शिक्षाक्षेत्र सुधारका लागि व्यवस्थित अध्यन अनुमतिपत्र वितरण
नेपालको शिक्षा प्रणाली सुधार का अभियन्ता, त्रिभुवन विश्वविद्यालयका विद्यार्थि नेता पुस्कर शर्माले नेपालको शिक्षा सुधार अभियानको नेतृत्वमा रहेर राम्ररि नियालेका छन । शिक्षा प्रणालि सुधारका लागि सर्वप्रथम शिक्षाशास्त्र संकायमा सुधार ल्याउन जरुरि छ । विद्यार्थि नेता शर्मा ले नेपालको शिक्षा क्षेत्र सुधारको लागि अध्यापन अनुमति पत्र वितरण प्रक्रिया व्यवस्थित गर्न जरुरत ठान्छन । उनको लेखको पुर्ण अंश:
कुनै पनि व्यापार व्यवसाय सञ्चालन गर्नका लागि सरकार वा संवैधानिक मान्यता प्राप्त संघ संस्थाले दिने औपचारीक अनुमति नै अनुमति पत्र हो । अनुमति पत्र विभिन्न प्रकारका हुन्छन् । तर मैले यँहा जोड्न खोजेको शिक्षणका लागि अनुमति पत्र हो । शिक्षण अनुमति पत्र भनेको कुनै पनि व्यक्तिलाई शिक्षण सिकाई गर्नका लागि दिइने एक औपचारीक प्रमाण पत्र हो ।अध्यापन अनुमति पत्र लिएर मात्र अशल र सफल शिक्षक बन्न सकीदैन जसका लागि विशेष प्रकारको योग्यता, क्षमता, लालिम अनुभव र विषयवस्तुको राम्रोसँग ज्ञान हुनुपर्दछ । त्यसैले परिक्षामा सहभागी भएर निश्चित विषयवस्तुहरु कण्ठ गरी लिएको अध्यापन अनुमति पत्र त्यति अर्थपुर्ण हुन सक्दैन ।
अहिले हाम्रो देसमा जुनसुकै विषय वा संकाय पढेको भएपनि अन्तत कतै नविकेको व्यक्ति शिक्षक बन्ने परम्परा रहेको छ । त्यस्ता व्यक्ति शिक्षक बन्ने व्यवस्थाले शिक्षाका गुणस्तरमा मात्र नभई शिक्षाक्षेत्र नै अस्तब्यस्त र विकृति, विसङ्गति सिर्जना हुन पुगेको छ । अझ गाउँ गाउँमा सम्बन्धित अधिकारीबाट सम्बन्धन नलिई खोलिएको निजि विद्यालय भनाउँदाहरुले शिक्षा क्षेत्रमै खुलेयाम व्यापार गरीराखेका छन् ।
शिक्षक बन्ने अभिलाशा बोकेका हजारौं विद्यार्थीहरु शिक्षा संकायमा भर्ना हुन्छन् । पढाई सुरु गरेको मितिबाट उनिहरु शिक्षण विधि, शिक्षा सम्बन्धि आधारभुत ज्ञान, पाठ्यक्रम, पाठ्यपुस्तक, वालमनोविज्ञान कक्षाकोठा व्यवस्थापन, मुल्याङ्कक जस्ता विषयहरु पढ्न थाल्छन् र जब उनि निश्चित कक्षा पास गर्छन तब उसलाई एउटा असल शिक्षकका लागि योग्य मानिदैन र अध्यापन अनुमति पत्रको परिक्षामा सामेल गराई परिक्षामा पास गर्न लगाईन्छ । अर्कोतर्फ कुनै अर्को संकायमा विज्ञान, गणित, अङ्ग्रेजि आदी विषय लिएर पढेका विद्यार्थीहरुलाई पनि अध्यापन अनुमति पत्र लिन पाउने प्रावधान शिक्षा ऐन नियमावलीले गरेको छ ।
यसरी हेर्दा अध्यापन अनुमति पत्र विशेष योग्यता र प्रविधिक ज्ञान भएका व्यक्तिलाई दिने कुराको मर्म विपरीत भएको छ । जसको कारणले शिक्षा क्षेत्रले शिक्षक मात्र प्राप्त गर्यो तर शिक्षाशास्त्र पढेको तालिम प्राप्त शिक्षक पाउन सकिरहेका छैन । जवसम्म अन्य संकाय पढेका विद्यार्थीहरुलाई अध्यापन अनुमति पत्र दिई शिक्षक बन्ने प्रणाली हुन्छ तब सम्म यो दुर्गति दोहोरीरहन्छ । निष्कर्षमा वुदागतरुपमा शिक्षाक्षेत्र सुधार्न अध्यापन अनुमति पत्रलाई निन्नानुसार व्यवस्थापन गर्न सके शिक्षा क्षेत्र केही सुदृढ हुन्छ की ?
१. शिक्षाशास्त्र पढेका लाई मात्र अध्यापन अनुमति पत्र लिने व्यवस्था गरीनुपर्दछ ।
२. अध्यापन अनुमति पत्र विषयगत रुपमा प्रदान गरीनु पर्दछ ।
३. अध्यापन अनुमति पत्र लिदा परिणात्मक भन्दा गुणात्मक पक्षलाई जोड दिई लिखित प्रयोगात्मक दुवै परीक्षाको व्यवस्था गरीनुपर्दछ ।
४. एकपटक प्राप्त अनुमति पत्रलाई सधैका लागि स्थायी मान्यता प्राप्त गरीन्छ तत्काल यसलाई हटाई निश्चित समयावधी करीब ५ वर्षका लागि निर्धारण गरीनुपर्दछ ।
५. अध्यापन अनुमति पत्र शिक्षकले गरेको मिहिनेत सेवा र विद्यार्थीको नतिजाको आधारमा गरीनुपर्दछ । सन्तोषजनक नरहे अध्यापन अनुमति पत्र रद्घ गरीने व्यवस्था हुनुपर्छ ।
६. अहिले अध्यापन अनुमति पत्र को पाठ्यक्रम १०० पुर्णाङ्क छ र यसमा विषयबस्तुहरु थप गरी करीव २०० पुर्णाङ्कको व्यवस्था हुनुपर्दछ ।
७. खुला शिक्षामा लागेका शिक्षकहरुका लागि पनि निश्चित मापदण्ड पुरा गरी अध्यापन अनुमति पत्र दिइने व्यवस्था हुनुपर्दछ ।
८. केन्दि«य शिक्षकसेवा आयोग खारेज गरी ५ वटै प्रदेशबाट अध्यापन अनुमति पत्र वितरण, व्यवस्थापन, र अनुगमन गरीनुपर्दछ ।
९. गल्ती गर्ने, लापरवाही गर्ने र संस्था प्रति जिम्मेवार नहुने शिक्षकलाई कसुर अनुसार अध्यापन अनुमति पत्र प्वाल पार्ने व्यवस्था गरीनुपर्दछ ।
१०. कुनै पनि राजनैतिक दलको सदस्यता लिएका शिक्षकको अध्यापन अनुमति पत्र जफत गरीनुपर्दछ ।
अन्त्यमा सार्वजनिक विद्यालय शिक्षाको गुणस्तर भाषणले मात्र वृद्दि हुदैन भन्ने नेपान सरकार र शिक्षा मन्त्रालयले बुभ्नुपर्दछ । कमसेकम शिक्षक बन्नका लागि प्रदान गरीने अध्यापन अनुमति पत्र वितरण व्यवस्थापन र निगरानी गर्न सके शिक्षा क्षेत्रमा केहि सुधार हुन्छ की ?
Comments
अरु समाचार
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...











