इजिप्टमा ७५ जनाप्रदर्शनकारीहरूलाई मृत्युदण्ड दिएको अदालतको पुष्टि
काठमाडाैँ २४,भदाै । इजिप्टमा सन् २०१३ मा एउटा विरोधप्रदर्शनको क्रममा सुरक्षाफौजद्वारा सयौँ प्रदर्शनकारीहरू मारिएको मुद्दाको सुनुवाइका सिलसिलामा ७५ जनालाई मृत्युदण्डको सजाय सुनाइएको त्यहाँको एउटा अदालतले पुष्टि गरेको छ। अन्य ४७ जनालाई आजीवन काराबासको सजाय सुनाएको छ। सजाय पाउनेमा इस्लामवादी नेताहरू पनि छन्।
सन् २०१३ मा तत्कालीन राष्ट्रपति मोहम्मद मोर्सीलाई अपदस्थ गरिएपछि मुस्लिम ब्रदरहुडले विरोधप्रदर्शन गर्ने क्रममा हिंसा भड्किएको थियो। सो सामूहिक सुनुवाइका क्रममा एकजना फोटोपत्रकारसहित सात सयभन्दा धेरैलाई जेलसजाय पनि सुनाइएको छ। सुनुवाइका क्रममा सजाय सुनाइएहरूमाथि हिंसा भड्काएको, हत्या तथा गैरकानुनी प्रदर्शनहरूको आयोजना गरेकोजस्ता सुरक्षासम्बन्धी अपराधहरू गरेको आरोप लागेको थियो।
सन् २०१३ मा राजधानी कायरोस्थित रबा अल दविया स्केवयरमा भएको विरोधप्रदर्शनका क्रममा सुरक्षाकर्मीहरूद्वारा सयौँ जना मारिएका थिए। मानवअधिकारवादी समूह ह्युमन राईट्स वाचले सुरक्षाकर्मीहरूद्वारा कम्तीमा ८१७ जनाको हत्या गरिनु सम्भवतः मानवताविरोधी एउटा अपराधसरहु भएको जनाएको छ।
एमनेस्टी इन्टरन्याश्नलले उक्त सुनुवाइलाई, पूर्ण रुपमा असमान तथा इजिप्टको संविधानको उल्लङ्घन भनेको छ। गत जुलाई महिनामा नै ७५ जनालाई मृत्युदण्डको सजाय सुनाइएको थियो तर शनिवार सो सजाय दिइएको पुष्टि भएको हो।
साथै थप फैसलाहरू सुनाइएसँगै उक्त सामूहिक सुनुवाई टुंगिएको छ। हाल प्रतिबन्धित मुस्लिम ब्रदरहुडका प्रमुख सदस्यहरू तथा नेताहरूलाई जेलसजाय सुनाइएको छ। इजिप्टका तत्कालीन सैन्य प्रमुख तथा वर्तमान राष्ट्रपति अब्देल फतह अल सीसीले प्रजातान्त्रिक रूपमा निर्वाचित भूतपूर्व राष्ट्रपति मोहम्मद मोर्सीलाई बर्खास्त गरेको एक महिनापछि भएको मोर्सीपक्षीय प्रदर्शनलाई तितरबितर पार्ने क्रममा सैनिक तथा प्रहरीहरूले सयौँ जनालाई पक्राउ परेका थिए।
तर त्यतिबेला धेरैजसो प्रदर्शनकारीहरूसँग हातहतियार भएको र ४३ जना प्रहरी मारिएको इजिप्टको सरकारले बताउँदै आएको छ। मुस्लिम ब्रदरहुडलाई त्यहाँको सरकारले आतंकवादी संगठन घोषणा गरिसकेको छ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











