फ्लोरिडाको गोली चल्यो, ३ जनाको मृत्यु
काठमाडाैं ११, भदाै । अमेरिकाको फ्लोरिडामा बन्दुधकारीले अन्धाधुन्ध गोली चलाउँदा दुई जनाको ज्यान गएको छ । ११ जना घाइते भएका छन् ।
फ्लोरिडास्थित ज्याकसोनभिल्लाको मनोरञ्जन कम्प्लेक्समा भिडियो गेम चलिरहेका बेला गोली चलेको हो । ज्याकसोनभिल्ला फ्लोरिडाको ठूलो किनमेल, मनोरञ्जन तथा डाइनिङ कम्प्लेक्स हो ।
गोली हान्ने व्यक्ति डेभिड काट्ज नामका २४ वर्षीय युवक भएको खुलेको छ । बीबीसीका अनुसार बाल्टिमोरका उनले गोलाबारीपछि आफैंलाई गोली हानेर आत्महत्या गरेका छन् ।
गेममा हार व्यहोरेपछि युवकले गोली चलाएको खबर स्थानीय सञ्चारमाध्यमहरुले प्रकाशमा ल्याए पनि प्रहरीले भने इन्कार गरेको छ ।
घटनामा उनीबाहेक अरुको संलग्नता नरहेको बताइएको छ । प्रहरीका अनुसार, डेभिडले एक मात्रै हाते बन्दुकको साहरामा अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।
पछिल्ला वर्षहरुमा फ्लोरिडामा अत्यधिक मास सुटिङका घटना हुँदै आएका छन् । सन् २०१६ मा ओर्लान्डोको पल्स नाइट क्लबमा भएको गोलाबारीमा ४९ जनाको ज्यान गएको थियो । गत फेब्रुअरीमा मात्रै पार्कल्यान्डको दी म्याजेरी स्टोनम्यान गुडल्स स्कुलमा चलेको गोलीमा १७ जनाको मृत्यु भएको थियो
Comments
अरु समाचार
-
आपराधिक घटना बढेको बढ्यै, दैनिक १६२ मुद्दा दर्ता
काठमाडौँ: नेपाल प्रहरीको तथ्याङ्कले आपराधिक घटना न्यूनीकरण हुन नसकेको देखाएको छ । हालै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता/सूचना अधिकारी तोकिनुभएका प्रहरी...
-
सशस्त्र प्रहरीद्वारा पर्साबाट भन्सार छलीका कपडा बरामद
काठमाडौं । पर्साको वीरगञ्ज महानगपालिका–६ लाटगल्लीबाट सशस्त्र प्रहरी बलले रू ३० लाख बराबरको कपडा बरामद गरेको छ । विशेष सूचनाका...
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित तीन जना पक्राउ
काठमाडौं । रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट १ सय ५० ग्राम सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । १...
-
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । सहकारी ठगी आरोपमा प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई थप ४ दिन म्याद थप भएको छ। कास्की...
-
होटलमा एक जना मृत फेला
काठमाडौं । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित कानेपोखरी बजारमा रहेको वान्तवा होटलमा एक जना पुरुष शुक्रबार बिहान मृत...
-
प्रहरीद्वारा ६ सय किलो गाँजा बरामद
काठमाडौं । प्रहरीले सुनसरीको धरानबाट मङ्गलबार राति ६ सय किलो गाँजा बरामद गरेको छ । धरान उपमहानगरपालिका–१३ शिवधाराबाट प्रहरीले उक्त...
-
शौचालयमा लडेर युवकको मृत्यु
काठमाडौं । शौचालयमा लडेर हेटौँडा उपमहानगरपालिका–६ कल्याणटार निवासी २८ वर्षीय उद्धव राईको आज बिहान मृत्यु भएको छ । लडेर बेहोस...
-
एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा ‘बेटिङ’ गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट खेल...
-
बयानका लागि रविलाई काठमाडौँबाट चितवन लगियो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि चितवन लगिएको छ । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम...