५४ लाख ९६ हजारसहित , हुण्डी कारोबारी ६ जना पक्राउ
वीरगञ्ज १८,भदाै । ५४ लाख ९६ हजार रुपैयाँसहित पक्राउ परेका पाँच जना शंकास्पद हुण्डी कारोबारीलाई वीरगञ्ज प्रहरीले सोमबार बिहान सार्वजनिक गरेको छ । सार्वजनिक गरिएकामध्ये २ जना भारतीय नागरिक छन् ।
प्रहरीले पर्साको विन्दवासनी गाउँपालिका वडा नम्बर ५ प्रसौनीभाठा बस्ने पवन कुमार गुप्ता, वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ जेल रोड बस्ने अजय मानन्धर, पूर्वी चम्पारण जिल्ला मोतिहारी पञ्चायत चम्पापुर थाना रामगढवा मानाना बस्ने साविर मियाँ, मोतिहारी रक्सौल नगरपालिका वडा नम्बर ३ थाना रक्सौल बस्ने अशोक श्रीवास्तव र बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर १ खजानी बस्ने अजय कुमार जैसवाल रहेका छन् ।
विशेष सूचनाको आधारमा एकैपटक तीन स्थानमा छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । ‘अवैध वित्तीय कारोबार हुने गरेको विशेष सूचना आएको थियो, एकैपटक वीरगञ्जका तीन स्थानमा छापामारी गर्यौं,’ उनले भने, ‘कानुन बमोजिम खानतलासी गर्दा स्रोत नखुलेको अवैध रकमसहित उनीहरुलाई नियन्त्रणमा लिन सफल भयौं ।’
अनुसन्धानका लागि ८ जनालाई पक्रेको भएपनि अन्य तीन जना निर्दोष देखिएकाले छोडिएको दावी प्रहरीले गरेको छ ।
प्रहरीले दिएको जानकारीअनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ माईस्थान स्थत सुमित्रादेवी गुप्ताको घरमा पवन कुमारले र वीरगञ्ज महानगरपालिका वडानम्बर १० घडिअर्वापोखरीस्थित सोनालाल गुप्ताको घरमा अजय कुमारले घर भाडामा लिएर अवैध रुपमा अवैध वित्तीय कारोबार गर्दै आएका थिए । गुप्ता फिल्म हल र मनी चेन्जरका सञ्चालक समेत रहेको बुझिएको छ ।
प्रहरीले भने तत्काल हुण्डी कारोबारी हुन वा होइनन् एकिनसाथ भन्न सक्ने अवस्था नरहेको बताएको छ । ‘अहिले नै हुण्डी कारोबारी हुन् वा अन्य भन्ने खुल्न सकेको छैन, राजश्वको अनुसन्धान पछि खुल्छ,’ प्रहरी नायब उपरीक्षक थापाले भने ।
उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











