५४ लाख ९६ हजारसहित , हुण्डी कारोबारी ६ जना पक्राउ
वीरगञ्ज १८,भदाै । ५४ लाख ९६ हजार रुपैयाँसहित पक्राउ परेका पाँच जना शंकास्पद हुण्डी कारोबारीलाई वीरगञ्ज प्रहरीले सोमबार बिहान सार्वजनिक गरेको छ । सार्वजनिक गरिएकामध्ये २ जना भारतीय नागरिक छन् ।
प्रहरीले पर्साको विन्दवासनी गाउँपालिका वडा नम्बर ५ प्रसौनीभाठा बस्ने पवन कुमार गुप्ता, वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ जेल रोड बस्ने अजय मानन्धर, पूर्वी चम्पारण जिल्ला मोतिहारी पञ्चायत चम्पापुर थाना रामगढवा मानाना बस्ने साविर मियाँ, मोतिहारी रक्सौल नगरपालिका वडा नम्बर ३ थाना रक्सौल बस्ने अशोक श्रीवास्तव र बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर १ खजानी बस्ने अजय कुमार जैसवाल रहेका छन् ।
विशेष सूचनाको आधारमा एकैपटक तीन स्थानमा छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । ‘अवैध वित्तीय कारोबार हुने गरेको विशेष सूचना आएको थियो, एकैपटक वीरगञ्जका तीन स्थानमा छापामारी गर्यौं,’ उनले भने, ‘कानुन बमोजिम खानतलासी गर्दा स्रोत नखुलेको अवैध रकमसहित उनीहरुलाई नियन्त्रणमा लिन सफल भयौं ।’
अनुसन्धानका लागि ८ जनालाई पक्रेको भएपनि अन्य तीन जना निर्दोष देखिएकाले छोडिएको दावी प्रहरीले गरेको छ ।
प्रहरीले दिएको जानकारीअनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ माईस्थान स्थत सुमित्रादेवी गुप्ताको घरमा पवन कुमारले र वीरगञ्ज महानगरपालिका वडानम्बर १० घडिअर्वापोखरीस्थित सोनालाल गुप्ताको घरमा अजय कुमारले घर भाडामा लिएर अवैध रुपमा अवैध वित्तीय कारोबार गर्दै आएका थिए । गुप्ता फिल्म हल र मनी चेन्जरका सञ्चालक समेत रहेको बुझिएको छ ।
प्रहरीले भने तत्काल हुण्डी कारोबारी हुन वा होइनन् एकिनसाथ भन्न सक्ने अवस्था नरहेको बताएको छ । ‘अहिले नै हुण्डी कारोबारी हुन् वा अन्य भन्ने खुल्न सकेको छैन, राजश्वको अनुसन्धान पछि खुल्छ,’ प्रहरी नायब उपरीक्षक थापाले भने ।
उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











