कारागारबाटै अवैध धन्दा चलाए भन्दै समीरमानलाई गरियो मुस्ताङ कारागारमा सरुवा
काठमाडाैँ १६,असोज । निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समीरमान सिंह बस्नेतले कारागारभित्रबाटै ‘अवैध धन्दा’ चलाएको पाइएपछि उनलाई मुस्ताङ कारागारमा सरुवा गरिएको छ । गत मंसिरदेखि ललितपुरको नख्खु कारागारमा रहेका बस्नेतलाई सोमबार जहाजमाफर्त पोखरा हुँदै मुस्ताङ लगिएको हो ।
कारागार व्यवस्था विभागका महानिर्देशक हरिप्रसाद मैनालीले भने,‘‘कैदीबन्दीको सरुवा नियमित प्रक्रिया हो । यो विभागले गर्ने कुरा हो । बस्नेतलाई जहाँ उपयुक्त देखियो, त्यहाँ लगिएको हो । सुरक्षाव्यवस्था हामीले मिलाएका छौं ।’’
बस्नेतको योजनामा काठमाडौंको शान्तिनगरमा गौचनको गोली हानी हत्या गरिएको थियो ।
गतवर्ष असोज २३ गते घरबाट निस्कनासाथ गौचनलाई गोली हानिएको थियो । उपचारका क्रममा सिभिल अस्पतालमा उनको मृत्यु भएको थियो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानबाट बस्नेतसहित मनोज पुनको समूहले गौचनको हत्या गरेको खुलेको थियो ।
निर्माण व्यवसायी महासंघका अध्यक्षसमेत रहेका गौचनको हत्यामा संलग्न भनिएका मनोज पुनको रुपन्देहीमा प्रहरी ‘इन्काउन्टर’ मा ज्यान गएको थियो भने बस्नेतलाई प्रहरी अधिकारीकै संरक्षणमा दिल्लीबाट काठमाडौं ल्याइएको थियो । तर, प्रहरीले बस्नेतलाई नेपालबाटै पक्राउ गरेको बताएको थियो ।
गौचनको हत्यामा संग्लन लोप्साङ राई, रोशन बुढाथोकी, अमर राना र गंगा लिङ्देन अझै फरार छन् ।
समीरलाई काठमाडौंबाट मुस्ताङ कारागारमा सार्नुको कारण के हो त ?, स्रोत भन्छ– उनले कारागारभित्रैबाट गर्ने गतिविधि नै बढी शंकास्पद देखियो । नख्खु कारागारमा रहेका बस्नेत जेलमै बसेर ठेकदारहरुलाई धम्क्याएर रकम असुली गर्दै आएको पाइएपछि उनलाई सरुवा गरिएको हो ।”
‘‘कारागारमा समीरलाई भेट्न आउनेहरुको संख्या निकै थियो । एकजना गुण्डा नाइकेलाई किन यति धेरै मान्छे भेट्न आउछन् भन्ने लागेर अनुसन्धान गर्दा उनले भित्रबाटै अबैध चन्दा असुली, ठेक्का, कब्जा लगायतका काम गरेको देखियो,’’ एक प्रहरी अधिकारीले बाह्रखरीसँग भने । समीरले गौचनको हत्यामा संलग्न लोप्साङ राई, रोशन बुढाथोकी, अमर राना, गंगा लिङदेनमार्फत नै अवैध धन्दा गर्दै आएको खुलेपछि त्यसको रिपोर्ट आइजीपी सर्वेन्द्र खनाल र गृहमन्त्री रामबहादुर थापासम्म पुगेको थियो । फरार रहेका चार जना भने अन्तर्राष्ट्रिय आपराधिक गिरोहका लागि पनि काम गर्दै आएको प्रहरीको दाबी छ ।
उनीहरु भारतको दिल्ली हुँदै युएई र मलेसियाजस्ता स्थानमा आउने जाने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । गौचनको हत्या योजना पनि पुन र समीरको समूहले भारतमै बसेर बनाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
स्रोतका अनुसार गृहमन्त्री थापाले समीरलाई भेट्न आउनेहरुको सूची नै अध्ययनका लागि मगाएका थिए । योसँगै केन्द्रीय कारागार सुन्धारामा रहेका अर्का गुण्डा नाइके रमेश बाहुन पनि जेल प्रशासनको मिलेमतोमा धन्दा चलाइरेको रिपोर्ट गृह मन्त्रालयमा पुगेको छ । फरक–फरक जेलमा रहेका समीर र बाहुनको सम्बन्ध रहेको प्रहरी स्रोत बताउँछ ।
त्यही दोस्तीको फाइदा उठाउँदै उनीहरु दुवैले जेलबाटै अवैध कारोबार गर्न थालेपछि समीरको सरुवा गरिएको स्रोत बताउँछ । ‘‘मुस्ताङ सारेपछि बाहुन र समीरबीचको सम्बन्ध टुट्छ । सँगसँगै भेट्न पनि सहज हुँदैन । त्यसैले, उसलाई मुस्ताङ् लगिएको हो,’’ गृहका एक अधिकारीले भने ।
काठमाडौंबाट समीरलाई लैजाँदा उनकी पत्नी पनि सँगै गएको बताइएको छ । समीरलाई लैजाँदै गर्दा उनले भिडियो पनि बनाएकी थिइन् । कारागार सरुवा गर्ने चाल पाएपछि समीरले राष्ट्रिय मानवअधिकार आयोग लगायतका संस्थाहरुमा आफ्नो ज्यानमा खतरा बढेको जानकारी गराउन लगाएका थिए ।
त्यसो गर्दा आफ्नो सरुवा रोकिने अपेक्षा उनको भएको स्रोतले बताएको छ । गृहमन्त्री रामबहादुर थापाले १ सय दिन पूरा भएको अवसरमा आयोजित एक कार्यक्रममा कारागारभित्रबाटै डनहरुले अवैध धन्दा चलाइरहेको खुलासा गरेका थिए
Comments
अरु समाचार
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
पत्रकार किशोर श्रेष्ठमाथिको दबाबप्रति विश्व प्रेस काउन्सिलहरूको गम्भीर चिन्ता
काठमाडाैं । वर्ल्ड एसोशिएसन अफ प्रेस काउन्सिल (डब्ल्यूएपीसी)ले वरिष्ठ पत्रकार किशोर श्रेष्ठ माथि भइरहेको भनिएको निगरानी, धम्की, उत्पीडन तथा स्रोत...
-
देश सञ्चारका युवराज घिमिरेको नियतमाथि किशोर श्रेष्ठको प्रश्न: बसुन्धाराको सहारामा चिहान उधिन्ने प्रयास किन ?
काठमाडौं । पत्रकार तथा किशोर श्रेष्ठ ले अभिनेत्री श्रीषा कार्की प्रकरणलाई लिएर वरिष्ठ पत्रकार युवराज घिमिरे माथि गम्भीर प्रश्न उठाएका...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...











