विदेश जाने खर्च जुटाउन साथीको अपहरण गरि हत्या
मोरङ१४ ,असोज। विराटनगर- १७ का २० बर्षका मोहम्मद सद्दाम हुसेन वैदेशिक रोजगारीका लागि दुबई जाने तयारीमा थिए । उनको भिसा लागिसके पनि खर्च जुटाउन सकेका थिएनन् । त्यही खर्च निकाल्न उनले गाउँकै खलिल मियाका छोरा मोहम्मद अस्फाकलाई अपहरण गर्न साथी मोहम्मद आरिफ आलमसँग योजना बनाए ।
गौतमबुद्ध स्कुल कक्षा १०मा अध्ययनरत अस्फाक, हुसेन र आलम साथी साथी हुन् । गत वैशाख १ गते उनीहरुले विराटनगर-१५ दुई नम्बर ढाट नजिकै सँगै बसेर मदिरा सेवन गरे । मदिरा सेवनपछि गत भदौ ३० गते नै अपहरण गर्ने योजना बनाएका आलम र हुसेनले अस्फाकलाई लिएर विराटनगर-१४ र १७ को सिममा पर्ने भित्री सडकमा पुगे ।
रातको समय थियो । मदिरा सेवन गरेका उनीहरुले अस्फाकको टाउकोमा ढुंगा प्रहार गरे । उनी सोही स्थानमा ढले । अस्फाकलाई बन्धक बनाएर खलिलसँग फिरौती माग्ने योजना थियो । तर ढुंगा प्रहार गर्दा ढलेका अस्फाक उठेनन् । उनको घटनास्थलमै मृत्यु भयो ।
विराटनगरमा केही दिनअघि हृयुमपाइपभित्र शव भेटिएको घटनामा अनुसन्धान गर्दा प्रहरीले हत्यामा संलग्नको आशंकामा दुई जना पक्राउ गरेको छ । उनीहरुसँग गरिएको बयानको आधारमा प्रहरीले वैदेशिक रोजगारीमा जान खर्च जुटाउने उद्देश्यले साथीको हत्या भएको निश्कर्ष निकालेको छ ।
अस्फाकको मत्यु भएपछि त्यत्तिकै छाडेर गएका उनीहरुले बिहान ३ बजे आएर शव हृयुम पाइपभित्र हालिदिए र सुरु भयो बुबासँग पैसाको बार्गेनिङ ।
आफूहरुले छोरोका अपहरण गरेको भन्दै उनीहरुले असोज २ गतेबाट ५० लाख फिरौती माग्न सुरु गरे । समय बितेसँगै फिरौती रकम घट्दै थियो । अन्त्यमा उनीहरु ५ लाखमा छोरालाई छाड्न सहमत भए । तर बार्गेनिङ चलिरहेकै अवस्थामा गत ७ गते हृयुम पाइपभित्र सडेको अवस्थामा शव फेला पर्यो । जीउ र टाउको छुटिएको अवस्थामा भेटिएको शव चिन्न सक्ने अवस्थामा थिएन ।
अपहरणमा परेका व्यक्ति र भेटिएको शव एकै व्यक्तिको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान सुरु गर्यो । एकसाताको अनुसन्धान पछि प्रहरीले असोज १ गते अपहरणमा परेका अस्फाककै शव भएको निश्कर्षमा पुग्यो । तर उक्त शव छोराकै हो भन्ने खलिललाई विश्वास भएन । तर मृतकले लगाएको लुगा, औठी र हातमा बाधेको डोरोका आधारमा खलिलले आफ्नै छोरा भएको सनाखत गरे ।
‘अपहरण गरेर लगेपछि हत्या भएको देखिन्छ’ मोरङ प्रहरी प्रमुख मनोजकुमार केसीले भने ‘ हत्या भैसकेपछि फिरौती माग गरेका छन् ।’ पिरौती माग गरेको एसमएसम पठाउने नम्बरको मोवाइल लोकेसनका आधारमा अनुसन्धान गर्दै जाँदा दुई जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
पक्राउ परेका आलम र हुसेनलाई शरिर बन्धक तथा ज्यानसम्बन्धी मुद्दा दायर गरी अनुसन्धान सुरु गरिएको केसीले जानकारी दिए । ‘ प्रारम्भिक अनुसन्धानका क्रममा पैसाकै लागि हत्या गरेको देखिन्छ’ केसीले भने ‘बुबाले जाहेरी दिएपछि म्याद थप गरी अनुसन्धान गरिरहेका छौं ।’
खलिलसँग पैसाको बार्गेनिङ गर्न अस्फाकले लगाएको पाइन्ट सप्तकोशी सिमेन्टको बोरामा हालेर घरमा लगेर फालिएको अवस्थामा भेटिएको उनले बताए ।
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











