गृहमन्त्री बादलको आदेशमा एयरपोर्टबाटै किन फर्काइए पूर्वमाआेवादी लडाकु, कारण यस्तो छ !
काठमाडाैं ८, भदाै । युद्धमा वाल सेनाको प्रयोगबारे बैंककमा हुन गइरहेको कार्यक्रममा सहभागी हुन हिँडेका एक पूर्वमाओवादी लडाकुलाई गृह मन्त्रालयको आदेशमा अध्यागमन विभागले एयरपोर्ट मै रोकेको छ ।
शुक्रबार ९:५० को आरए ४०१ फ्लाइटमा बैंकक जान लागेका काभ्रेका युवा लेनिन विष्टलाई विभागले रोकेको हो ।
पूर्व माआेवादी लाडाकु समेत रहेका बिष्टलाई अध्यागम विभागले सेमि ब्लाकलिस्टेड भएको भन्दै विदेश जाना रोक लगाएको हो ।
विष्टका अनुसार उनी बिहान ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। उनलाई विमानस्थलका कर्मचारिले ‘डिपार्टेट’ अर्थात नेपालबाट वाहिर गइसकेको भनेर छाप लगाएर पठाइसकेको थियो । उनी केहि पाइलाअगाडी बढ्न नपाउदै एकजना कर्मचारिले पर्खनुहोस् भन्दै उनलाई रोकेर अलमलमा पारेर रोक्दै झण्डै एक घण्टा पछि रद्ध भएको भनेर उनको पासपोर्टमा छाप लगाइएको हो । त्यसपछि पासपोर्ट खोसेर विष्टको प्रस्थान रोकियो ।
आखिर उनलाई यसरी किन रोकियो ? गृहमन्त्रालयले जे गर्दा पनि हुन्छ ? कहिले देखि लागु भयो कुनै कार्यक्रमका लागि विदेश जाँदा सरकारको अनुमति लिने प्रक्रिया ? यो सवै नागरिकमाथि सरकारको नियन्त्रण हो ।
सरकारले नागरिकमाथि निगरानी गर्नु स्वभाविक हो तर, मानिसको अधिकारलाई कब्जा गरेर यस्तो किसिमको चरित्र देखाउनु भने पक्कै लोकतन्त्रका लागि स्वभनिय कुरा होइन ।
विष्टलाई जस्ते संस्कृत विश्वविद्यालयका प्रोफेसरलाई समेत यसरी नै अपहरणको शैलीमा एयरपोर्टबाट ल्याइएको थियो । सरकारले यस्ता किसिमका कुराहरुमा होस गुमाउदा उसको सामाजिक चरित्र मात्र नभई लोकतन्त्रमाथिको इमान्दारिता समेत देखिन थालेको छ ।
विष्टले आफूलाई रोकिनुको बारेमा लिखित जवाफ माग्दा आलटाले जवाफ दिएर उनलाई मात्र नभइ सिंगो मुलुकका नागरिकको अधिकार खुम्चिन लागेको भान भएको अधिकारकर्मीहरुले जनाएका छन् । विष्टले यसवारे सर्वोच्च अदालत र मानवअधिकार आयोगमा उजुरी दिने बताए पनि उनमाथी भको सरकारको ज्यादतिलाई कुन आधारमा क्षम्य मान्न सकिएला ? यो गम्भिर प्रश्न हो ।
लेनिनलाई ‘युथ इन कन्फ्लिट : हेलिङ एन्ड पिस-विल्डिङ थ्रो सोसिएल इङ्गेजमेन्ट’ विषयक कार्यक्रममा भाग लिन जुलाई २७ मा निमन्त्रणा आएको थियो। बैंककस्थित ‘एसिएन रिसोर्स फाउन्डेसन’ले भिसा र खाने बस्ने व्यवस्थासहित आमन्त्रण गरेपछि नेपालबाट लेनिन र अर्का एक जना सो कार्यक्रममा भाग लिन हिँडेका थिए ।
गृहमन्त्रालयले किन रोक्यो उनलाई ?
गृहमन्त्रालयको ठाडो आदेशमा रोकिएका विष्ट युद्धमा बालबालिकाको प्रयोग नहोस भनेर अभियान चलाइरहेका एक सामाजिक अभियान्ता हुन् । तर, १० वर्षे माआेवादी युद्धमा संलग्न उनी आफै यसरी अभियानमा जुटेको देख्दा पूर्व माआेवादी नेताहरुलाई मन नपरेको हो । नेतृत्व तहमा रहेका नेताहरु अहिले युद्ध भुलेर बस्न चाहन्छन् । यो अर्थमा की उनीहरु आफ्नो कर्तु कतै सार्वजनिक नहोस र हन्तराष्ट्रिय समुदायमा आफ्नो छवी नधुमलियोस ।
यति मात्रै नभएर गृहमन्त्री बादल माआेवादी युद्धका योजनाकार मध्येका एक हुन् । सेनिक तालिम दिने देखि हतियार व्यवस्थापनमा लागेका उनी विदेशमा हुने कार्यक्रमले वालसेनाका बारेमा नेपालका तर्फबाट कुनै पूर्व जनमुक्ति सेनाको मान्छेले बोल्दा त्यसको असर कहि कतै आफूसंग जोडिने डर, भयले उनको मनमा ढ्याङ्ग्रो ठोकिएको हो ।
तर, मन्त्री बादलले यो सम्झेनन् की यहि युद्धले आफूलाई आज यो स्थानमा ल्याएको हो भन्ने कुरा । तिनै युवा हुन जो ज्यानको बाजी राखेर लडे । तिनै युवा हुन् जो आदेशको पलानका साथै अधिकार माग्नु पर्छ भन्ने चेतनाको विकासमा सरिक भए ।
आखिर जे भएपनि बादलले जे गरे त्यो गलत गरे ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











