झापामा कपडा व्यवसायीको हत्या
झापा २६,भदाै । झापाको गौरीगञ्ज गाउँपालिका–६, बाह्रदशीमा एक जना कपडा व्यवसायीको हत्या भएको छ । कमल गाउँपालिका–६, मंगलबारेका ३८ वर्षीय खेमराज पौडेलको हत्या भएको हो ।
छुरा प्रहार गरेर उनको हत्या भएको देखिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।
‘कपडा व्यवसाय गर्दै आएका पौडेलको शव भेटिएपछि म आफैं पनि अहिले गौरीगञ्ज आइपुगेको छु’, झापाका प्रहरी प्रमुख एसपी भीमप्रसाद ढकालले भने, ‘एक जनालाई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय, गौरीगञ्जमा उनलाई राखेर अनुसन्धान गरिरहेका छौं ।’
स्रोतका अनुसार पक्राउ पर्नेमा पौडेलका व्यवासयिक साझेदार श्रदाम हुसेन छन् । लेनदेनको विवादमा हुसेनले उनलाई छुरा प्रहार गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक आशंका छ ।
‘सोमबार रातिदेखि हराएका पौडेल अन्तिम पटक उनै हुसेनलाई भेट्न गएका थिए’, झापा प्रहरीका डिएसपी जितेन्द्र बस्नेत भन्छन्, ‘उनीसँग लिन बाँकी रहेको पैसा दिनलाई बोलाएपछि पौडेल हुसेनलाई भेट्न गएको देखिन्छ ।’
यद्यपि, हालसम्म हुसेनले किन छुरा प्रहार गरे भन्ने विषय खुलिसकेको छैन । बस्नेत भन्छन्, ‘अनुसन्धान जारी छ । चाँडै तथ्य सार्वजनिक हुन्छ ।’
प्रहरीले पौडेलको शव भेटिएको ठाउँमा अपराधमा प्रयोग भएको छुरा, मे ७ प १९०४ नम्बरको मोटरसाइकल, मोबाइल लगायतका सागम्री पनि फेला पारेको छ ।
प्रारम्भमा पौडेलको अपहरण भएको प्रहरीले सूचना पाए पनि घटनाक्रमले उनको अपहरण भएको संकेत नदेखाएको एक अनुसन्धान अधिकारी बताउँछन् ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











