कथा : सम्झनामा यौटा मान्छे
हामी कहिलेदेखि फेसबुकमा साथी भयौँ मलाई याद छैन । तर फेसबुकको भित्तामा उसले पोस्ट गरेका कुराहरूले मलाई भित्रैबाट छुन्थ्यो । हामी धेरै अगाडिका साथी हौँ जस्तै लाग्थ्यो । धेरै पटक मैले उसको प्रोफाइका हेरेर हरेक फोटा नियालेर हेर्थें । कहाँ देखेजस्तो–देखेजस्तो लाग्ने उसका हरेक तस्बिरले मलाई नै हेरेझैँ लाग्थ्यो । म्यासेन्जरमा धेरै पटक ‘हेलो–हाई’ लेख्न नखोजेको पनि होइन तर कता–कता मनमा डर पनि लाग्थ्यो । हाम्रो पितृसत्तात्मक समाजले महिलालाई हेर्ने दृष्टिकोण फरक छ । यही समाजका कारण केही लेख्न नसकेको हो । ‘बोलुँ भने कस्ती केटी रै’छे’ भन्ने हो कि भनेर बोलिन ।
दिन यसैगरी बित्दै गयो । फेसबुक खोल्दा कहिलेकाहिँ उसले पोस्ट्याएका ‘स्टाटस’ टाइमलाइनमा देखिन्थ्यो । मेरो मन खुसी नहुने कुरै भएन । नदेख्दा, नभेट्दा कसैको पनि वास्ता लाग्दैन । माया लाग्दैन । यसको मतलब देखेका सबै–सबैलाई माया गर्नुपर्छ भन्न खोजेकी होइन । को मान्छे कस्तो छ भन्ने ऊसको कुरा गराइबाट थाहा हुन्छ । व्यवहारबाट थाहा हुन्छ । अनि पो आफूले पनि के गर्ने भनेर सोचिन्छ । मलाई ऊ त्यस्तै भैदियो । माया लाग्दो भैदियो । नदेख्दा खासै वास्ता लाग्थेन । मेरो आफ्नै संसार थियो । उसको पनि आफ्नै । मन पर्नु कुनै ठूलो होइन । जो जसलाई पनि मन पर्न र नपर्न सक्छ ।
हाम्रो कुरा यसरी अगाडि बढ्दै गयो । मैले उसलाई हृदयमा सजाउन थालिसकेकी थिएँ । सम्झना हर क्षण आइरहन्थ्यो । एकदिन भान्दाइको बिहेमा जान बस कुर्दै थिएँ । कार्यालयबाटै काम सकेर निस्केँको हुनाले ढिला भैरहेको थियो । केही बेरमा बस चढेँ । बसमा कुनै सीट खाली थिएन । अगाडि बर्नेटमा एकजना बस्न मिल्ने ठाउँ रहेछ । त्यहीँ बसेँ । नजिकै बसेको मान्छे कता–कता देखेजस्तो लाग्यो । उसलाई पनि त्यस्तै भएछ कि क्या हो मलाई हेर्दै ङिच्च हाँस्यो । अनि म पनि हाँसे । मनमनै खुसी भएँ । किनकि आफूलाई मन परेको मान्छे आफ्नै आँखा अगाडि, नजिकै बसेर त्यहि पनि आफूलाई हेर्दै हाँसिदिंदा को खुसी नहोला र ?
एकअर्काको परिचय थाहा थियो । काम पनि थाहा थियो । किनकि हरेक कुरा फेसबुकले देखाइरहेको हुन्थ्यो । तर पनि कुरा गर्ने बहानाले मैले के काम गर्नुहुन्छ भनेर सोधेँ । उसले केही गर्दिनँ, किसान हुँ भन्यो । उसले झुट बोलेकोमा मलाई रिस उठ्यो । उसको घर र मेरो माइती २ घण्टाको फरकमा छ । समाजमा उसले गरेका राम्रा काम फेसबुकमा देख्दा मेरो मनले उसलाई सधैं राम्रो देख्थ्यो । बिहे भएर अर्को जिल्लामा पुगे पनि मेरो जागिर भने म जन्मेकै जिल्लामा भयो । भेट हुने आस मरेको थिएन् , भेट भयो । रिस एकैछिनमा शान्त भयो । किनकि ऊ मन परेको मान्छे थियो । मन पर्नुको कुनै ठूलो कारण थिएन । स्वार्थ पनि थिएन । प्रकारान्तरले हामी दुबै बिबाहित थियौ । फेरि बिबाह गर्ने कुरो भएन । हामी कुरा गर्दै थानकोट पुग्यौँ । ओर्लिनु पर्ने त्रिभुवनपार्क । जहाँ थियो बिहे । अरूको बिहेर देखेर आफ्नो बिहेको सम्झना आयो । अनि आयो उसको याद । रहर थिए । सपना थिए । एकअर्काका लागि हामी सबथोक थियौं । बसलाई यहीँ रोकिदिनुस् भनेर म उसलाई ‘बाइ’ भनेर ओर्लिएँ । खुसी मन छुट्टीदा दुःखी भयो । गरुङ्गो भयो । तर नि म खुसी थिएँ ।
ऊ बदलिएको रहेनछ । पहिलेजस्तै सरल मानिस रहेछ । उस्तै मिठो बोली । एउटी महिलासँग सम्मानित बोलि रहँदा उसको व्यवहारले म झनै प्रभावित भएँ । जसलाई धेरै समयदेखि देख्न मन थियो, देखेँ । नजिकै बसेर करिब दुई घण्टा कुरा गर्ने मौका मिल्यो । उसको मनमा के छ थाहा छैन । मेरो मनमा ऊप्रति अझै प्रेम छ । स्नोह छ । माया छ । अब फेरि भेट कहिले हुन्छ, थाहा छैन । भेट नभए पनि उसको सफल जीवनको कामना गर्छु । भेट भयो भने म‘…
Comments
अरु समाचार
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
साहित्यकार सुबिन भट्टराईकाे “चमेलीको फूल बैजनी रुमाल” विमाेचन हुँदै !
काठमाडौं । नेपाली साहित्यमा युवापुस्तामाझ चर्तित साहित्यकार सुबिन भट्टराईले तिहारलाई छेको पारेर नयाँ पुस्तक ल्याउने भएका छन् । सातौं पुस्तकको...
-
इनास ग्लोबलको छैठौं महाधिवेशन सम्पन्न, अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन आज काठमाडौंमा सम्पन्न भएको छ। उक्त महाधिवेशनले कार्यकाल २०२५–२०२७ का...
-
‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको मन्त्री न्यौपानेले गरिन् प्रशंसा
काठमाडौँ, २० भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले 'गाउँगाउँमा सिंहदरबार' नामक पुस्तकले स्थानीय सरकार सञ्चालनलाई थप बलियो...
-
प्रहरी सेवासँगै साहित्य–संगीतमा पनि अब्बल: आईजीपी खापुङको शब्दमा नयाँ गीत सार्वजनिक हुँदै !
काठमाडौं, भदौ १५ । नेपाल सरकारले सिफारीस गरेका प्रहरी महानिरीक्षक आई.जी.पी.चन्द्रकुबेर खापुङको शब्दरचनामा नयाँ गीत “चाहिन्न मलाई नदेउ साहारा”को रेकर्डीङ...
-
लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द...
-
हरिबहादुरलाई अब दर्शकले ठूलो पर्दामा देख्न पाउने
काठमाडौँ । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गर्नुभएको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ...
-
महाकाव्यमै मदन पुरस्कार विजेता लम्सालको चौथो महाकाव्य कल्प आउँदै
काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डा. नवराज लम्सालको चौथो महाकाव्य कल्प सार्वजनिक हुने भएको...
-
मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ
पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स...












