कविताः “तिम्रो र मेरो कहानी”
कविताः “तिम्रो र मेरो कहानी”
*********************
साउन महिनामा कहिले लाग्ने ढप्प बादल त
कहिले छर्लङ्ग खुल्ने आकाशजस्तो
कोर्नु छ तिम्रो र मेरो ब्लक अनब्लक कहानी ।
पानी परेपछिको आकश जस्तै मन खुलेको दिन आउँछ तिम्रो याद
त्यतिबेला ब्लक गरेको तिम्रो फेसबुक खोतल्दाको मजा नै बेग्लै
मनै त हो केही सन्देश पठाउन मन लाग्छ
फुत्त औंलाबाट चिप्लिन्छ पनि,
अनि सुरु हुन्छ कहानी अनब्लकको
नोटिफिकेसनको घण्टी बज्छ तिम्रो फोनमा
कठै !
कतै ब्यस्त तिम्रो समयमा बेकामको सन्देश देख्दा
च्वास्स घोच्दो हो तिमीलाई तब त फ्याट्ट गरिहाल्छौ ब्लक
अनि सुरु हुन्छ कहानी ब्लकको ।
साउन महिनामा कहिले लाग्ने ढप्प बादल त
कहिले छर्लङ्ग खुल्ने आकाशजस्तो
कोर्नु छ तिम्रो र मेरो ब्लक अनब्लक कहानी ।
तिम्रो पनि सम्झनामा आउँछु रे म,
कारण चाहिँ थाहा छैन रामजाने
फोन गर्न मन लाग्छ रे
त्यसपछि अनब्लक गर्छौ रे मेरो नम्बर
अनि सुरु हुन्छ कहानी अनब्लकको,
फोनमा गफिने लहर चल्छ
घन्टौंको कुराकानीपछि झल्याँस्स याद आउँछ मलाई
म त ब्लक लिस्टमा परेको मान्छे
अनि फ्याट्ट ब्लक गरिदिन्छु उनको नम्बर
अनि सुरु हुन्छ कहानी ब्लकको ।
साउन महिनामा कहिले लाग्ने ढप्प बादल त
कहिले छर्लङ्ग खुल्ने आकाशजस्तो
कोर्नु छ तिम्रो र मेरो ब्लक अनब्लक कहानी ।
यही रीतले ब्लक र अनब्लकको सिलसिला चली नै रहनेछ
बानी बसालिसकेका छौं
फोन, भाइबर, व्हाट्जयाप, मेसेन्जरको ब्लक अनब्लकको बटमसँग खेल्ने
अब त यति हेर्न बाँकी छ
जिन्दगीले तिमी र मलाई कुन सूचीमा पार्ने ?
साउन महिनामा कहिले लाग्ने ढप्प बादल त
कहिले छर्लङ्ग खुल्ने आकाशजस्तो
कोर्नु छ तिम्रो र मेरो ब्लक अनब्लक कहानी ।
– सरस्वती अधिकारी
(रङगकर्मी सरस्वती अधिकारी साहित्य र सङगितमा पनि उत्तिकै रुचि राख्छिन् ।)
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











