श्रेया बिकको बलात्कार पछि हत्या भएको पुष्टि
१६ घण्टामै हत्यारा पक्राउ गर्न कास्कि प्रहरी सफल
पोखरामा १०,असोज । १० वर्षीया श्रेया बिक (सुनार) लाई बलात्कारपछि हत्या गरिएको पुष्टी भएको छ । यससँगै कास्की प्रहरी हत्यारा पक्राउ गर्न सफल भएको छ ।
‘बालिकाको हत्यापछि बलात्कार भएको देखियो, त्यस लगत्तैै हामी त्यसमा संलग्नलाई पक्राउ गर्न सफल भएका छौं’ एसपी रानाले भने । । प्रहरीका अनुसार घटनापछि सुरुमा शंकास्पद आधा दर्जन बढीलाई पक्राउ गरिएको थियो । तीन जनामा बढी शंका लागेकोमा त्यस मध्य २७ वर्षीय कुशुम पौडेलले आफ्नो अपराध प्रहरी समक्ष स्वीकार गरेका हुन् ।
मंगलबार विहान घटना सार्वजनिक भएलगत्तै वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी नविन कार्की नेतृत्वको टोली सुरुदेखि नै अनुसन्धानमा जुटेकाे थियो । विहान ८ बजे स्थानीयले खबर गरे बित्तिकै घटनास्थल पुगेर अनुसन्धान गरेको कार्की नेतृत्वको टोलीले मध्यरातमा अनुसन्धान पश्चात घटनामा संलग्न पक्राउ गर्न सफल भएकाे हाे । सोमबार साँझदेखि हराएकी श्रेया मंगलबार बिहानै झाडीमा अर्धनग्न अवस्थामा मृत भेटिएकी थिइन् ।
उनको बलात्कार पछि हत्या भएको पोष्टमार्टम रिपोर्टले देखाएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार श्रेयाका छिमेकी रहेका कुशुम पौडेलले बलात्कार पछि आफैले हत्या गरेको स्वीकारेका छन् । पौडेल उक्त दिन रक्सी सहित अन्य लागुऔषध सेवन गरेर नसामा थिए । सुरुमा श्रेयालाई देखेर पौडेलले बोलाए । छिमेकीले बोलाएपछि बालिका श्रेया उनको नजिक पुगिन् । त्यसपछि पौडेलले १० रुपैयाँ दिए । पैसा पाएपछि खुशी बालिकालाई पौडेलले च्याप्प समाउँदा श्रेया चिच्याइन् । लगत्तै घाँटीमा समातेर झाडिमा फालिदिए । त्यति गर्दा बेहोस् बनेकी बालिकालाई उनले करणी गरे र थाहा पाउने डरले ढुंगाले टाउकोमा हानेर हत्या गरे ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











