युवा पुस्ताका उदयीमान गायक सुशील भट्टराई
काठमाडौं । नेपाली लोक गीत/संगीत क्षेत्रमा उदयीमान कलाकारहरुमध्य एक सर्वाधिक रुचाइएका कलाकारको नाम हो सुशील भट्टराई । बाल्यकालदेखि नै गीत÷ सँगीतलाई माया गर्ने उनको जन्म संखुवासभा जिल्ला सभापोखरी गाँउपालिकाको बितलवमा भएको हो ।
विशेषतः नेपालको पूर्वी क्षेत्रमा प्रचलित शब्द,संगीत र मौलिकताले भरिएका सांगीतिक कोसेली सिर्जना गर्न रुचाउने भट्टराई सानो उमेरदेखि नै गीत÷संगीतमा आफ्नो धेरै रुची भएको बताउँछन् । उनी भन्छन्, ‘‘विद्यार्थी हुँदा कतै सांगीतिक कार्यक्रम भयो भने कसरी हुन्छ पुगि हाल्थेँ, सबैले धेरै मनपराउनु हुन्थ्यो, धेरै माया गर्नु हुन्थ्यो ।’’
संखुवासभा जिल्ला नेपालका चर्चित लोक कलाकार कमलीकान्त भेटुवाल, खेम गुरुङलगायत कलाकारको पनि जन्मभूमि हो । भट्टराई भन्छन्, ‘‘लोक गीत संगीत हाम्रो सम्पति हो, सभ्यता र पहिचान हो यसको संरक्षणमा अग्रजहरुले पुर्याएको योगदानको सम्मान गर्नुपर्छ । विश्वव्यापीकरण र सूचना प्रविधिले अहिले हाम्रो मौलिकता खतरामा परेको देखिन्छ, त्यसैले युवा पुस्ताले यसलाई परास्त गर्नुपर्छ ।’
उनी गायनका साथसाथै वाद्यवादनमा पनि उत्तिकै अब्बल छन् । उनले मादल, हार्मोनियम लगायतका वाद्ययन्त्र बजाउने र संगीत गर्ने गरेका छन् । कर्णप्रिय लोक स्वादका धेरै गीतहरू गाएर पूर्वी नेपालका दर्शकहरूमाझ लोकप्रिय भट्टराईले दर्जनौ लोकगीत बजारमा ल्याइसकेका छन् । तिहारै आयो (देउसी भैलो गीत) , सुनको बाला,लालुमाया, पूर्वै इटहरी, अरुनै पारी दिङ्ला बजारलगायत गीत दर्शक श्रोताले अत्यधिक रुचाएका गीतहरु हुन् ।
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...











