कालिकोटमा किशोरीलाई सामुहिक बलात्कार
कालिकोट १२,असोज । कालिकोटको खाँडाचक्र नगरपालिका –९ पाँखामा एक किशोरी सामूहिक बलात्कारमा परेकी छन् । असोज ९ गते धिमाल देवताको पैठको मेला हेरेर घर फर्किने क्रममा १९ वर्षीया युवती बलात्कारमा परेकी हुन् ।
किशोरीले ३ वर्षअगाडिको पाँच सय रुपैयाँ माग्दा बलात्कारको सिकार हुनुपरेको बताएकी छन् । स्थानीय पर्व विकले आफ्नो पसलबाट ५ सय रुपैयाँ लगेपछि मेला हिँडेकी किशोरीले खर्च नभएकाले आफ्नो पैसा दिन आग्रह गरेकी थिइन् ।
८ जनाको समूहमा रहेका युवाहरु मदिरा पिउँदै बसिरहेका थिए । पैसा माग्दा उनलाई युवाहरुले खोल्सामा लगेर पालैपाले बलात्कार गरेको उनको भनाइ छ । बलात्कारीबाट छुटाउन पुगेका दाजुमाथि युवाहरुले ढुंगा प्रहार गरेका थिए । पछि दिदि र दाजूले उनको उद्धार गरेका थिए । युवतीको किटान जाहेरीपछि प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।
पीडितले किटाणी जाहेरी दिएको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमूख डिएसपी बिनोद शर्माले बताए ।
यो घटनामा संलग्न भएको अभियोगामा खाँडाचक्र नगरपालिका वडा नं. १० का २० वर्षीय पर्व विक, १८ वर्षीय गोर्ख विक, १८ वर्षीय सर्जन विक, खाँडाचक्र नगरपालिका–९ निवासी २२ वर्षीय जीवन विक, २० वर्षीय नवीन विक, १८ वर्षीय डिले विक, २१ वर्षीय सुवास विक र २० वर्षीय हर्ष विक पक्राउ परेका छन् ।
पीडितले जाहेरी दिएपछि जिल्ला प्रहरी प्रमूख डिएसपी विनोद शर्मा, प्रहरी ईन्सपेक्टर निरोज चौलागाई लगायतका ५० जना प्रहरीको सक्रियतामा १० गते राति ३ बजे उनीहरुलाई पक्राउ गरिएको हो ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











