ताजा समाचार

सन्तोष बानियाँको शब्द सिर्जनामा लोकगीत ‘टुहुरी’ बजारमा

काठमाडौं । म्युजिक एक्सप्रेसको प्रस्तुतिमा लोकगीत ‘टुहुरी’ बजारमा आएको छ । चर्चित लोकदोहोरी गायक बिमल डाँगीको सुमधुर स्वर रहेको गीतमा लय र शब्द भने चर्चित सर्जक सन्तोष बानियाँको रहेको छ । सांगीतिक बजारमा निकै आशा गरेर पठाइएको यस गीतमा आमाको भूमिकामा रश्मी भट्ट र छोराको भूमिकामा बुद्धिबिर थापाले अभिनय गरेका छन् । बिस्टार फ्लिम्सको निर्माणमा तयार पारिएको म्युजिक भिडियोको निर्देशन भने बिक्रम चौहानले गरेका हुन् । बासु बरालको छायांकन रहेको उक्त गीतिको भिडियो सम्पादन मिलन बि.कले गरेका छन् । गीत निकै उत्कृष्ट रहेको दर्शकले प्रतिक्रिया दिएका छन् । यो समाचार तयार पार्दासम्म  युट्युवमा १२,४५५ जनाले हेरेका छन् । १८६ जनाले लाइक गरेका छन् । चार जनाले अनलाइक गरेका छन् भने ५३ जनाले प्रतिक्रिया दिएका छन् ।

हेर्नुहोस् भिडियो

https://www.youtube.com/watch?time_continue=202&v=KiPxpmezE9Y

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org