लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी सुरु
काठमाडौं । बौद्ध दर्शन र संस्कृतिको प्रर्वधन गर्ने उद्देश्यसहित बुद्ध जन्मस्थल लुम्बिनीमा आज विश्व बौद्ध संस्कृति प्रदर्शनी आयोजना गरिएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनी विकास कोष तथा बेल्ट एन्ड रोड इनिसेटिभको संयुक्त आयोजनामा आयोजित सो बौद्ध संस्कृति सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालीले बौद्ध पुरातत्व तथा स्थलसहित संस्कृतिको विकासमा चिनियाँ यात्रीहरुको भूमिकाको प्रशंसा गरेकी छन् । चीनको प्राचीन ‘सिल्क रोड’ले नेपाल, चीन तथा भारतको बौद्ध संस्कृतिलाई जोड्ने काम गरेको समेत उनको भनाई छ । तीन संस्थाको आयोजनामा भएको बौद्ध संस्कृति प्रदर्शनीले लुम्बिनीबाट उद्गम भएको बौद्ध दर्शनको प्रर्वधनमा टेवा पुग्ने उनको विश्वास छ ।
कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्याहरक्याल लामाले सिल्क रोडमार्फत सांस्कृतिक र आर्थिक विकास गर्नुपर्नेमा जोड दिए । शान्ति र सद्भावमय विकासका लागि बौद्ध दर्शनलाई आत्मसात् गर्नुपर्ने भन्दै मुलुकका हरेक विकासका कामले शान्ति प्रबद्र्धन गर्ने उनको भनाइ छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा सुवर्णलाल बज्राचार्य बौद्ध दर्शनको व्यावहारिक अनुशरण आवश्यक रहेको भन्दै बौद्ध संस्कृति प्रदर्शनी नियमित गरिरहनुपर्नेमा जोड दिएका छन् ।
लुम्बिनीस्थित चिनियाँ मोनाष्ट्रीका प्रमुख ताओ युएले बुद्ध युनिभर्सल भएकाले यिनको दशर्नको प्रवद्र्धन र अनुसरणमा पनि विश्वले काम गर्नुपर्ने बताए।
भियतनामी मन्दिरका प्रमुख डा लामाले बुद्ध जन्मस्थल हुनु नै नेपालका लागि गौरवको विषय भएको बताउँदै, यी क्षेत्रका पहिचानमा चिनियाँ यात्रीहरुको भूमिकालाई बिर्सन नहुने लामाको भनाइ छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यले बौद्ध शिक्षालाई सरकारले केन्द्रमा राख्न नसकेको भन्दै राज्यको प्रमुख निकायमा रहेका व्यक्तिहरुले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।
भिक्षु महासङ्घका निग्रोध महाथेरले कैयौँ बौद्ध दार्शनिकहरु सिल्करोड हुँदै नेपाल, चीन, भारत भ्रमण गरेको बताउँदै, यो क्षेत्र निकै महत्वपूर्ण रहेको बताएका छन् ।
बौद्ध भिक्षु महासङ्घका सचिव भिक्षु धर्मगुप्तले बौद्ध ग्रन्थको विकासमा चीनको महत्वपूर्ण भूमिका रहनुका साथै सांस्कृतिक विकासका कार्यक्रम निरन्तर हुनुपर्ने जनाएका छन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक भिक्षु बजिरले बौद्ध संस्कृतिको प्रदर्शनीले बौद्ध दर्शनलाई बुझ्न सहयोग गर्ने बताएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्र संयोजक डा कुमार खड्काले प्रदर्शनीमा बौद्ध संस्कृतिका विषयमा विभिन्न कार्यपत्रहरु प्रस्तुत गरेका थिए र विज्ञहरुले छलफल गरका छन् ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए नयाँ गित (भिडियोसहित)
काठमाडाैं । चर्चित गायक घमेस दुलाल र रिता कुलुको आवाजमा मत पलास बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ। पुकार...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...












