ताजा समाचार

प्रधानमन्त्री आेलीको कवितालाई जागृत रायमाझीको जवाफ: अव फेरि चन्द्रागिरी चढ्दा कविता सच्याउनुहोला

काठमाडौँ ३२, असार । प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरिको डाँडामा पुगेर लेखेको कविताको प्रतिउत्तर स्वरुप जागृति रायमाझीले कलम चलाएका छन् ।

गज्जबका चुड्किला र उखान टुक्कासहित गहकिलो भाषण गर्न माहिर आेलीले १० हरफको कवितामा ‘मरेपछि पनि सपना देख्न पाउँ’ भन्ने कामना गर्दै लेखेको कवितालाई अव फेरि चन्द्रागिरी चढ्दा कविता सच्याउनुहोला भन्दै उत्तर दिएका छन् ।

उनले आेलीलाई दुनियाँ परिवर्तनशिल होइन परिवर्तनिय छ भनेर भनेका छन् । र दुनियाँ आफै परिवर्तन हुदैन परिवर्तन गर्ने हो भनेर सुझाएका पनि छन् ।

जीवन बाचुन्जेल मात्रै छैन मरेपछि पनि छ भन्दे बाँचेर मरिरहेकाहरु पनि दुनियाँमा वएको कुरालाई कवितामा उतारेका छन् ।

उनले यस्तो लेखेका छन् ।

केपी कमरेडको
कबितालाई कोतर्दा…!!

चन्द्रागिरी चढेर
भानुभक्तको भजन भन्नेहरुको भीडमा
कुनैबेलाका कमरेड केपीओलीले
कबिता कोरेछन
”यो दुनियाँ परिबर्तनशील छ,
बाँचुञ्जेल जीवन छ, मर्नु त छँदैछ”

डियर पियम !
परिबर्तनशील दुँनियालाई
परिबर्तन गर्न खोज्ने मान्छे 
कुन क्लासको ठेकेदार हो हँ !?
प्रधानमन्त्री त पक्कै पनी
‘ए’ क्लासकै ठेकेदार हो 
भन्न खोज्या त होला नी होईन !?
अहँ मिलेन पियम !
अब फेरि चन्द्रागिरी चढ्दा
कबिता सच्याउनुहोला
यो दुँनिया परिबर्तनशील होइन 
यो दुँनिया परिबर्तनीय छ 
आफै परिबर्तन हुँदैन यो दुँनिया
परिबर्तन गर्‍यो भने मात्रै परिबर्तन हुन्छ !
र, 
यहाँ बाचुञ्जेल मात्रै जीवन छैन 
मरेपछी पनि बाँचिरहने 
जीवन पनि छ 
अनि
बाँचुञ्जेल पनि मरिरहेको 
जीवन पनि छ ।

सपनामा भएपनी
लहलह धान झुलेको
भाबी सन्तती मुस्कुराएको
तँपाइको सपनालाई 
सम्मान नै छ मेरो
तर, जग्गाका ठेकेदारहरुलाई 
काठमाडौ र देशको नक्सा कोर्न लगाएर 
झुल्ला र खेतमा 
तँपाइको कबितामा जस्तो लहलह धान ?
अहँ झुल्दैन ।
काठमाडौंमा मार्सी भात खाएर भन्दा
जुम्लामा मार्सी धान फलाएर मात्रै झुल्ला नी !
साहुहरुलाई शिक्षा सुम्पिएर
मुस्कुराउन पाउलान र भाबी सन्तती !?
अहँ मुस्कुराउँदैनन ।
राज्यले शिक्षाको रंगशालामा 
बिद्यार्थीहरुलाई बेजोडले दौडन दिँदा मात्रै
मुस्कुराउलान नी भाबी सन्तती !

छिमेकीहरुबाट 
मानोसामल र लत्ताकपडा मगाएर
ईन्जिन र इन्धन भित्र्याएर
कम्प्युटर र प्रबिधी झिकाएर
उब्जाउने सारा तन्नेरीहरुलाई
उत्पादन गर्ने सारा नौजवानहरुलाई
बिदेश निर्यात गरेर 
रहला र यो देश !?
अहँ रहन्न ।
तन्नेरीहरुका पाखुराहरुलाई
पाखा र पखेरुहरुसंग
खेत र खलियानहरुसंग
मेशिन र औजारहरुसंग
माउस र रिमोर्टहरुसंग
मितेरी लगाउन लगाए पो रहला !

सिण्डिकेड सिध्याएर 
कार्टेल निम्त्याएर
कार्टेल सखाप पारेर 
कर्पोरेट भित्र्याएर 
आउला र समृद्धि र समाजबाद !?
अहँ आउँदैन ।
प्रचुर उत्पादन 
र न्यायिक बितरणको बाटो 
बेफिक्री हिँड्ने हिम्मत गर्दा मात्रै
आउला नी समाजबाद ।

चिसो चुलोलाई 
ग्यास पाइपको गफले
हिलाम्मे सडकलाई
रेलको सपनाले
गरिखाने हातलाई
बसिख्वाउने ध्वाँसले 
बिस्थापन गर्न सक्दैन नी !
जनताको जिन्दगीको जोहो
आश्वासनले होइन अवसरले हुन्छ !
केशरमहलमा पासपोर्ट लिनेहरुको लाईनले
झिटिगुन्टामा समुन्द्रपारीको सपना पोको पारेर
एयरपोर्टबाट उड्नेहरुको
विशाल जुलुसले
यहाँ एक आना पनि अवसर छैन भन्ने 
सिद्ध गर्दैन र ?

केपी कमरेड !
तँपाईले कबिता कोर्दा 
चन्द्रागिरीबाट यता 
सिंहदरबारतिर मात्रै दृष्टिगोचर गर्नुभो
कि,
उता सिमभञ्ज्याङ्गतिर पनि 
छड्के आँखा लाउनुभो ? 
जमानामा तँपाइको 
एकजना आदर्श मान्छे रुदानेले सिमभञ्ज्याङ्गबाट 
चन्द्रागिरीपट्टी दुरबीन लगाउँदै
सिंहदरबारलाई 
एक झिल्को बाण हानेको याद छ ?
“जो जति शक्तिमा छ,
समाज सप्रे या बिग्रेमा 
त्यो त्यति नै जिम्मेवार छ”

डियर पियम !
आइन्दा माइकमा मुख जोड्दा
सादा पन्नामा कबिता कोर्दा
मृत्युपछिको सपनाको
श्वेतपत्र मात्रै सुनाएर
बाँचुञ्जेल शक्तिको 
उन्माद मात्रै ओकल्ने कि 
बिग्रेको समाजको 
र, 
तपाईं खुबै कुदिरहेको
दलाल पूँजीबादी गन्तब्यको
बिग्रने निश्चितप्राय: समाजको 
मुख्य हिस्सेदारी पनि लिने !?

रायमाझीले आफ्नो फेसबुकमा यसरी लेखेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org