितपुरका कर्मचारी हरि भट्टराईले आलोचना गरेका...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
नेपालटारबाट सुन र नगदसहित सामान लुटपाटको आरोपमा चार जना पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको...












