ताजा समाचार

प्रियंका-आयुष्मान इन्गेज्ड, प्रियंकालाई भने थर परिवर्तन गर्न हतारो

काठमाडाैं ३२, असार । पूर्व मिस टिन तथा अभिनेत्री प्रियंका कार्कीले शनिवार आफ्ना प्रेमी तथा अभिनेता आयुष्मान देशराज श्रेष्ठ जोशीसँग टिकाटालो गरेर बिहे गर्दैनन् भन्नेहरुको मुख बन्द गराएकी छन् ।

केहि वर्षदेखि प्रेममा रहेको यो जोडिले सार्वजनिक स्थानमा नै किस गरेर सनसनि मच्चाएका थिए । अहिले प्रियंकाले प्रेमी तथा हुनेवाला पतिसंग माला टिका लगाएको फोटो फेसबुकमा राखेर विभिन्न कुराहरु राख्दै खुशी भएको संकेत गरेकी छन् ।

उनले फेसबुकमा ‘To our new beginning’ भनेर आफ्नो फेसबुक प्रोफाइल परिवर्तन गर्दै आफ्नो जोडीको नाम ह्यासट्याग राख्दै ‘Ayanka’ जुराएकी छन् । आयुष्मानको ‘AY’ र प्रियंकाको ‘NKA’ जोडेर उनले यस्तो नाम जुराएकी छन् ।

उनले आफ्नो फेसबुकमा यसरी नाममा ह्यासट्याग जोडेर बनाएकी छन् ।

अझ रोचक कुरा त के छ भने प्रियंकाले आफ्नो थर समेत परिवर्तन हुने भन्दै फेसबुकमा पोस्ट गरेकी छन् ।

उनले फेसबुकमा ‘एकदमै खुसी र आनन्दका साथ हामी सधैंका लागि एक हुने निर्णय गरेको घोषणा गर्छौं ।’ उनले ‘पप दी स्याम्पेन पिपल’ लेख्दै आफ्नो थर परिवर्तन गर्न गइरहेको जानकारी समेत दिएकी छन् ।

उनले यस्तो लेखेकी छन् ।

पहिलो विवाह असफल भएपछि प्रियंका अमेरिकाबाट फर्केर फिल्मी क्षेत्रमा सक्रिय भएकी हुन् । आयुष्मानसँग उनको सम्बन्ध भने ‘कथा काठमाडौं’ मा स्क्रिन सेयर गरेपछि घनिष्ठ भएको हो । यो जोडीको प्रेम सोही फिल्मको सुटिङदेखि घनीभूत भएको बताइन्छ । आयुष्मानले ‘चपली हाइट २’ फिल्मबाट डेब्यु गरेका हुन् भने प्रियंका ‘मेरो बेस्टफ्रेन्ड’ मार्फत् रजतपटमा छिरेकी हुन् ।

उमेरमा प्रियंकाभन्दा केही वर्ष कान्छा आयुष्मान रातो बंगला स्कुलमा पाँच कक्षा पढ्दा प्रियंका पनि सोही स्कुलमा दस कक्षामा पढ्ने गर्थिन् ।

आठ वर्ष अधि रोचक मैनालीसंग बिहे गरेकी प्रियंका कार्कीले त्यतिबेला भने थर परिवर्तन गरेकी थिइनन् । अहिले आएर एक्कासि थर परिवर्तन गर्नुमा केहि रहस्य होला या आयुष्मानलाई विश्वस्त बनाउन त्यो भने उनैले जानुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org