प्रियंका-आयुष्मान इन्गेज्ड, प्रियंकालाई भने थर परिवर्तन गर्न हतारो
काठमाडाैं ३२, असार । पूर्व मिस टिन तथा अभिनेत्री प्रियंका कार्कीले शनिवार आफ्ना प्रेमी तथा अभिनेता आयुष्मान देशराज श्रेष्ठ जोशीसँग टिकाटालो गरेर बिहे गर्दैनन् भन्नेहरुको मुख बन्द गराएकी छन् ।
केहि वर्षदेखि प्रेममा रहेको यो जोडिले सार्वजनिक स्थानमा नै किस गरेर सनसनि मच्चाएका थिए । अहिले प्रियंकाले प्रेमी तथा हुनेवाला पतिसंग माला टिका लगाएको फोटो फेसबुकमा राखेर विभिन्न कुराहरु राख्दै खुशी भएको संकेत गरेकी छन् ।
उनले फेसबुकमा ‘To our new beginning’ भनेर आफ्नो फेसबुक प्रोफाइल परिवर्तन गर्दै आफ्नो जोडीको नाम ह्यासट्याग राख्दै ‘Ayanka’ जुराएकी छन् । आयुष्मानको ‘AY’ र प्रियंकाको ‘NKA’ जोडेर उनले यस्तो नाम जुराएकी छन् ।
उनले आफ्नो फेसबुकमा यसरी नाममा ह्यासट्याग जोडेर बनाएकी छन् ।
अझ रोचक कुरा त के छ भने प्रियंकाले आफ्नो थर समेत परिवर्तन हुने भन्दै फेसबुकमा पोस्ट गरेकी छन् ।
उनले फेसबुकमा ‘एकदमै खुसी र आनन्दका साथ हामी सधैंका लागि एक हुने निर्णय गरेको घोषणा गर्छौं ।’ उनले ‘पप दी स्याम्पेन पिपल’ लेख्दै आफ्नो थर परिवर्तन गर्न गइरहेको जानकारी समेत दिएकी छन् ।
उनले यस्तो लेखेकी छन् ।
पहिलो विवाह असफल भएपछि प्रियंका अमेरिकाबाट फर्केर फिल्मी क्षेत्रमा सक्रिय भएकी हुन् । आयुष्मानसँग उनको सम्बन्ध भने ‘कथा काठमाडौं’ मा स्क्रिन सेयर गरेपछि घनिष्ठ भएको हो । यो जोडीको प्रेम सोही फिल्मको सुटिङदेखि घनीभूत भएको बताइन्छ । आयुष्मानले ‘चपली हाइट २’ फिल्मबाट डेब्यु गरेका हुन् भने प्रियंका ‘मेरो बेस्टफ्रेन्ड’ मार्फत् रजतपटमा छिरेकी हुन् ।
उमेरमा प्रियंकाभन्दा केही वर्ष कान्छा आयुष्मान रातो बंगला स्कुलमा पाँच कक्षा पढ्दा प्रियंका पनि सोही स्कुलमा दस कक्षामा पढ्ने गर्थिन् ।
आठ वर्ष अधि रोचक मैनालीसंग बिहे गरेकी प्रियंका कार्कीले त्यतिबेला भने थर परिवर्तन गरेकी थिइनन् । अहिले आएर एक्कासि थर परिवर्तन गर्नुमा केहि रहस्य होला या आयुष्मानलाई विश्वस्त बनाउन त्यो भने उनैले जानुन् ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












