प्रधानमन्त्री आेलीको कवितालाई जागृत रायमाझीको जवाफ: अव फेरि चन्द्रागिरी चढ्दा कविता सच्याउनुहोला
काठमाडौँ ३२, असार । प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरिको डाँडामा पुगेर लेखेको कविताको प्रतिउत्तर स्वरुप जागृति रायमाझीले कलम चलाएका छन् ।
गज्जबका चुड्किला र उखान टुक्कासहित गहकिलो भाषण गर्न माहिर आेलीले १० हरफको कवितामा ‘मरेपछि पनि सपना देख्न पाउँ’ भन्ने कामना गर्दै लेखेको कवितालाई अव फेरि चन्द्रागिरी चढ्दा कविता सच्याउनुहोला भन्दै उत्तर दिएका छन् ।
उनले आेलीलाई दुनियाँ परिवर्तनशिल होइन परिवर्तनिय छ भनेर भनेका छन् । र दुनियाँ आफै परिवर्तन हुदैन परिवर्तन गर्ने हो भनेर सुझाएका पनि छन् ।
जीवन बाचुन्जेल मात्रै छैन मरेपछि पनि छ भन्दे बाँचेर मरिरहेकाहरु पनि दुनियाँमा वएको कुरालाई कवितामा उतारेका छन् ।
उनले यस्तो लेखेका छन् ।
केपी कमरेडको
कबितालाई कोतर्दा…!!
चन्द्रागिरी चढेर
भानुभक्तको भजन भन्नेहरुको भीडमा
कुनैबेलाका कमरेड केपीओलीले
कबिता कोरेछन
”यो दुनियाँ परिबर्तनशील छ,
बाँचुञ्जेल जीवन छ, मर्नु त छँदैछ”
डियर पियम !
परिबर्तनशील दुँनियालाई
परिबर्तन गर्न खोज्ने मान्छे
कुन क्लासको ठेकेदार हो हँ !?
प्रधानमन्त्री त पक्कै पनी
‘ए’ क्लासकै ठेकेदार हो
भन्न खोज्या त होला नी होईन !?
अहँ मिलेन पियम !
अब फेरि चन्द्रागिरी चढ्दा
कबिता सच्याउनुहोला
यो दुँनिया परिबर्तनशील होइन
यो दुँनिया परिबर्तनीय छ
आफै परिबर्तन हुँदैन यो दुँनिया
परिबर्तन गर्यो भने मात्रै परिबर्तन हुन्छ !
र,
यहाँ बाचुञ्जेल मात्रै जीवन छैन
मरेपछी पनि बाँचिरहने
जीवन पनि छ
अनि
बाँचुञ्जेल पनि मरिरहेको
जीवन पनि छ ।
सपनामा भएपनी
लहलह धान झुलेको
भाबी सन्तती मुस्कुराएको
तँपाइको सपनालाई
सम्मान नै छ मेरो
तर, जग्गाका ठेकेदारहरुलाई
काठमाडौ र देशको नक्सा कोर्न लगाएर
झुल्ला र खेतमा
तँपाइको कबितामा जस्तो लहलह धान ?
अहँ झुल्दैन ।
काठमाडौंमा मार्सी भात खाएर भन्दा
जुम्लामा मार्सी धान फलाएर मात्रै झुल्ला नी !
साहुहरुलाई शिक्षा सुम्पिएर
मुस्कुराउन पाउलान र भाबी सन्तती !?
अहँ मुस्कुराउँदैनन ।
राज्यले शिक्षाको रंगशालामा
बिद्यार्थीहरुलाई बेजोडले दौडन दिँदा मात्रै
मुस्कुराउलान नी भाबी सन्तती !
छिमेकीहरुबाट
मानोसामल र लत्ताकपडा मगाएर
ईन्जिन र इन्धन भित्र्याएर
कम्प्युटर र प्रबिधी झिकाएर
उब्जाउने सारा तन्नेरीहरुलाई
उत्पादन गर्ने सारा नौजवानहरुलाई
बिदेश निर्यात गरेर
रहला र यो देश !?
अहँ रहन्न ।
तन्नेरीहरुका पाखुराहरुलाई
पाखा र पखेरुहरुसंग
खेत र खलियानहरुसंग
मेशिन र औजारहरुसंग
माउस र रिमोर्टहरुसंग
मितेरी लगाउन लगाए पो रहला !
सिण्डिकेड सिध्याएर
कार्टेल निम्त्याएर
कार्टेल सखाप पारेर
कर्पोरेट भित्र्याएर
आउला र समृद्धि र समाजबाद !?
अहँ आउँदैन ।
प्रचुर उत्पादन
र न्यायिक बितरणको बाटो
बेफिक्री हिँड्ने हिम्मत गर्दा मात्रै
आउला नी समाजबाद ।
चिसो चुलोलाई
ग्यास पाइपको गफले
हिलाम्मे सडकलाई
रेलको सपनाले
गरिखाने हातलाई
बसिख्वाउने ध्वाँसले
बिस्थापन गर्न सक्दैन नी !
जनताको जिन्दगीको जोहो
आश्वासनले होइन अवसरले हुन्छ !
केशरमहलमा पासपोर्ट लिनेहरुको लाईनले
झिटिगुन्टामा समुन्द्रपारीको सपना पोको पारेर
एयरपोर्टबाट उड्नेहरुको
विशाल जुलुसले
यहाँ एक आना पनि अवसर छैन भन्ने
सिद्ध गर्दैन र ?
केपी कमरेड !
तँपाईले कबिता कोर्दा
चन्द्रागिरीबाट यता
सिंहदरबारतिर मात्रै दृष्टिगोचर गर्नुभो
कि,
उता सिमभञ्ज्याङ्गतिर पनि
छड्के आँखा लाउनुभो ?
जमानामा तँपाइको
एकजना आदर्श मान्छे रुदानेले सिमभञ्ज्याङ्गबाट
चन्द्रागिरीपट्टी दुरबीन लगाउँदै
सिंहदरबारलाई
एक झिल्को बाण हानेको याद छ ?
“जो जति शक्तिमा छ,
समाज सप्रे या बिग्रेमा
त्यो त्यति नै जिम्मेवार छ”
डियर पियम !
आइन्दा माइकमा मुख जोड्दा
सादा पन्नामा कबिता कोर्दा
मृत्युपछिको सपनाको
श्वेतपत्र मात्रै सुनाएर
बाँचुञ्जेल शक्तिको
उन्माद मात्रै ओकल्ने कि
बिग्रेको समाजको
र,
तपाईं खुबै कुदिरहेको
दलाल पूँजीबादी गन्तब्यको
बिग्रने निश्चितप्राय: समाजको
मुख्य हिस्सेदारी पनि लिने !?
रायमाझीले आफ्नो फेसबुकमा यसरी लेखेका छन् ।
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












