निर्दयी श्रीमान:जसले गरे श्रीमतीको निर्मम हत्या
पोखरा ११,असोज । पोखराको लेखनाथमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ३२ खुदीको खोला भन्ने ठाउँका ५२ वर्षीय ऐनबहादुर गुरुङले ६० वर्षीया श्रीमती श्रीमाया गुरुङको ढुंगाले हानेर हत्या गरेका हुन् ।
श्रीमाया ऐनबहादुरकी कान्छी श्रीमती हुन् । जेठी श्रीमतीको यसअघि नै मृत्यु भइसकेको छ । उनको परिवारमा अन्य सदस्य नरहेको बताइएको छ ।
गुरुङले श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन् । राति मादक पदार्थ सेवन गरेर घर जाँदा श्रीमतीसँग विवाद भएकाले हत्या गरेको उनले बताएका छन् । गएराति ९ बजे घर पुगेका गुरुङलाई श्रीमतीले ढिलो आएको भन्दै गाली गरेकी थिइन् । त्यसपछि उनले ढुंगाले तीन पटक टाउकोमा हान्दा श्रीमतीको मृत्यु भएको थियो । ढुंगाले हानेपछि मर्यो कि मरेन भनेर आफूले पानी खुवाएको तर नचलमलाएपछि आफू त्यही घरमा सुतेको उनको भनाइ छ । विहान भने पक्राउ पर्ने डरले खोला पारी गएर लुकेको उनले बताए ।
ऐनबहादुर घर बनाउने मिस्त्रीको काम गर्दछन् । श्रीमतीको हत्या गरेर गुरुङ फरार भएको सूचना पाएलगत्तै कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना, कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङसहित विशेषज्ञ र कुकुरसहितको टोली खोजीमा खटिएको थियो । हत्या गरेर फरार रहेको खबर आएको दुई घण्टा भित्रै आफूहरुले गुरुङलाई पक्राउ गर्न सफल भएको प्रवक्ता गुरुङले बताए ।
गुरुङलाई डिलमुनी लुकिरहेको अवस्थामा प्रहरी सहायक निरीक्षक सन्तोष सुवेदीले पक्राउ गरेका थिए । शंका लागेर खोज्दै जाँदा डिलमुनी पराल ओढेर बसिरहेको अवस्थामा देखेपछि आफूले पक्राउ गरेको सुवेदीले बताए ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











