ठेक्कापट्टादेखि फेसबुक विवादले लियो तरुण दलका अध्यक्षको ज्यान!
रोल्पा २५,भदाै ।रोल्पामा आइतबार दिउँसो इलाका प्रहरी कार्यालय सुलिचौर नजिकै भएको गोली प्रहारबाट तरुण दल रोल्पा नगरपालिकाका अध्यक्ष रोहित पुनको मृत्यु भएको छ ।
गोली कुनै अज्ञात समुहले नभएर एउटै टेवलमा वसेका व्यक्तिले नै चलाएका थिए। गोली देवबहादुर घर्तीले चलाएका थिए। पुन र घर्तीको पुरानै दुस्मनी रहेको थियो। उनीहरूको पहिलेकै दुष्मनीलाई लिएर गोली चलाएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी दीपक खड्काले जानकारी दिए। प्रहरी नियन्त्रणमा रहेका घर्तीले आफूले गोली चलाएको स्विकार समेत गरिसका छन्। घर्तीको साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल समेत बरामद गरेको डिएसपी खड्काले बताए।।
ठेक्कापट्टा र फेसबुक मृत्युको कारण!
प्रहरीको प्रारम्भिक अनुसन्धानमा पुनको गोली प्रकरण दुई बिचको विवादकै कारण भएको खुल्न आएको छ। दुवै जना रोल्पामा ठेक्कापट्टाको काम गर्दै आएका थिए। उनीहरू बिच यिनै विषयलाई लिएर बेला बेला झगडा समेत हुने गरेको थियो।
दुई जना बिच केही समय अगाडिदेखि नै एक विद्युत् प्रयोजनको टेन्डरको विषयमा विवाद भएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ। त्यस्तै दुई जना बिच गुट भित्रकै मानिसले कुरा लगाइदिने गरेकाले उनीहरू बिचको दुस्मनि झनै उग्र बन्दै गएको प्रहरी अनुसन्धानमा देखिएको डिएसपी खड्काले बताए। उनीहरूको दुष्मनी फेसबुकमा समेत देखिन थालेको थियो। एकले अर्कोलाई गाली गलौज गरेर फेसबुकमा स्टाटस समेत लेख्ने गरेका थिए। डिएसपी खड्का भन्छन्,’ टेन्डर र फेसबुकले नै उनीहरू बिच दुष्मनी बढायो। त्यसैको आवेगमा गोली चल्यो।’रेष्टुरेण्टमा सहमति गर्न जाँदा गोली चल्यो
सुनिल स्मृति गाउँपालिका ४ सुलिचौरमा रहेको रेष्ट पोइन्ट रेस्टुरेन्ट एन्ड बारमा गोली चलेको थियो। दुईबिच विवाद बढ्दै गएपछि उनीहरू आइतबार सहमति गर्ने पक्षमा पुगेका थिए। झगडाले दुवैलाई हानी हुने भन्दै भेटेर कुरा मिलाउने तय भएको प्रहरी नियन्त्रणमा रहेका घर्तीले प्रहरीलाई बयान दिएका छन्।
आइतवार दुवैले तय गरेको निर्धारित समयमा दुवै जना र उनीहरूका साथीहरु छलफलको लागि रेष्टुरेण्टमा पुगेका थिए। केही समय दुवै बिच छलफल भयो। तर छलफल मिलन बिन्दुमा भन्दा पनि विवाद तिर नै लम्कियो। एकले अर्कोलाई आरोप प्रत्यारोप लगाउन थाले। आरोप मात्र होइन हात हालहाल नै भयो। अन्तमा आफ्नो रिसलाई कन्ट्रोल गर्न नसक्दा साथमा भएको पेस्तोल निकालेर घर्तिले गोली हाने। डिएसपी खड्काले भने,’ विवाद बढ्नै भएपछि रोहितले धकेलेपछि गोली चलाएको बयान घर्तिले दिएका छन्।’
हत्याको विरोधमा गरेको कारण आज बिहान देखि रोल्पा सदरमुकाम बन्द छ। बन्दबाट सदरमुकाम लिवाङ तथा अन्य ग्रामीण क्षेत्रमा रहेका शिक्षण संस्था, यातायात, बजार, उद्योग प्रभावित भएका छन् । बिहान पठनपाठनका लागि विद्यालय तथा कलेज पुगेका विद्यार्थी फर्किएका छन् । लामो तथा छोटो दुरीका सवारी साधन नचल्दा यात्रु बिचल्लीमा परेका छन् । पूर्वमाओवादी कार्यकर्ताले सभापति पुनको हत्या गरेको तरुण दलले आरोप लगाएको छ ।
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...












