तिब्बतबाट भित्रिएको दुई किलो सुन चितवनमा समातियो
चितवन २०,भदाै। तिब्बतबाट नेपाल भित्रिएको दुई किलो सुन प्रहरीले चितवनमा समातेको छ। जिल्ला प्रहरी कार्यालय चितवन र प्रदेश नम्बर ३ क्षेत्रीय अनुसन्धान समूहले भरतपुर महानगरपालिका १ पुतलीबजारबाट मंगलबार मध्यराति सुन समातेको हो।
पुतलीबजारस्थित एक घरमा डेरा बस्ने भारत महाराष्ट्र साङ्ली जिल्लाका राजेन्द्र पाटिलले सञ्चालन गरेको गणेश सुनचाँदी पसलबाट प्रहरीले दुई किलो सुन र चार किलो चाँदीसहित १२ लाख रुपैयाँ बरामद गरेको हो। ‘तस्करी गरी ल्याइएको सुन कारोबार भइरहेको जानकारी आएपछि हामीले चेकजाँच गर्दा उक्त परिमाणको सुनचाँदी फेला परेको हो,’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक प्रभु ढकालले भने।
पाटिललाई प्रहरीले पक्राउ गरेको छ। बरामद भएको सुन दुई किलो ७६ ग्राम, चाँदी चार किलो ६१७ ग्राम र नगद १२ लाख रुपैयाँ राजश्व अनुसन्धान विभाग पठाइएको छ। विगत दस वर्षदेखि नारायणगढमा सुन बिक्री वितरण र रिफाइनिङ गर्ने पाटिलले तिब्बती नागरिकले आफूलाई उक्त सुन ल्याइदिएको प्रहरीलाई बताएका छन्। ‘रसुवा नाकासम्म चिनियाँ नागरिकले ल्याइदिएको र त्यहाँबाट आफूले चितवन ल्याएको पाटिलले बताएका छन्,’ ढकालले भने, ‘यसबारे थप अनुसन्धान भइरहेको छ।’
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
डिम्ब प्रकरणमा सर्वोच्चः महान्यायधिवक्ताको कार्यालयविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं। गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको अभियोगमा अनुसन्धानको दायरामा आएको होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको...
-
प्रधानमन्त्री कार्कीले सरकारी जग्गा मिचेको आरोपमा अदालतकै कर्मचारीको आक्रोश, न्याय र कार्यपालिकामाथि गम्भीर धक्का
काठमाडाैं । पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारी जग्गा हडपेको विषयमा जिल्ला अदालत ललितपुरका कर्मचारी हरि भट्टराईले आलोचना गरेका...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
नेपालटारबाट सुन र नगदसहित सामान लुटपाटको आरोपमा चार जना पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको...












