एसपी विष्ट र बम दिदीबहिनीमाथि पुनः छानबिन गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडाैँ २२,असोज । राष्ट्रिय मानवअधिकार आयोगले निर्मला पन्त हत्या प्रकरणमा तत्कालीन एसपी डिल्लीराज विष्ट तथा बम दिदीबहिनी बबिता र रोशनीमाथि पुनः छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।
आयोगले घटनाको छानबिनपछि तयार पारेको प्रतिवेदनमा यस्तो निर्देशन दिएको हो । आयोगकी प्रवक्ता मोहना अन्सारीका अनुसार कञ्चनपुर पुगेर तयार गरेको प्रतिवेदनका आधारमा एसपी विष्ट एवं बम दिदीबहिनीलाई पुनः अनुसन्धानको दायरामा ल्याई छानबिन गर्नुपर्ने देखिएको हो ।
आयोगले सरकारलाई आठबुँदे निर्देशनात्मक सुझाव दिएको छ । ‘लास फेला परिसकेपछि घटनास्थल तथा त्यहाँ रहेका प्रमाणको संरक्षण उचित ढंगले स्थानीय प्रहरीबाट भएन, प्रमाण संरक्षण र संकलनको अतिरिक्त प्रमाण नष्ट गरेको पाइयो, अपराधी पत्ता लगाउन कुकुर परिचालन नगरेको भेटियो,’ आयोगको प्रतिवेदनमा उल्लेख छ, ‘प्रहरी कार्यालयका प्रमुख घटनास्थलमा आफैं उपस्थित नभएको, समन्वय नगरेको हुनाले उनीमाथि थप अनुसन्धान आवश्यक छ ।’
पन्त हराएकै दिन निजकी आमाले बम दिदीबहिनीको घरमा सोध्दा खोजी नगरिएका कारणले पनि उनीहरूमाथि थप अनुसन्धान गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
शंकास्पद व्यक्तिहरूको डीएनए परीक्षण गरिएको भनिएता पनि उक्त ल्याबमा प्रयोग गरिएका औजार, रसायनको प्रयोग, भेजिनल स्वाब सुरक्षा र वीर्य परीक्षण गर्न पर्याप्त तŒवहरू थियो वा थिएन सोको समेत पुनः विश्लेषण तथा जाँच गर्न आयोगले भनेको छ ।
बलात्कार एवं हत्याको घटना भइसकेपछि अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने भए पनि नेपाल प्रहरीले गरेको अनुसन्धानमा सूक्ष्म वैज्ञानिक परीक्षण र विश्वसनीयता नहँुदा आममानिस तथा पीडित परिवारमा निराशा बढेको निष्कर्ष आयोगको रहेको सचिव वेद भट्टराईले जनाएका छन् ।
प्रहरीको अनुसन्धानमा विश्वसनीयता नहुँदा आममानिस र पीडित परिवारमा निराशा बढेको भन्दै आयोगले छिटो दोषीलाई कारबाही गर्नुपर्ने निर्देशन दिएको छ । पन्त घटनासँगै भएको आन्दोलनका क्रममा मृत्यु भएका सन्नी खुनामाथि गोली प्रहार गर्ने प्रहरीको पहिचान गरी कानुनअनुसार कारबाही गर्न तथा सो घटनामा घाइते भएकाहरूको प्रभावकारी निःशुल्क उपचारको व्यवस्था मिलाउनसमेत आयोगले निर्देशन दिएको छ ।
निर्मला बलात्कारपछि हत्या भएको प्रकरणलाई लिएर मानवअधिकारवादी सहित विभिन्न संघसंगठनका साथै स्वतन्त्र समूहले अपराधीलाई कारबाहीको माग गर्दै आन्दोलन गर्दै आएका छन् ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
डिम्ब प्रकरणमा सर्वोच्चः महान्यायधिवक्ताको कार्यालयविरुद्ध कारण देखाउ आदेश जारी
काठमाडौं। गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको अभियोगमा अनुसन्धानको दायरामा आएको होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टर विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको...
-
प्रधानमन्त्री कार्कीले सरकारी जग्गा मिचेको आरोपमा अदालतकै कर्मचारीको आक्रोश, न्याय र कार्यपालिकामाथि गम्भीर धक्का
काठमाडाैं । पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारी जग्गा हडपेको विषयमा जिल्ला अदालत ललितपुरका कर्मचारी हरि भट्टराईले आलोचना गरेका...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
नेपालटारबाट सुन र नगदसहित सामान लुटपाटको आरोपमा चार जना पक्राउ !
काठमाडाैं । नेपाल प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको...












