निर्मला हत्या प्रकरणः हत्यारा पक्राउको माग गर्दै नेविसंघद्वारा कञ्चनपुर बन्द
कञ्चनपुर १६,असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याका अपराधी पक्राउ नपरेको विरोधमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले कञ्चनपुर बन्द गराएको छ ।
हत्याको ६८ दिन वित्दापनि हत्यारा पक्राउ नपरेको भन्दै हत्यारा पक्राउ गर्नुपर्ने, अनुसन्धानका क्रममा प्रमाण मेटाउने प्रहरी अधिकृतहरुलाई कारबाही हुनुपर्ने लगायतका मागहरु राखेर नेविसंघ कञ्चनपुरले एकदिने जिल्ला बन्द गरेको हो ।
नबन्दका कारण बिहानैदेखि कञ्चनपुर जिल्लाको जनजीवन प्रभावित बनेको छ । बजार, व्यवसाय, कलकारखाना, उद्योगधन्दा, शिक्षणसंस्था बन्द छन् । यातायातका साधनहरुचलेका छैनन् ।
लामोदूरीबाट आएका सवारी साधनहरुलाई भने सदरमुकाम प्रवेश गर्न दिइएको भएपनि महेन्द्रनगरबाट छुट्ने लामो तथा छोटो दूरीका सबै सवारी साधनसञ्चालनमा रोक लगाइएको छ ।
बन्दकर्ता नेविसंघका कार्यकर्ता सडकमा भेला हुन थालेका छन् । उनीहरु फाट्ट फुट्ट रुपमा खुलेका केही पसलसमेत बन्द गराउँदै हिडेका छन् । विभिन्न चोकहरुमा बिहानैदेखि टायर बालेर प्रदर्शन सुरु गरिएको छ ।
नेविसंघका केन्द्रीय सदस्य कैलाश चन्दले निर्मला पन्तको बलात्कार र हत्या घटनाको अहिलेसम्म पनि प्रहरीले अपराधी पक्रन नसकेको र अनुसन्धानका क्रममा प्रमाण नष्ट गर्ने प्रहरीका अधिकृतहरु समेतलाई कारबाही गर्न भन्दै एकदिने कञ्चनपुर बन्द गरिएको बताए।
सोमबार नेविसंघले जिल्लाका शैक्षिक संस्थाहरु बन्द गराएको थियो । चरणवद्ध आन्दोलनको घोषणा गरेको नेविसंघले आफ्ना आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
हत्यारा पत्ता लगाउन, अनुसन्धानका क्रममा प्रमाण मेटाउने काम गरेको आरोप लागेका प्रहरी अधिकृतहरुलाई कारबाही गर्न तथा सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले गृहमन्त्रालयमा बुझाएको प्रतिवेदन रिपोर्ट सार्वजनिक गर्न माग राखेर विभिन्न संघसंस्था, अधिकारकर्मीहरु समेत निरन्तर रुपमा आन्दोेलनमा रहेका छन् ।
Comments
अरु समाचार
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...












