राशी अनुसार भाग्यरेखा,आजको राशीफल
आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुपर्ला। आफ्नै बेहोसीले नोक्सान पुर्याउन सक्छ। घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने देखिन्छ। तापनि विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपरे पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। बुद्धिको उपयोगले फाइदा उठाउन सकिनेछ।
लाभको अवसर मिले पनि तत्काल फाइदा लिँदा भविष्यको नाफा गुम्न सक्छ। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। विश्वासपात्रले अन्त्यमा धोका दिन सक्छन्। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दु:ख पाइनेछ। पछि फाइदा हुने काम भने प्रारम्भ गर्न सकिनेछ।
कामको सन्दर्भमा साझेदार व्यक्तिहरूसँग मतभेद देखापर्न सक्छ। तापनि दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। विशेष भेटघाटले अवसर पनि दिलाउनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। अवसरका लागि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। महँगा र विलासी साधन जोड्ने समय छ।
विभिन्न अवसर प्राप्त हुनेछन् भने भाग्यले नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। सामाजिक दायित्व बढ्नेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन ल्याउन सफल भइनेछ।
पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। गोपनीयता बाहिरिनाले पनि केही समस्या आइपर्ला। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ। पछिको फाइदाका लागि केही त्याग वा लगानी गर्नुपर्नेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला।
दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायमा मनग्गे आम्दानी हुनेछ। तर बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। घरायसी आवश्यकता बढ्नाले अर्थसञ्चितिमा बाधा पर्न सक्छ।
विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरू सजिलै पछि पर्नेछन्। पुरुषार्थले समाजमा स्थापित गराउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। तर गोपनीयता बाहिरिनाले अरूका लागि बुद्धि खर्चनुपर्नेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ।
समयले साथ दिनेछ भने प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्।
आज विशेष वस्तु घरमा भित्र्याउने समय छ, जसले परिवारमा खुसी र उत्साह ल्याउनेछ। केही असमझदारी देखिए पनि टाढिएका आफन्तहरू नजिकिनेछन्। केही कामको प्रक्रिया दोहोर्याउनुपरे पनि अन्तत: आफैंलाई फाइदा हुनेछ। भौतिक साधन जुट्नाले जीवनशैलीमा पनि परिवर्तन आउनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ।
नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। व्यवसायमा मनग्गे धनलाभ हुनेछ। प्रतिस्पर्धीहरूले लगानी बढाउनुपर्ने परिस्थिति निम्त्याउन सक्छन्।
केही विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेत गर्दा फाइदै हुनेछ। बोलीको प्रभावले काम सम्पादन गर्ने समय छ। लेखन तथा अभिव्यक्ति कलामा पनि निखारता आउनेछ। तर परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। नियमित काम सम्पादन हुनेछन्। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला।
मिहिनेत गर्दा लक्ष्यमा पुगिनेछ। रोकिएका काम सम्पादन हुनेछन्। विशेष जिम्मेवारी प्राप्त हुनेछ। सानो प्रयत्नले धेरैको भलाइ गर्न सक्छ। भेटघाटले काम गर्ने अवसर दिलाउनेछ। समाजमा तारिफयोग्य काम गर्दै राम्रो उपलब्धि हातपार्न सकिनेछ। आफ्नो सूचना बाहिरिन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला। शंका गर्ने बानीले काममा पछि परिनेछ।Comments
अरु समाचार
-
नेपालकी आश्माले भारतमा समेत कमाइरहेकी छन् चर्चा !
काठमाडौं । नेपालकी चर्चित मोडल तथा टिकटकर आश्मा विश्वकर्मा हाल नेपालमा मात्रै नभएर भारतमा पनि चर्चाको शिखरमा छिन् । सामाजिक...
-
विजय देवरकोन्डा चढेको कार दुर्घटना, टाउकोमा चोट
काठमाडौंं । दक्षिण भारतका चर्चित अभिनेता विजय देवरकोन्डा चढेको कार दुर्घटनामा परेको छ । सोमबार साँझ हैदराबाद–बैंगलोर राजमार्गमा सो कार...
-
जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा...
-
‘बेक्रअप’को पीडा केटालाई बढी हुने गरेको निष्कर्ष, ‘मुभअन र ब्याकअप’मा केटी अगाडि
काठमाडौं । ‘ब्रेकअपपछि मुभअन’ हुने मामिलामा केटाभन्दा केटीलाई सहज हुने गरेको पाइएको छ । नयाँ अन्तर्राष्ट्रिय अध्ययनले ब्रेकअपपछि पुरुषहरू महिलाभन्दा...
-
चोलेन्द्र श्रीमानको नियतिबाट केहि सिक्ने कि ?
काठमाडाैं । मैमत्त बन्दै न्यायपालिकाको नेतृत्वमा पुगेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाैद्धमा लखर-लखर हिड्दै गरेका भेटिने गरेका छन् । पेन्सनपट्टा...
-
नयाँ तीज गीत ‘आयो है तीजको लहर’ सार्वजनिक
काठमाडाैं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा...
-
आयुष र एलिजेले अदालतमा कसे लगन गाँठो
काठमाडौं । सामाजिक सञ्जाल टिकटकका चर्चित टिकटकर जोडी आयुष सिंह ठकुरी र एलिजे जमालीले विवाह गरेका छन्। सोमबार काठमाडौं जिल्ला...
-
दुर्गेशको गीतको चर्चा….
काठमाडौं । युवापुस्तामा लोकपृय गायक तथा मोडल दुर्गेश थापाले गीत ‘जाने भए जाम माया’ले नयाँ रेकर्ड बनाउँन सफल भएको छ...
-
के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
काठमाडाैं । 'न्यायाधीश घुस खान्छन्, हामी वकिलहरू पनि घुस् खुवाउँछौँ' भन्ने अभिव्यक्ति दिएर विगतमा आलोचित बनेका वरिष्ठ अधिवक्ता शम्भु थापा...












