ज्योतिष बिज्ञानका अनुसार तपाँईको भाग्यरेखा , आजको राशीफल
वि.सं. २०७५ साल भदौ १५ गते। शुक्रबार। इश्वी सन् २०१८ अगस्ट ३१ तारिख। नेपाल संवत् ११३८ गुँलागा। भाद्र कृष्णपक्ष। तिथि– पञ्चमी, १९:१९ बजेउप्रान्त षष्ठी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesपरिस्थितिवश आँटेको काम रोकिन सक्छ। खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। विशेष अवसरका साथ केही चुनौती पनि देखा पर्नेछन्। तर प्रयत्न गर्दा भैपरी आउने समस्या समाधान हुनेछन्। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ। (नेपाली पात्रो)
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusभैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। परिवारजनबाट टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। तापनि, समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। चुनौती पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। (नेपाली पात्रो)
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiमिहिनेतले आम्दानी बढाउनेछ। दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ। तर आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। प्रतिफल हातपार्न केही संघर्ष गर्नुपर्ला। जिम्मेवारी बढिरहनेछन् तर महत्त्वपूर्ण काम बीचमा रोकिनाले मन खिन्न हुनेछ। आकस्मिक खर्च बढ्नाले कर्जा लिनुपर्ने हुन सक्छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerआँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। तापनि प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoधर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त रहे पनि गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। श्रम परे पनि तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ। तर आलस्य गर्ने बानीले उपलब्धि गुम्ने सम्भावना देखिन्छ, सजग रहनुहोला। बुद्धिको उपयोगले मात्र लक्ष्य प्राप्त हुनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoसानातिना काममा अल्झनुपरे पनि बुद्धिको उपयोगले समस्या सुल्झाउन सफल भइनेछ। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। दिगो फाइदा हुने योजना बन्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। शुभचिन्तकहरूको साथले कर्मयोग बलियो रहनेछ। तर अरूको विश्वासमा पर्दा काम अधुरो रहन सक्छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraघुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। काममा साथीभाइको सहयोग जुट्नाले उत्साह मिल्नेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioकेही चुनौती देखिए पनि प्रतीक्षित नतिजाले उत्साह बढाउनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काम थालनी हुनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusपरिस्थितिवश चिताएको काम सम्पादनमा विलम्ब हुनेछ। कामको मेसो नमिल्दा पनि अलमल हुनेछ। तापनि गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। व्यावहारिक अलमलले बाधा पुर्याए पनि लगनशीलताले सफलता दिलाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। व्यापारमा फाइदा र पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornतत्कालको सामान्य फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा बोल्ने बानीले दु:ख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। साझेदारीका समस्या सुल्झनाले सम्झौता हुन सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusनयाँ काममा हात हाल्ने समय छ। केही संघर्ष गर्नुपरे पनि बिस्तारै फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा मनग्गे लाभ हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। सहयोगीहरूले हात झिक्नाले केही समस्या भने बढ्न सक्छ। प्रतिस्पर्धीहरूले अलि दु:ख देलान्। काममा सहयोगको आशा देखाउनेहरूबाट धोका पाइने सम्भावना देखिन्छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesधेरै बोल्दा समस्या आउन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्नेछ। अरूको भरपर्दा काम बिग्रन सक्छ। हिसाबकिताबमा विवाद आउन सक्छ। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। मिहिनेत गर्दा बिस्तारै काम बन्नेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला।
Comments
अरु समाचार
-
ग्राहकको मन जित्दै सोफा स्टोर काठमाडौं
काठमाडौं । सोफा स्टोर काठमाडौंले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरि घोषणा गरेको लक्की ड्र विजेताहरुको नाम सार्वजनिक गरेको...
-
‘गायन’मा जत्तिकै ‘एरेन्ज’मा पनि अब्बल सुशिल भट्टराई
काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिए सँगै गायक तथा एरेन्जर शुशिल भट्टराईको एरेन्जीङमा नयाँ देउसी गित सार्वजनिक भएको...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
आज घोडेजात्रा: जनविश्वास र रोचक किम्बदन्ती यस्तो
काठमाडौं । परम्परागत रुपमा प्रत्येक वर्षको चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा आज काठमाडौं उपत्यकामा मनाइँदैछ । घोडेजात्रा एउटा अत्यन्तै...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गाईघाट झरना र बराह ताल जोड्न पदमार्ग निर्माण
काठमाडौं । बागलुङका दुई पर्यटकीय क्षेत्रलाई जोड्न पदमार्ग निर्माण गर्न थालिएको छ । ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको...
-
भ्यालेन्टाइन्स डे–१४ फेब्रुअरीमा किन मनाईन्छ ?
काठमाडौं । १४ फेब्रुअरीलाई प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डेका रूपमा विश्वभर मनाइन्छ । यस दिन युगल जोडीले आफ्नो मनको कुरा...
-
नेपालगञ्ज-कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु(भिडियो सहित)
काठमाडौं । नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ । विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा...
-
एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री
काठमाडौं । स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे,...