निर्मला हत्या प्रकरणमा थालियो शून्यबाटै अनुसन्धान ‘रिभ्यु’ प्रहरी
काठमाडाैँ ३१,भदाै । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्याका विषयमा प्रहरीले शून्य अवस्थाबाटै अनुसन्धान हुन सक्ने बताएको छ ।
हत्या प्रकरणको अनुसन्धानमा चौतर्फी दबाब थेगिरहेको प्रहरीले निर्मला हत्या प्रकरणमा संगठनमा पुगेको क्षति फिर्ता गर्ने गरी शून्य अवस्थाबाटै अनुसन्धान हुन सक्ने जनाएको हो । १० साउनमा उनको बलात्कारपछि हत्या भएको थियो ।
नेपाल प्रहरीका प्रवक्ता शैलेश थापाले प्रहरीले घटना स्थलको पटकपटक रिभ्यु गर्ने काम गरेकाले अनुसन्धानमा त्रुटि भएको पाइए शून्य अवस्थाबाटै पनि अनुसन्धान हुन सक्ने जनाए ।
‘घटना स्थललाई पटकपटक रिभ्यु गर्ने काम भएको छ, अनुसन्धानका क्रममा कहिँ कतै त्रुटि भएको पाइए पुनः शून्य अवस्थाबाटै पनि अनुसन्धान रिभ्यु हुन सक्छ,’ प्रहरी प्रवक्ता थापाले राजधानीसँग भने ।
उनले निर्मला हत्या प्रकरणमा जोडिएको प्रहरी संगठनको नामका कारण अनुसन्धानलाई थप चुनौतीका रूपमा लिएको समेत जनाए ।
‘निर्मला हत्याको अनुसन्धान चुनौती बनेको छ, प्रहरीको समेत संलग्नताले संगठनलाई क्षति पु¥याएको छ, क्षति फिर्ता गर्ने गरी अनुसन्धानलाई छिट्टै निष्कर्षमा पु¥याउँछौं,’ प्रवक्ता थापाले थपे ।
उनले अनुसन्धानको घेरामा शंकामा रहेका सबैमाथि अनुसन्धान भइरहेको समेत जनाए । निर्मला प्रकरण ५१ दिन पुगिसक्दा पनि रहस्यमै रहेको छ ।
मुख्य अभियुक्तको बारेमा नेपाल प्रहरीले विभिन्न व्यक्तिलाई शंकाको घेरामा राखेर अनुसन्धान अघि बढाए पनि प्रमाण भने पुुुष्टि गर्न सकेको छैन ।
हत्या प्रकरणमा उच्च तहको संलग्नता रहेको भन्दै देशैभर जनप्रदर्शन तथा दबाब जारी छ । प्रदर्शनका क्रममा कञ्चनपुरमा एक जना स्थानीयले समेत ज्यान गुमाइसकेका छन् । केही घाइतेको उपचारसमेत भइरहेको छ । ठोस प्रमाण प्राप्त नहुँदा प्रहरीले मुख्य अभियुक्त भने पत्ता लगाउन सकेको छैन ।
प्रहरीले अनुसन्धानको दायरालाई आन्तरिक रूपमा समेत अघि बढाएको छ । आफ्नै संगठनभित्रका एसपी डिल्लीराज विष्टमाथि शंका रहेको भन्दै परिवारजनसहितले चौतर्फी दबाब सिर्जना गरेपछि प्रहरीले निलम्बित एसपी विष्ट तथा घटनामा संलग्न रहेको आरोप लगाउँदै कारबाहीको माग गरिएका अन्यको डीएनए परीक्षण सुरु गरेको छ ।
नेपाल प्रहरी र त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञ डा. हरिहर वस्तीसहितको टोलीले निलम्बित एसपी विष्ट, उनका छोरा किरण विष्ट तथा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए परीक्षण सुरु गरेको हो ।
यसअघि मुख्य अभियुक्त मानिएका दिलिप सिंह विष्टको डीएनए परीक्षण गर्दा घटनामा संलग्नता रहेको पुष्टि नभएपछि सामान्य तारेखमा मंगलबार रिहा भइसकेका छन् ।
उनीसँगै घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेका रोशनी बम सामान्य तारेखमा र बबिता बम ३० हजार धरौटीमा छुटिसकेका छन् ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











