निर्मला हत्या प्रकरण: प्रधानमन्त्री भन्छन्, ‘अपराधी पत्ता लाग्न १२ वर्ष पनि लाग्न सक्छ’
काठमाडौँ १५,असोज । निर्मला पन्तको हत्या प्रकरणमा संलग्नलाई दुई महिनासम्म पक्राउ गर्न नसकेपछि चौतर्फी आलोचना खेपेका प्रधानमन्त्री केपी ओलीले दोषी पत्ता लगाउन १२ वर्ष पनि लाग्न सक्ने प्रतिक्रिया दिएका छन् ।
पन्त प्रकरणले सरकारको मात्रै नभई पार्टीकै छवि धूमिल बनाएको भन्दै आफ्नै पार्टीका शीर्ष नेताहरूबाट आलोचना सुरु भएपछि नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीले त्यहाँ रहँदा पत्रकार सूर्य थापासँगको टीभी अन्तर्वार्तामा १२ वर्षअघिका अपराधमा संलग्नहरू अहिले पत्ता लागिरहेको प्रसंग जोड्दै पन्त प्रकरणमा पनि त्यस्तै हुन सक्ने बताएका हुन्।
कञ्चनपुरकी १३ वर्षीया पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो। अनुसन्धानका लागि सरकारले थुप्रै तहमा टोली खटाए पनि परिणाम निस्कन सकेको छैन।
‘कसैको संलग्नता ढाकछोप गर्ने प्रयासस्वरूप अपराधी पत्ता लगाउन अलमलिएको हुन सक्छ तर सबै ठाउँमा पत्ता नलागेको छैन,’ प्रधानमन्त्री ओलीले निर्मलाको बलात्कार र हत्या प्रकरणबारे सोधिएको प्रश्नमा भनेका छन्, ‘अपराधी पत्ता लगाउने कुरामा नेपाल प्रहरी अगाडि नै छ। १२ वर्षअगाडिका अपराध अहिले पत्ता लागिरहेका छन्। यस्ता घटना पत्ता लाग्न कहिले–कहिले १२ वर्ष पनि लाग्दो रहेछ।
Comments
अरु समाचार
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...












