ठेक्कापट्टादेखि फेसबुक विवादले लियो तरुण दलका अध्यक्षको ज्यान!
रोल्पा २५,भदाै ।रोल्पामा आइतबार दिउँसो इलाका प्रहरी कार्यालय सुलिचौर नजिकै भएको गोली प्रहारबाट तरुण दल रोल्पा नगरपालिकाका अध्यक्ष रोहित पुनको मृत्यु भएको छ ।
गोली कुनै अज्ञात समुहले नभएर एउटै टेवलमा वसेका व्यक्तिले नै चलाएका थिए। गोली देवबहादुर घर्तीले चलाएका थिए। पुन र घर्तीको पुरानै दुस्मनी रहेको थियो। उनीहरूको पहिलेकै दुष्मनीलाई लिएर गोली चलाएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी दीपक खड्काले जानकारी दिए। प्रहरी नियन्त्रणमा रहेका घर्तीले आफूले गोली चलाएको स्विकार समेत गरिसका छन्। घर्तीको साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल समेत बरामद गरेको डिएसपी खड्काले बताए।।
ठेक्कापट्टा र फेसबुक मृत्युको कारण!
प्रहरीको प्रारम्भिक अनुसन्धानमा पुनको गोली प्रकरण दुई बिचको विवादकै कारण भएको खुल्न आएको छ। दुवै जना रोल्पामा ठेक्कापट्टाको काम गर्दै आएका थिए। उनीहरू बिच यिनै विषयलाई लिएर बेला बेला झगडा समेत हुने गरेको थियो।
दुई जना बिच केही समय अगाडिदेखि नै एक विद्युत् प्रयोजनको टेन्डरको विषयमा विवाद भएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ। त्यस्तै दुई जना बिच गुट भित्रकै मानिसले कुरा लगाइदिने गरेकाले उनीहरू बिचको दुस्मनि झनै उग्र बन्दै गएको प्रहरी अनुसन्धानमा देखिएको डिएसपी खड्काले बताए। उनीहरूको दुष्मनी फेसबुकमा समेत देखिन थालेको थियो। एकले अर्कोलाई गाली गलौज गरेर फेसबुकमा स्टाटस समेत लेख्ने गरेका थिए। डिएसपी खड्का भन्छन्,’ टेन्डर र फेसबुकले नै उनीहरू बिच दुष्मनी बढायो। त्यसैको आवेगमा गोली चल्यो।’रेष्टुरेण्टमा सहमति गर्न जाँदा गोली चल्यो
सुनिल स्मृति गाउँपालिका ४ सुलिचौरमा रहेको रेष्ट पोइन्ट रेस्टुरेन्ट एन्ड बारमा गोली चलेको थियो। दुईबिच विवाद बढ्दै गएपछि उनीहरू आइतबार सहमति गर्ने पक्षमा पुगेका थिए। झगडाले दुवैलाई हानी हुने भन्दै भेटेर कुरा मिलाउने तय भएको प्रहरी नियन्त्रणमा रहेका घर्तीले प्रहरीलाई बयान दिएका छन्।
आइतवार दुवैले तय गरेको निर्धारित समयमा दुवै जना र उनीहरूका साथीहरु छलफलको लागि रेष्टुरेण्टमा पुगेका थिए। केही समय दुवै बिच छलफल भयो। तर छलफल मिलन बिन्दुमा भन्दा पनि विवाद तिर नै लम्कियो। एकले अर्कोलाई आरोप प्रत्यारोप लगाउन थाले। आरोप मात्र होइन हात हालहाल नै भयो। अन्तमा आफ्नो रिसलाई कन्ट्रोल गर्न नसक्दा साथमा भएको पेस्तोल निकालेर घर्तिले गोली हाने। डिएसपी खड्काले भने,’ विवाद बढ्नै भएपछि रोहितले धकेलेपछि गोली चलाएको बयान घर्तिले दिएका छन्।’
हत्याको विरोधमा गरेको कारण आज बिहान देखि रोल्पा सदरमुकाम बन्द छ। बन्दबाट सदरमुकाम लिवाङ तथा अन्य ग्रामीण क्षेत्रमा रहेका शिक्षण संस्था, यातायात, बजार, उद्योग प्रभावित भएका छन् । बिहान पठनपाठनका लागि विद्यालय तथा कलेज पुगेका विद्यार्थी फर्किएका छन् । लामो तथा छोटो दुरीका सवारी साधन नचल्दा यात्रु बिचल्लीमा परेका छन् । पूर्वमाओवादी कार्यकर्ताले सभापति पुनको हत्या गरेको तरुण दलले आरोप लगाएको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
डिम्ब प्रकरणमा सर्वोच्चः महान्यायधिवक्ताको कार्यालयविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं। गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको अभियोगमा अनुसन्धानको दायरामा आएको होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको...
-
प्रधानमन्त्री कार्कीले सरकारी जग्गा मिचेको आरोपमा अदालतकै कर्मचारीको आक्रोश, न्याय र कार्यपालिकामाथि गम्भीर धक्का
काठमाडाैं । पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारी जग्गा हडपेको विषयमा जिल्ला अदालत ललितपुरका कर्मचारी हरि भट्टराईले आलोचना गरेका...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
नेपालटारबाट सुन र नगदसहित सामान लुटपाटको आरोपमा चार जना पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको...












