कारागारबाटै अवैध धन्दा चलाए भन्दै समीरमानलाई गरियो मुस्ताङ कारागारमा सरुवा
काठमाडाैँ १६,असोज । निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समीरमान सिंह बस्नेतले कारागारभित्रबाटै ‘अवैध धन्दा’ चलाएको पाइएपछि उनलाई मुस्ताङ कारागारमा सरुवा गरिएको छ । गत मंसिरदेखि ललितपुरको नख्खु कारागारमा रहेका बस्नेतलाई सोमबार जहाजमाफर्त पोखरा हुँदै मुस्ताङ लगिएको हो ।
कारागार व्यवस्था विभागका महानिर्देशक हरिप्रसाद मैनालीले भने,‘‘कैदीबन्दीको सरुवा नियमित प्रक्रिया हो । यो विभागले गर्ने कुरा हो । बस्नेतलाई जहाँ उपयुक्त देखियो, त्यहाँ लगिएको हो । सुरक्षाव्यवस्था हामीले मिलाएका छौं ।’’
बस्नेतको योजनामा काठमाडौंको शान्तिनगरमा गौचनको गोली हानी हत्या गरिएको थियो ।
गतवर्ष असोज २३ गते घरबाट निस्कनासाथ गौचनलाई गोली हानिएको थियो । उपचारका क्रममा सिभिल अस्पतालमा उनको मृत्यु भएको थियो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानबाट बस्नेतसहित मनोज पुनको समूहले गौचनको हत्या गरेको खुलेको थियो ।
निर्माण व्यवसायी महासंघका अध्यक्षसमेत रहेका गौचनको हत्यामा संलग्न भनिएका मनोज पुनको रुपन्देहीमा प्रहरी ‘इन्काउन्टर’ मा ज्यान गएको थियो भने बस्नेतलाई प्रहरी अधिकारीकै संरक्षणमा दिल्लीबाट काठमाडौं ल्याइएको थियो । तर, प्रहरीले बस्नेतलाई नेपालबाटै पक्राउ गरेको बताएको थियो ।
गौचनको हत्यामा संग्लन लोप्साङ राई, रोशन बुढाथोकी, अमर राना र गंगा लिङ्देन अझै फरार छन् ।
समीरलाई काठमाडौंबाट मुस्ताङ कारागारमा सार्नुको कारण के हो त ?, स्रोत भन्छ– उनले कारागारभित्रैबाट गर्ने गतिविधि नै बढी शंकास्पद देखियो । नख्खु कारागारमा रहेका बस्नेत जेलमै बसेर ठेकदारहरुलाई धम्क्याएर रकम असुली गर्दै आएको पाइएपछि उनलाई सरुवा गरिएको हो ।”
‘‘कारागारमा समीरलाई भेट्न आउनेहरुको संख्या निकै थियो । एकजना गुण्डा नाइकेलाई किन यति धेरै मान्छे भेट्न आउछन् भन्ने लागेर अनुसन्धान गर्दा उनले भित्रबाटै अबैध चन्दा असुली, ठेक्का, कब्जा लगायतका काम गरेको देखियो,’’ एक प्रहरी अधिकारीले बाह्रखरीसँग भने । समीरले गौचनको हत्यामा संलग्न लोप्साङ राई, रोशन बुढाथोकी, अमर राना, गंगा लिङदेनमार्फत नै अवैध धन्दा गर्दै आएको खुलेपछि त्यसको रिपोर्ट आइजीपी सर्वेन्द्र खनाल र गृहमन्त्री रामबहादुर थापासम्म पुगेको थियो । फरार रहेका चार जना भने अन्तर्राष्ट्रिय आपराधिक गिरोहका लागि पनि काम गर्दै आएको प्रहरीको दाबी छ ।
उनीहरु भारतको दिल्ली हुँदै युएई र मलेसियाजस्ता स्थानमा आउने जाने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । गौचनको हत्या योजना पनि पुन र समीरको समूहले भारतमै बसेर बनाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
स्रोतका अनुसार गृहमन्त्री थापाले समीरलाई भेट्न आउनेहरुको सूची नै अध्ययनका लागि मगाएका थिए । योसँगै केन्द्रीय कारागार सुन्धारामा रहेका अर्का गुण्डा नाइके रमेश बाहुन पनि जेल प्रशासनको मिलेमतोमा धन्दा चलाइरेको रिपोर्ट गृह मन्त्रालयमा पुगेको छ । फरक–फरक जेलमा रहेका समीर र बाहुनको सम्बन्ध रहेको प्रहरी स्रोत बताउँछ ।
त्यही दोस्तीको फाइदा उठाउँदै उनीहरु दुवैले जेलबाटै अवैध कारोबार गर्न थालेपछि समीरको सरुवा गरिएको स्रोत बताउँछ । ‘‘मुस्ताङ सारेपछि बाहुन र समीरबीचको सम्बन्ध टुट्छ । सँगसँगै भेट्न पनि सहज हुँदैन । त्यसैले, उसलाई मुस्ताङ् लगिएको हो,’’ गृहका एक अधिकारीले भने ।
काठमाडौंबाट समीरलाई लैजाँदा उनकी पत्नी पनि सँगै गएको बताइएको छ । समीरलाई लैजाँदै गर्दा उनले भिडियो पनि बनाएकी थिइन् । कारागार सरुवा गर्ने चाल पाएपछि समीरले राष्ट्रिय मानवअधिकार आयोग लगायतका संस्थाहरुमा आफ्नो ज्यानमा खतरा बढेको जानकारी गराउन लगाएका थिए ।
त्यसो गर्दा आफ्नो सरुवा रोकिने अपेक्षा उनको भएको स्रोतले बताएको छ । गृहमन्त्री रामबहादुर थापाले १ सय दिन पूरा भएको अवसरमा आयोजित एक कार्यक्रममा कारागारभित्रबाटै डनहरुले अवैध धन्दा चलाइरहेको खुलासा गरेका थिए
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
डिम्ब प्रकरणमा सर्वोच्चः महान्यायधिवक्ताको कार्यालयविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं। गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको अभियोगमा अनुसन्धानको दायरामा आएको होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको...
-
प्रधानमन्त्री कार्कीले सरकारी जग्गा मिचेको आरोपमा अदालतकै कर्मचारीको आक्रोश, न्याय र कार्यपालिकामाथि गम्भीर धक्का
काठमाडाैं । पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारी जग्गा हडपेको विषयमा जिल्ला अदालत ललितपुरका कर्मचारी हरि भट्टराईले आलोचना गरेका...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
नेपालटारबाट सुन र नगदसहित सामान लुटपाटको आरोपमा चार जना पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको...












