नोबेल साहित्य पुरस्कार नर्वेली लेखक योन फसलाई दिइने
काठमाडौं । यस वर्षको नोबेल साहित्य पुरस्कार नर्वेली लेखक योन फसलाई दिइने भएको छ । रोयल स्विडिस एकेडेमीले बिहिबार घोषणा गरेको हो ।
एकेडेमीले लेखक फसलाई नभनिएका वा भन्न नसकिने कुरालाई नवीन नाट्य तथा निबन्धबाट आवाज दिएका कारण नोबेल साहित्य पुरस्कार दिएको जनाएको छ ।
एकेडेमीका अनुसार फसको शैलीललाई फस मिनिमलिज्म भनेर समेत चिनिने गरेको छ । वेकफुलनेस, मेलांकोलिया, मेलांकोली, सेप्टेलोजी लगायतका फसका चर्चित पुस्तक हुन् । एकेडेमीले फसको लेखनशैलीको प्रशंसा गर्दै भनेको छ,योन फस दैनन्दिनका यस्तो अवस्था प्रस्तुत गर्छिन् कि जुन तत्काल नै हाम्रो जीवनबाट पहिचान हुन्छ। नोबेल साहित्य पुरस्कार विजेताले १ करोड १० लाख स्विडिस क्रोनर (९ लाख ०७ हजार अमेरिकी डलर ) र पदक प्राप्त गर्नेछन् । यस वर्षबाट पुरस्कार राशीमा १० लाख स्विडिस क्रोनर बढाइएको हो ।गत वर्ष फ्रान्सेली लेखक यानी अर्नोलाई नोबेल साहित्य पुरस्कार दिइएको थियो ।
साहित्यमा पहिलो नोबेल पुरस्कार सन् १९०१ मा फ्रान्सेली साहित्यकार सुली प्रुधोमलाई प्रदान गरिएको थियो । यस वषैको चिकित्साशास्त्र, भौतिकशास्त्र र रसायनशास्त्रतर्फको को नोबेल पुरस्कार घोषणा भइसकेको छ। पछिल्लो समय नानोटेक्नोलोजी टुलबक्स का लागि महत्वपूर्ण भूमिका खेल्ने क्वान्टम डट खोजी गर्ने तीन जना वैज्ञानिक मौंगी जी बावेन्डी, लुई र्य ब्रस र अलेक्सेई आई इकिमोभलाई रशायनशास्त्र तर्फको नोबेल पुरस्कार दिईएको छ ।
यस वर्ष सूक्ष्म समय पत्ता लगाउने प्रकाशसम्बन्धी प्रयोगिक विधिका लागि वैज्ञानिकलाई यस वर्षकोक भौतिकविज्ञानतर्फको नोबेल पुरस्कार दिइने भएको छ । त्यस्तै कोरोना भाइरस विरुद्धको एमआसएन खोप विकासका लागि तीन वैज्ञानिकले चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार पाउने भएका छन् ।
Comments
अरु समाचार
-
फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदै
काठमाडौं । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु हुँदैछ । महोत्सव ललितपुरको यलमाया केन्द्रमा...
-
छठ गीतमा चर्चित ‘बिहारकी कोकिला’ शारदा सिन्हाको छठ पर्वमै निधन
काठमाडौँ ।‘बिहारकी कोकिला’ उपनामले प्रसिद्ध भारतीय गायिका शारदा सिन्हाको ७२ वर्षको उमेरमा मंगलबार नयाँदिल्लीको एम्स अस्पतालमा निधन भएको छ। सिन्हाले...
-
नेपाली चलचित्रका लागि चाडपर्व सुखद , हलदेखि ओटीटीसम्म दर्शकको साथ
काठमाडौं । नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरु’ लोकार्पण, ६ स्रष्टा सम्मानित (तस्बिरहरुसहित)
काठमाडौँ, ५ असोज । शमी साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार काठमाडौंमा साहित्य साधना सम्मान तथा पुस्तक लोकार्पण समारोह सम्पन्न भएको छ...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
दिनेश डीसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त
काठमाडौं । सरकारले दिनेश डीसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चलचित्र निर्देशक...
-
वरिष्ठ नेत्र विशेषज्ञ डा रुइत सम्मानित
काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा.सन्दुक रुइत आँखा उपचारका क्षेत्रमा पुर्याउनुभएको विशिष्ट...