निर्मला हत्या प्रकरणमा थालियो शून्यबाटै अनुसन्धान ‘रिभ्यु’ प्रहरी
काठमाडाैँ ३१,भदाै । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्याका विषयमा प्रहरीले शून्य अवस्थाबाटै अनुसन्धान हुन सक्ने बताएको छ ।
हत्या प्रकरणको अनुसन्धानमा चौतर्फी दबाब थेगिरहेको प्रहरीले निर्मला हत्या प्रकरणमा संगठनमा पुगेको क्षति फिर्ता गर्ने गरी शून्य अवस्थाबाटै अनुसन्धान हुन सक्ने जनाएको हो । १० साउनमा उनको बलात्कारपछि हत्या भएको थियो ।
नेपाल प्रहरीका प्रवक्ता शैलेश थापाले प्रहरीले घटना स्थलको पटकपटक रिभ्यु गर्ने काम गरेकाले अनुसन्धानमा त्रुटि भएको पाइए शून्य अवस्थाबाटै पनि अनुसन्धान हुन सक्ने जनाए ।
‘घटना स्थललाई पटकपटक रिभ्यु गर्ने काम भएको छ, अनुसन्धानका क्रममा कहिँ कतै त्रुटि भएको पाइए पुनः शून्य अवस्थाबाटै पनि अनुसन्धान रिभ्यु हुन सक्छ,’ प्रहरी प्रवक्ता थापाले राजधानीसँग भने ।
उनले निर्मला हत्या प्रकरणमा जोडिएको प्रहरी संगठनको नामका कारण अनुसन्धानलाई थप चुनौतीका रूपमा लिएको समेत जनाए ।
‘निर्मला हत्याको अनुसन्धान चुनौती बनेको छ, प्रहरीको समेत संलग्नताले संगठनलाई क्षति पु¥याएको छ, क्षति फिर्ता गर्ने गरी अनुसन्धानलाई छिट्टै निष्कर्षमा पु¥याउँछौं,’ प्रवक्ता थापाले थपे ।
उनले अनुसन्धानको घेरामा शंकामा रहेका सबैमाथि अनुसन्धान भइरहेको समेत जनाए । निर्मला प्रकरण ५१ दिन पुगिसक्दा पनि रहस्यमै रहेको छ ।
मुख्य अभियुक्तको बारेमा नेपाल प्रहरीले विभिन्न व्यक्तिलाई शंकाको घेरामा राखेर अनुसन्धान अघि बढाए पनि प्रमाण भने पुुुष्टि गर्न सकेको छैन ।
हत्या प्रकरणमा उच्च तहको संलग्नता रहेको भन्दै देशैभर जनप्रदर्शन तथा दबाब जारी छ । प्रदर्शनका क्रममा कञ्चनपुरमा एक जना स्थानीयले समेत ज्यान गुमाइसकेका छन् । केही घाइतेको उपचारसमेत भइरहेको छ । ठोस प्रमाण प्राप्त नहुँदा प्रहरीले मुख्य अभियुक्त भने पत्ता लगाउन सकेको छैन ।
प्रहरीले अनुसन्धानको दायरालाई आन्तरिक रूपमा समेत अघि बढाएको छ । आफ्नै संगठनभित्रका एसपी डिल्लीराज विष्टमाथि शंका रहेको भन्दै परिवारजनसहितले चौतर्फी दबाब सिर्जना गरेपछि प्रहरीले निलम्बित एसपी विष्ट तथा घटनामा संलग्न रहेको आरोप लगाउँदै कारबाहीको माग गरिएका अन्यको डीएनए परीक्षण सुरु गरेको छ ।
नेपाल प्रहरी र त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञ डा. हरिहर वस्तीसहितको टोलीले निलम्बित एसपी विष्ट, उनका छोरा किरण विष्ट तथा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए परीक्षण सुरु गरेको हो ।
यसअघि मुख्य अभियुक्त मानिएका दिलिप सिंह विष्टको डीएनए परीक्षण गर्दा घटनामा संलग्नता रहेको पुष्टि नभएपछि सामान्य तारेखमा मंगलबार रिहा भइसकेका छन् ।
उनीसँगै घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेका रोशनी बम सामान्य तारेखमा र बबिता बम ३० हजार धरौटीमा छुटिसकेका छन् ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











