कविता : म संसार डुल्न चाहन्छु
म सानी थिएँ ।
नेपाली शिक्षकले पढाउनुहुन्थ्यो ।
हतियार भन्दा कलम ठूलो’
बलभन्दा बुद्धि ठूलो र
धनभन्दा स्वास्थ्य ठूलो ।
हतियारले त आमाले सधैं
तरकारी काट्ने गर्थिन ।
कलमले म सधैं लेख्ने गर्थें ।
म काटकुट पन्ध्र किलो कि
हुँदी हुँ त्येतिबेला ।
बाख्रीका दुइटा पाठी
एक्कैचोटी बोकेर
बल पनि नदाँजेकी कहाँ हुँ र ?
एक कक्षाबाट
दुईमा गएको दिन,
जुन दिन,
बाबाले किताब किनेर ल्याइदिनुभो ।
त्यो दिन,
रातभर सबै किताब पढेर,
सबै चित्र हेरेर,फोटोका सबै मान्छे गनेर
धन भन्दा ठूलो शिक्षा पनि बुझेकी थिएँ ।
एउटा,
अबोध बालक न थिएँ ।
कति बुझेर बुझें,
कति नबुझेर बुझें !
गल्ती मैले नबुझ्नु थियो या
बुझाउन नसक्नु
नेपाली पढाउने राजप्रसाद सरको ।
बाल मष्किमा मैले नबुझेका कुरा ।
आँखाले नभेटिएको
दुरसम्मका धर्तिका कुरा,
पहाडले चुम्न नसकेको,
हिमालले छुन नसकेको
आकाशको कुरा अनि
धर्ती–आकाश ओगटेको संसारको कुरा ।
आमाको गुन्यु समाउँदै पछि लागेर,
बाराही ट्राभल्समा दुई घण्टा सफर गरेर,
मामाघर पुगेकी म
जुन जीवनकै ठू्लो संसार घुमाई थियो ।
र,
ठूलो संसार घुमाउने मेरी आमा
संसारकै सबैभन्दा
ठूली लागेको थियो मलार्इ
मैले नघुमेको टाढाको संसार ।
दिदीलाई साना भएका जुत्ता लगाएर
बाको हात समाएर
टिमीकटिमीक
मङलबारे हाटमा गएको दिन
मेरा बा,
मेरा लागि संसारकै ठूलो हुनुहुन्थ्यो ।
बदलिदो समयसँगै,
चाहे मामाघर जाँदा होस् या हाटबजार,
लुकमारी खेल्दा होस् वा कवड्डी,
खोला बगेको देख्दा होस् वा
आकाशमा चरा उडेको देख्दा
र पोखराकोबाट काठमाडौंको
खाल्डोमा बसाइँ सरेर आउँदा
म नौलो संसार खोजिरहेकी हुन्थें ।
हो,
म संसार खोजी रहेकी छु । र,
संसारै बुझिरहेकी हुन्छु ।
संसार डुल्न चाहन्छु,
धर्तीको अन्त्यसम्म ।
आमाबाबा
‘मलाई आशीर्वाद दिनुहोस् ।’
पुजा पराजुली,कास्की
हाल : टेक्सास, अमेरिका
यो पनि पढ्नुस् ।
http://news-nepal.com/%E0%A4%95%E0%A4%A5%E0%A4%BE-%E0%A4%B8%E0%A4%97%E0%A5%8B%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A5%80%E0%A4%AF-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%AE/
Comments
अरु समाचार
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
हावा चलेछ क्यारेमा सरोज र पार्वति, समिक्षाको आवाज (भिडियो)
काठमाडाैं । डा. आदित्य जोशी र समिक्षा अधिकारीको स्वरमा 'हावा चलेछ क्यारे' गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मेडिसिन...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...












