विदेश जाने खर्च जुटाउन साथीको अपहरण गरि हत्या
मोरङ१४ ,असोज। विराटनगर- १७ का २० बर्षका मोहम्मद सद्दाम हुसेन वैदेशिक रोजगारीका लागि दुबई जाने तयारीमा थिए । उनको भिसा लागिसके पनि खर्च जुटाउन सकेका थिएनन् । त्यही खर्च निकाल्न उनले गाउँकै खलिल मियाका छोरा मोहम्मद अस्फाकलाई अपहरण गर्न साथी मोहम्मद आरिफ आलमसँग योजना बनाए ।
गौतमबुद्ध स्कुल कक्षा १०मा अध्ययनरत अस्फाक, हुसेन र आलम साथी साथी हुन् । गत वैशाख १ गते उनीहरुले विराटनगर-१५ दुई नम्बर ढाट नजिकै सँगै बसेर मदिरा सेवन गरे । मदिरा सेवनपछि गत भदौ ३० गते नै अपहरण गर्ने योजना बनाएका आलम र हुसेनले अस्फाकलाई लिएर विराटनगर-१४ र १७ को सिममा पर्ने भित्री सडकमा पुगे ।
रातको समय थियो । मदिरा सेवन गरेका उनीहरुले अस्फाकको टाउकोमा ढुंगा प्रहार गरे । उनी सोही स्थानमा ढले । अस्फाकलाई बन्धक बनाएर खलिलसँग फिरौती माग्ने योजना थियो । तर ढुंगा प्रहार गर्दा ढलेका अस्फाक उठेनन् । उनको घटनास्थलमै मृत्यु भयो ।
विराटनगरमा केही दिनअघि हृयुमपाइपभित्र शव भेटिएको घटनामा अनुसन्धान गर्दा प्रहरीले हत्यामा संलग्नको आशंकामा दुई जना पक्राउ गरेको छ । उनीहरुसँग गरिएको बयानको आधारमा प्रहरीले वैदेशिक रोजगारीमा जान खर्च जुटाउने उद्देश्यले साथीको हत्या भएको निश्कर्ष निकालेको छ ।
अस्फाकको मत्यु भएपछि त्यत्तिकै छाडेर गएका उनीहरुले बिहान ३ बजे आएर शव हृयुम पाइपभित्र हालिदिए र सुरु भयो बुबासँग पैसाको बार्गेनिङ ।
आफूहरुले छोरोका अपहरण गरेको भन्दै उनीहरुले असोज २ गतेबाट ५० लाख फिरौती माग्न सुरु गरे । समय बितेसँगै फिरौती रकम घट्दै थियो । अन्त्यमा उनीहरु ५ लाखमा छोरालाई छाड्न सहमत भए । तर बार्गेनिङ चलिरहेकै अवस्थामा गत ७ गते हृयुम पाइपभित्र सडेको अवस्थामा शव फेला पर्यो । जीउ र टाउको छुटिएको अवस्थामा भेटिएको शव चिन्न सक्ने अवस्थामा थिएन ।
अपहरणमा परेका व्यक्ति र भेटिएको शव एकै व्यक्तिको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान सुरु गर्यो । एकसाताको अनुसन्धान पछि प्रहरीले असोज १ गते अपहरणमा परेका अस्फाककै शव भएको निश्कर्षमा पुग्यो । तर उक्त शव छोराकै हो भन्ने खलिललाई विश्वास भएन । तर मृतकले लगाएको लुगा, औठी र हातमा बाधेको डोरोका आधारमा खलिलले आफ्नै छोरा भएको सनाखत गरे ।
‘अपहरण गरेर लगेपछि हत्या भएको देखिन्छ’ मोरङ प्रहरी प्रमुख मनोजकुमार केसीले भने ‘ हत्या भैसकेपछि फिरौती माग गरेका छन् ।’ पिरौती माग गरेको एसमएसम पठाउने नम्बरको मोवाइल लोकेसनका आधारमा अनुसन्धान गर्दै जाँदा दुई जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
पक्राउ परेका आलम र हुसेनलाई शरिर बन्धक तथा ज्यानसम्बन्धी मुद्दा दायर गरी अनुसन्धान सुरु गरिएको केसीले जानकारी दिए । ‘ प्रारम्भिक अनुसन्धानका क्रममा पैसाकै लागि हत्या गरेको देखिन्छ’ केसीले भने ‘बुबाले जाहेरी दिएपछि म्याद थप गरी अनुसन्धान गरिरहेका छौं ।’
खलिलसँग पैसाको बार्गेनिङ गर्न अस्फाकले लगाएको पाइन्ट सप्तकोशी सिमेन्टको बोरामा हालेर घरमा लगेर फालिएको अवस्थामा भेटिएको उनले बताए ।
Comments
अरु समाचार
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
जुवा खेल्दै गरेको अवस्थामा चार जना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे...
-
कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक...
-
अख्तियार प्रमुख प्रेम राईलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक पक्राउ परेका छन्। नेपाल प्रहरीले उनले...
-
शक्तिशाली ठान्ने विनोद चाैधरीलाई जताकतै झड्काः अदालतकै आदेशमा भ्रम फैलाउने बाध्यता !
काठमाडाैं । नियोसी (NEOSEA) ब्रान्डका इलेक्ट्रिक भ्यानहरू आयात र बिक्री गर्दै आएको एम्बर मोटर्स प्रा.लि.ले डलर अर्बपति विनोद चाैधरीको सिजी...
-
जेनजी आन्दोलनमा भागेका दुई कैदी पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...











